Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ व्यवस्थापनसम्बन्धी अभ्यास हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ व्यवस्थापनसम्बन्धी अभ्यास हुँदै
Photo / Coverage: पर्दाफास

नेपाल र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने तथा सुरक्षित रूपमा हटाउने विषयमा विशेषज्ञस्तरीय अनुभव आदानप्रदान हुने भएको छ । नेपाली सेनाको आयोजनामा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा मङ्सिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने ‘शान्ति प्रयास अभ्यास–२०२६’ अन्तर्गत दुवै देशका सैन्य विशेषज्ञले संयुक्त रूपमा काम गर्ने भएका हुन् । अभ्यासमा अमेरिकी सेनाको प्रशान्त कमान्डका विशेषज्ञ र नेपाली सेनाका अधिकारी सहभागी हुनेछन् । उनीहरूले विस्फोटक पदार्थ तथा उपकरण पहिचान, निष्क्रिय पार्ने विधि र सुरक्षित विसर्जनका प्राविधिक पक्षमा ज्ञान तथा अनुभव साटासाट गर्नेछन् । कार्यक्रममा अमेरिकी सैन्य विशेषज्ञहरूले आफ्नो कार्यसञ्चालन अनुभव, प्राविधिक ज्ञान र प्रभावकारी अभ्यासबारे जानकारी दिनेछन् । त्यसैगरी, शान्ति स्थापना मिसनका क्रममा विस्फोटक पदार्थजन्य जोखिम व्यवस्थापनमा नेपाली सेनाले हासिल गरेको अनुभवबाट अमेरिकी पक्षले पनि सिक्ने अवसर पाउनेछ । यस अभ्यासले दुवै देशका सेनाको व्यावसायिक क्षमता र सैन्य तयारी अभिवृद्धि गर्नुका साथै शान्तिसेना तथा नागरिक समुदायको सुरक्षा गर्ने क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ । कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले यो कार्यक्रमले नेपाल र अमेरिकाबीचको दीर्घकालीन रक्षा साझेदारीलाई थप बलियो बनाउने बताएकी छन् । उनले विस्फोटक पदार्थ निष्क्रिय पार्ने विषयमा विशेषज्ञता आदानप्रदान गर्दा दुवै देशका साथै विश्वभरका शान्ति स्थापना मिसनमा मानवीय जीवनको रक्षा गर्ने क्षमता बढ्ने विश्वास व्यक्त गरेकी छन् । नेपाल विश्वकै अग्रणी शान्तिसेना योगदानकर्तामध्ये एक रहँदै आएको छ । अमेरिकी दूतावासका अनुसार यो अभ्यास दुई देशबीचको रक्षा सहकार्य र शान्ति स्थापनासम्बन्धी अनुभव आदानप्रदानको निरन्तरता हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ओटीटीमा धमाकेदार वीकएन्ड : ‘दृश्यम ३’देखि ‘हनुमान अंश’सम्म
OthersJust now

ओटीटीमा धमाकेदार वीकएन्ड : ‘दृश्यम ३’देखि ‘हनुमान अंश’सम्म

जाडो बढ्दै जाँदा घरमै बसेर फिल्म र सिरिज हेर्ने योजना छ भने यो वीकएन्डका लागि ओटीटीमा थुप्रै विकल्प छन् । नयाँ फिल्मदेखि चर्चित सिरिजसम्म विभिन्न विधाका सामग्री स्ट्रिमिङमा आएका छन् । सिनेमाघरमा राम्रो चर्चा र कमाइ गरेका ‘दृश्यम ३’ र ‘हनुमान अंश’ देखि नयाँ सिरिज ‘ढाई चाल’ र ‘ब्लेड रनर २०९९’सम्म ओटीटीमा उपलब्ध छन् ।… ...

अनलाइन खबर
देउवा पक्षलाई रुख र झण्डा प्रयोगमा रोक लगाउन माग गर्दै आयोग जाने कांग्रेसको तयारी
OthersJust now

देउवा पक्षलाई रुख र झण्डा प्रयोगमा रोक लगाउन माग गर्दै आयोग जाने कांग्रेसको तयारी

कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गराएर देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डा प्रयोग गर्न नदिन माग गर्ने तयारी गरेको एक शीर्ष नेताले जानकारी दिए । ...

अनलाइन खबर
पद्मा अर्यालको आक्रोश- मेरो क्षेत्रमा ९९ प्रतिशत मत खस्यो, बुथ कब्जाको प्रमाण मसँग छ
OthersJust now

पद्मा अर्यालको आक्रोश- मेरो क्षेत्रमा ९९ प्रतिशत मत खस्यो, बुथ कब्जाको प्रमाण मसँग छ

अर्यालले भनिन्, ‘मसँग तथ्यसहितका प्रमाण छन् । यहाँ–यहाँ बुथ कब्जा भयो, यहाँ धाँधली भयो र यसरी भोट हालियो भन्ने प्रमाण छ ।’ ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement