नेपाली अर्थतन्त्रको समयसापेक्ष रूपान्तरणमा नेपाली समाजको अग्रगामी परिवर्तन कतिपय संरचनात्मक कठिनाइको सुधार नगरी अघि जान सकिँदैन । यस विषयको महसुस आजभन्दा पैंतीस वर्षअघि तत्कालीन राजनीतिक दलबाट नीतिगत व्यवस्थापनको जिम्मा भएकालाई नभएको भने होइन । यसबीचमा धेरै सरकार परिवर्तन भए । विभिन्न दल वाद बोकेका सदस्यहरू सिंहदरबार र शीतल निवासमा राज गर्न आए तर मौलिक रूपमा आजको दिनमा नेपाली समाजका कतिपय विषयमा परम्परागत पक्षमा कत्ति पनि परिवर्तन गर्न सकिएको छैन । नेपाली कांग्रेस, एमाले, माओवादीलगायत तराईमधेसका धेरै दल तथा राजा स्वयं सत्तामा रमाए । पछिल्लो समय रास्वपा नेपाली जनताको अभूतपूर्व विश्वासको साथमा सत्तामा गएको छ । प्रजातान्त्रिक व्यवस्थाको थालनीसँगै सरकारको जिम्मेवारी, खर्च गर्ने क्षमतामा विस्तारको आवश्यकता देखिन्छ । लगानिमैत्री वातावरण नभएको, नीतिगत पक्षले साथ नदिएको अवस्थामा सरकारको राजस्व परिचालनमा संकुचन आउने कारणले चाहेको काम गर्न सक्दैन । यसका लागि आन्तरिक-बाह्य ऋणको वा अरूको भर पर्नुेपर्ने बाध्यता सदासर्वदा रहनसक्छ । आमनेपालीको मनमष्तिष्कमा रहेका हिजोका अप्ठ्याराहरूको समाधानको खातिर सत्तामा गएको दलले भोलिका दिनमा निरास नबनाउला भन्ने सबैको आशा छ । तर, नेपाली अर्थतन्त्रका आधारस्तम्भको सुदृढीकरण, आधुनिकीकरण्मा समयसापेक्ष सुधार गर्ने विषयमा ध्यान जान सकेको जस्तो देखिँदैन । परिणामस्वरूप समयले नेपाल र नेपालीहरूको अवस्थामा खिसिट्यौडी गर्न थालेको देखिन्छ । आधारभूत रूपमा अर्थतन्त्रको रूपरेखामा परिवर्तनका लागि मूलभूत रूपमा शिक्षा, स्वास्थ्य, यातायातलगायत क्षेत्रमा सकारात्मक परिवर्तन आवश्यक देखिन्छ ।प्रजातान्त्रिक व्यवस्थाको थालनीसँगै सरकारको जिम्मेवारी, खर्च गर्ने क्षमतामा विस्तारको आवश्यकता देखिन्छ । लगानिमैत्री वातावरण नभएको, नीतिगत पक्षले साथ नदिएको अवस्थामा सरकारको राजस्व परिचालनमा संकुचन आउने कारणले चाहेको काम गर्न सक्दैन । यसका लागि आन्तरिक-बाह्य ऋणको वा अरूको भर पर्नुेपर्ने बाध्यता सदासर्वदा रहनसक्छ । नीतिगत रूपमा प्रष्ट भई लगानीका लागि न्यूनतम् वातावरण बनाउन सकिएन भने भोलिका दिनमा यस्तो पिरलोले सहजै छोड्नेवाला देखिँदैन । नेपालमा परम्परागत शिक्षाको सुरुवातको यकिन तिथिमितिको तथ्यगत जानकारी नभए तापनि गुरुकुलको माध्यमले संस्कृत तथा ज्योतिषीलगायत कर्मकाण्डीय शिक्षा अनौपचारिक रूपमा गाउँमा वनारस तथा भारतका विभिन्न ठाउँबाट पढेर आएका विद्वानहरूले राणाकालमै सुरुवात गरेका थिए । राणाशासनमा पनि कतिपय स्थानमा विद्यालय खोल्ने तथा सञ्चालनको अनुमति दिइएको थियो । पद्मशमशेर राण प्रधानमन्त्रीहरूमा यो अर्थमा निकै उदार मानिएका थिए । राणाहरूको बिदावारीपछि मुलुकमा शिक्षा पहिलो आवश्यकताको रूपमा सबैले तत्कालीन समयमा महसुस गरेका धेरै विद्यालयको स्थापना, सञ्चालन तथा विस्तारमा जोड दिएको पाइन्छ । शिक्षाको महत्त्वका बारेमा तत्कालीन सरकार तथा समाजका सुझबुझ भएकाले पहिलो विश्वविद्यालयको रूपमा विसं २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना गरियो । यसले नेपालको उच्चशिक्षाको ढोकामात्र उघारेन, नेपालको हालको विकास समृद्धि तथा स्थायित्वको जग बसाउने काम गरेको हो । २०४६ सालको राजनीतिक परिवर्तनभन्दा अघिसम्म त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय प्रतिष्ठा राम्रो रहेको थियो । अति राजनीतीकरण र राम्रोभन्दा मेरो, हाम्रो भन्ने रोगले विश्वविद्यालयलाई दलहरू जस्तै नराम्रोसँग गाँज्दै लग्यो र हाल अफ्ठ्यारो अवस्थामा पुर्याएको छ । बाहिरबाट हेर्दा भौतिक सम्पत्ति, विद्यार्थी संख्या र कभरेजको हिसाबमा अत्यन्तै बलवान् देखिए तापनि भित्री रूपमा विश्वविद्यालयको मानकको रूपमा रहेका अध्ययन, अनुसन्धान, अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा कमजोर उपस्थितिले विश्वविद्यालयको साख कमजोर हुनथालेको जस्तो देखिन्छ । निजी क्षेत्रको लगानी भएको काठमाडौं विश्वविद्यालयको उपस्थिति दर्बिलो बन्दै गएको छ । विविध राजनीतिक कारण देखाएर विश्वविद्यालयहरूको संख्या निरन्तर थपिँदै दुई दर्जनभन्दा माथि गए तापनि विद्यार्थीको संख्याको आधारमा आज ८० प्रतिशत संख्या सबैभन्दा पुरानो त्रिविले धान्दै आएको छ । शिक्षाको हकमा विगत ३०-३५ वर्षको अन्तरालमा संख्यात्मक रूपमा निजी, सार्वजनिक, गुठी तथा अन्य सबै खालका आधारभूत, माध्यामिक तथा उच्च तहलगायत सबै विद्यालय एवं विश्वविद्यालयको निरन्तरविस्तार भएको छ । तर, शिक्षाको कारण मानवजीवनमा आउने बहुउपयोगी गुणात्मकता जस्ता धेरै पक्षमा आशातीत परिवर्तन देखिएको छैन । शिक्षामा समयसापेक्ष सुधार गर्न नसकिएको महसुस गरेको विषय हो ।प्राविधिक शिक्षा तथा