Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

नेपाली पावरलिफ्टर मनोज श्रेष्ठलाई शिवम् सिमेन्टको साथ, आगामी प्रतियोगिताका लागि सहकार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली पावरलिफ्टर मनोज श्रेष्ठलाई शिवम् सिमेन्टको साथ, आगामी प्रतियोगिताका लागि सहकार्य
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली पावरलिफ्टर मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ । पावरलिफ्टिङ क्षेत्रमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका श्रेष्ठलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले प्रायोजन गर्न लागेको जनाएको छ । सन् २०१७ देखि पावरलिफ्टिङ क्षेत्रमा सक्रिय श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् । सन् २०२५ मा सम्पन्न वर्ल्ड पावरलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका उनले प्रतियोगितामा स्क्वाट तथा डेडलिफ्टतर्फ पनि प्रभावशाली प्रदर्शन गरेका थिए । सन् २०१७ देखि २०२५ सम्मको खेल यात्रामा श्रेष्ठले विभिन्न प्रतियोगितामा सफलता हासिल गरेका छन् । उनका प्रमुख उपलब्धिमा वर्ल्ड पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ मा स्वर्ण पदक, एनवाईएफसी क्लासिक २०२४ मा स्वर्ण पदक र पहिलो भ्याली लेभल ओपन पावरलिफ्टिङ च्याम्पियनसिप २०२४ मा स्वर्ण पदक रहेका छन् । त्यस्तै, उनले बेन्च प्रेसमा १८० केजी र पावरलिफ्टिङमा कुल ७८१ केजी तौल उठाउने कीर्तिमान बनाएका छन् । दुबईमा राष्ट्रिय कीर्तिमान कायम गरेका श्रेष्ठले विभिन्न प्रतियोगितामा ८३ केजीदेखि पुरुष १२० केजीसम्मका तौल समूहमा प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स (एनवाईएफसी) द्वारा आयोजित प्रतियोगिताहरूमा पनि उनले निरन्तर सफलता हासिल गर्दै आएका छन् । श्रेष्ठको मेहनत, अनुशासन र खेलप्रतिको समर्पणलाई सम्मान गर्दै आगामी खेल यात्रालाई थप सहज बनाउन सहकार्य गर्न लागिएको शिवम् सिमेन्टले जनाएको छ । गुणस्तर र मजबुतीलाई आफ्नो पहिचान बनाएको कम्पनीले श्रेष्ठको शक्ति, आत्मविश्वास र दृढतालाई आफ्नो ब्रान्डको विशेषतासँग जोडेर हेरेको जनाएको छ । शिवम् सिमेन्टले यसअघि पनि भलिबल, फुटबल, क्रिकेट, म्याराथनलगायत विभिन्न खेलकुद गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ । खेलकुदमार्फत युवामा ऊर्जा, अनुशासन र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाली खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आएको कम्पनीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ केजी थाई गाँजासहित ३ जना पक्राउ
Latest NewsJust now

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ केजी थाई गाँजासहित ३ जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ केजी थाई गाँजासहित ३ जना पक्राउ परेका छन् । शनिबार प्रहरीले थाइल्यान्डबाट बङ्गलादेश हुँदै नेपाल आएका एक भारतीय नागरिक र सोही उडानबाट बङ्गलादेश हुँदै... ...

रातोपाटी
स्थानीय तहको निर्वाचन मिति तय भएपछि मात्र प्रधानमन्त्री शाहको चीन भ्रमणबारे तयारी थालिने
Latest NewsJust now

स्थानीय तहको निर्वाचन मिति तय भएपछि मात्र प्रधानमन्त्री शाहको चीन भ्रमणबारे तयारी थालिने

• प्रधानमन्त्री बालेन शाहको चीन भ्रमण तत्काल नहुने जानकारी परराष्ट्रमन्त्री शिशिर खनालले दिएका छन्। • परराष्ट्र मन्त्रालयले चीनसँग समन्वय गर्दै अनुकूल तिथिमिति प्रस्ताव र स्वीकृत गर्ने प्रक्रिया अघि बढाएको छैन। • स्थानीय निर्वाचनको मिति तय भएपछि प्रधानमन्त्रीको चीन भ्रमणको बारेमा छलफल गर्ने तयारीमा सरकार रहेको छ। ...

नेपालबहस
एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
Latest NewsJust now

एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

पाँचथर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिएका छन् । सात वर्षदेखि निर्माणधीन उक्त पुल पूरा नभएको सन्दर्भमा आज उनले पुलको स्थलगत निरीक्षणपछि यस्तो निर्देशन दिएका हुन् । पाँचथरको तुम्बेवा गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका जोड्ने उक्त पुल १४६ मिटर लामो हुनेछ । पुल निर्माणको प्रगतिबारे जानकारी लिन ...

केन्द्रबिन्दु
काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ देखि, प्रदेशमा कहिले ?
Latest NewsJust now

काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ देखि, प्रदेशमा कहिले ?

काठमाडौं । नेपाली काङ्ग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशन गर्ने कार्यतालिका लगभग टुंगो लगाएको छ । पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लाहरूमा मंसिर २४ र २५ गते तथा अन्य जिल्लाहरूमा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए । सभापति थापाका अनुसार मौसमको प्रतिकूलता र हिमपात हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हिमाली जिल्लाहरूको अधिवेशन ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement