Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

नेपाली कांग्रेसको नयाँ नेतृत्व र अबको गन्तव्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली कांग्रेसको नयाँ नेतृत्व र अबको गन्तव्य
Photo / Coverage: हिमालय टाइम्स

कांग्रेसको विशेष महाधिवेशन र १५औं महाधिवेशनको नौ महिनाको अन्तरालमा गगनकुमार थापा दुईपटक पार्टी सभापति निर्वाचित भए । नेपाली कांग्रेसको करिब आठ दशकको इतिहासमा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिको कार्यभार सम्हाल्न पुगे । दुवैजना युवा ऊर्जावान दोस्रो पुस्ताको वरिष्ठ नेतामा स्थापित हुन सफल भए । कांग्रेसको भविष्य अबको गन्तव्यथप चुनौती र अवसरको बाटो नयाँ नेतृत्वका लागि खुला भएको छ । कांग्रेस एकताको आन्तरिक व्यवस्थापन, नयाँ पुस्ताको नेतृत्व हस्तान्तरण सँगसँगै जुन प्रतिबद्धता र प्रतिज्ञाकासाथ गगनकुमार थापाले पार्टी कमाण्ड आफ्नो हातमा लिए अब व्यवहारमा कार्यान्वयन गर्ने समय आएको छ । पार्टी सभापतिले ६६ जना मनोनित गर्नेबाहेक २३१ जना केन्द्रमा निर्वाचित भएका छन् । कति सन्तुलित कति व्यवस्थित, कति उचित, कति समावेशी केही यस्ता परिदृश्य छन् । काठमाडौं क्षेत्र नं.१ बाट पाँचजना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने चितवन जिल्लाबाट मात्र दशजना केन्द्रीय सदस्य निर्वाचित हुनसकेका छन् । त्यस्तै महिलाहरू ६९ जना (२९.८७ प्रतिशत) निर्वाचित भएका छन् । अहिले जुन परिस्थिति देखिएको छ कांग्रेस विभाजनको चरणमा उभिएको छ । कांग्रेसको सदस्य कानुनीमात्र नभएर मनोविज्ञान पनि हो । कसको कुन महाधिवेशन आधिकारिक हुने कांग्रेसका शुभेच्छुक एवं कार्यकर्ताहरूको चिन्ताको बहस भइरहेको छ । विशेष महाधिवेशनबाट १५औं महाधिवेशन प्रजातान्त्रिक विधिप्रक्रिया अनुसार सम्पन्न भएको छ । विधानसम्मत निर्वाचनद्वारा ठूलो आकारको केन्द्रीय समिति बनेको छ । संयोग भन्नुपर्ला एकीकृत नेपाली कांग्रेस ७७ वर्षको पुग्दा केन्द्रीय समितिको संघीय संरचनामा ७७ प्रकारको प्रतिनिधित्व रहेको छ । नियमित १४औं महाधिवेशनबाट १६७ जना केन्द्रीय समिति बनेको थियो भने अहिले १५औं महाधिवेशनमा २९७ जना पुगेको छ । पार्टी सभापतिले ६६ जना मनोनित गर्नेबाहेक २३१ जना निर्वाचित भएका छन् । कति सन्तुलित कति व्यवस्थित, कति उचित, कति समावेशी केही यस्ता परिदृश्य छन् । काठमाडौं क्षेत्र नं.१ बाट पाँचजना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने चितवन जिल्लाबाट दशजना केन्द्रीय सदस्य निर्वाचित हुनसकेका छन् । त्यस्तै महिलाहरू ६९ जना (२९.८७ प्रतिशत) निर्वाचित भएका छन् । कांग्रेस इतिहासमा पहिलोपटक महिला महामन्त्री डा.डिला संग्रौला पन्त निर्वाचित भएकी छन् । मेरो विगत अनुभवको साक्षी लीला बोखिम लिम्बु केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । साक्षी यस अर्थमा १०औं महाधिवेशनको बेला एक निर्वाचन क्षेत्रबाट सातजना महाधिवेशन प्रतिनिधिहरू छानिनुपर्ने थियो । कुनै कोटा आरक्षणको व्यवस्था थिएन । ताप्लेजुङ जिल्लामा दुई निर्वाचन क्षेत्र थिए । म पर्यवेक्षकको रूपमा सहभागी थिएँ । एक नं. क्षेत्रबाट २१ जना पुरुषको मात्र निवेदन पर्‍यो । उम्मेदवारको निवेदन समय टरिसके पनि एकजना महिला प्रतिनिधित्व हुनुपर्छ भनेर मैले जोडदार प्रस्ताव गरेपछि सबैको सहमतिमा लीला बोखिम महाधिवेशन प्रतिनिधि चयन भएकी थिइन् । दुई नम्बर क्षेत्रबाट समावेशी सहमतिमा सीता पौडेललाई प्रतिनिधि चयन गरेर ताप्लेजुङ उदाहरण बनेको थियो । १०औं महाधिवेशन पोखरामा भएको थियो । सुनेको चर्चानुसार सुजाता कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्दा दश वर्ष क्रियाशील सदस्यता नपुगेको भनी उम्मेदवारी खारेज गरिएको थियो । यसपटक ३५ वर्षमुनिका युवा क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित २१ जनामा को–कसले कति वर्षदेखि क्रियाशील सदस्य भई पार्टी संगठनमा योगदान दिएका हुन् त्यसको लेखाजोखा हुँदै गर्लान् । निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको जनक चटौत युवा क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने नेविसंघको नेतृत्व गर्दै खारिएका परिपक्व नेता नैनसिंह महर पराजित भएका छन् । यी सबै परिदृश्यको पुनरावलोकन गर्दै पार्टी सभापति गगनकुमार थापाका लागि अब गरिने मनोनितमा कति समावेशी र सुन्तुलित हुनुपर्ने हो थप जटिलता र चुनौति थपिएका छन् । यसभन्दा गम्भीर प्रश्नचिह्न रहेको छ ? पार्टी विभाजनको संघारमा छ, पार्टीलाई एक ढिक्का बनाइराख्न नयाँ नेतृत्व कति सफल र जवाफदेही हुनुपर्ने हो ? सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा इतिहासको कठघरामा खडा भएका छन् । उहाँहरू दुवैजनाले बन्द सत्रमा बोलेका कुराहरू व्यवहारमा प्रमाणित गरेर देखाउनुपर्नेछ । नेपाली कांग्रेस गौरवशाली इतिहास भएको पुरानो पार्टी हो । बन्द सत्रमा विश्वप्रकाश शर्माले झापाका ज्येष्ठ कांग्रेस रामबहादुर थापाको चारतारे झण्डाले आँखा छोपेर मर्ने धोको रहेको उदाहरण सुनाए । उपस्थित प्रतिनिधिहरू कति जनालाई थाहा र महसुस भयो होला-२०१९ साल वैशाख १९ गते ताप्लेजुङको तत्कालीन पार्टी सभापति शहीद श्रीप्रसाद पराजुलीलाई पुलिस हिरासतमा आर्मीले कुटीकुटी मारे । २०१८ सालको चितवन घटनाको नायक नेता जगतप्रकाश जंग शाहको शीर सेनाले राजा महेन्द्रलाई बुझाएको घटना कतिले सम्झे होलान् । त्यसरी नै गगनजीले गुल्मीका निष्ठावान कांग्रेस सदस्य महेन्द्र श्रेष्ठको उपमा दिँदै गर्दा २०१८ सालमा त्यहाँका क्रान्तिकारी नेता शमशेरबहादुर सिंहको टाउको सेनाले गुल्मी बजार घुमाएको कतिले स्मरण गरे होलान् । चारतारे झण्डाको त कुरै छोडौं, परिवारका सदस्यबाहेक अरूलाई मलामी जानसमेत रोक लगाए । कांग्रेस नेता मन्त्री रामनारायण मिश्रले आफ्नो शीर कटाउन तयार राजा महेन्द्रको प्रस्तावलाई इन्कार गर्दै सिद्धान्त र पार्टीप्रतिको निष्ठा जाहेर गरेको कहानी सुनाउँदै गर्दा २०१८ सालको चितवन घटनाको नायक नेता जगतप्रकाश जंग शाहको शीर सेनाले राजा महेन्द्रलाई बुझाएको घटना कतिले सम्झे होलान् । त्यसरी नै गगनजीले गुल्मीका निष्ठावान कांग्रेस सदस्य महेन्द्र श्रेष्ठको उपमा दिँदै गर्दा २०१८ सालमा त्यहाँका क्रान्तिकारी नेता शमशेरबहादुर सिंहको टाउको सेनाले गुल्मी बजार घुमाएको कतिले स्मरण गरे होलान् । १०औं महाधिवेशनले एक व्यक्ति बढीमा दुईपटक मात्र सभापति हुनपाउने विधान पारित गरेको थियो । दुई पटक पार्टी सभापति भइसकेका निवर्तमान सभापति शेरबहादुर देउवाको निवासमा देउवा दम्पतीमाथि जेन-जी आन्दोलनकारीले गरेको उपद्रो व्यवहार र निर्घात कुटपिट गरेको अवस्थामा र संविधानले नचिनेको सुशीला कार्की सरकारको बखतमा विशेष अधिवेशनबाट नेतृत्व कब्जा गर्न सफल भए पनि गगन थापा स्वयं सर्लाहीबाट आमनिर्वाचनमा पराजित भए । समग्रमा संसदीय निर्वाचनको नतिजा कांग्रेसका लागि एकदम निराशाजनक रह्यो । यावत् सबै घटनाहरूको सही शल्यक्रिया र जवाफदेहिताको नयाँ नेतृत्वले जिम्मेवारी लिनुपर्ने होइन र ? बीपीको सन्देश थियो ‘घमण्ड नगर, गुट नबनाऊ’ । गगनजीले पनि सभापतिमा निर्वाचित भएपछिको सम्बोधन भाषणमा गर्वका साथ उद्घोष गरे हामी अलगअलग पदीय जिम्मेवारीमा रहे पनि सबै समान छौं, कोही गुट वा समूह रहने छैन । सामाजिक सञ्जालमार्पmत देखिएको सुनिएको आरोप–प्रत्यारोप हुँदै गर्दा कांग्रेस एकता महाधिवेशन हुनसकेन । विशेष महाधिवेशनले पारित गरेको पदसंख्या बढाउनुको औचित्य के ? लाखौं शुभेच्छुक कार्यकताको मनमा आशंका पैदा भएको छ, आफ्नै बहुमतले पदसंख्या बढाएर १५औं महाधिवेशनमा निर्वाचित भइसकेपछि सत्ताको भागबण्डा मिलाउन खोजेको जस्तो देखियो । यो लोकतान्त्रिक अभ्यासभन्दा गुट व्यवस्थापन हो भन्ने आरोप छ । कानुनी रूपमा महाधिवेशनले पारित गरेपछि वैधता मानिए पनि राजनीतिक र नैतिक रूपमा एकता महाधिवेशनको भावनाविपरीत हुनगयो कि भन्ने वस्तुनिष्ठ विश्लेषणको आवश्यकता देखिन्छ । ताकि एकताको १६औं महाधिवेशन हुने सम्भावना र वातावरण बन्न सकोस् । अस्तु ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकामा आज मध्यावधि निर्वाचन
Latest NewsJust now

अमेरिकामा आज मध्यावधि निर्वाचन

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १७ गते । अमेरिकामा मङ्गलबार (आज) मध्यावधि निर्वाचन हुँदै छ । यो निर्वाचनलाई वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासनको लोकप्रियताको... ...

गोरखापत्र
वित्तीय संघीयता सुदृढीकरणका लागि प्रदेशहरूको १९ बुँदे साझा प्रतिबद्धता
Latest NewsJust now

वित्तीय संघीयता सुदृढीकरणका लागि प्रदेशहरूको १९ बुँदे साझा प्रतिबद्धता

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमबार सम्पन्न प्रदेश आर्थिक मामिला परिषद्को बैठकले संघीय सरकारसँग वित्तीय समानीकरण अनुदानको संवैधानिक सुनिश्चितता गर्नेदेखि साना आयोजनामा संघीय हस्तक्षेप अन्त्य गर्नेसम्मका विषय समेटेर साझा प्रतिबद्धता जारी गरेको हो । ...

कान्तिपुर
पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
Latest NewsJust now

पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ ।... ...

रातोपाटी
चम्काइदेऊ साइँला चमक्कै
Latest NewsJust now

चम्काइदेऊ साइँला चमक्कै

काठमाडौँ, कात्तिक १७ गते । सन्दीप राउत काठमाडौँ इन्द्रचोकको परम्परागत भाँडा पसलअघि धमाधम पित्तलका कलश चम्काउँदै भेटिनुभयो । अलिक वर अर्को पसलअघि विदुर नेपाल र अरुण थापा पनि आमनेसाम... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play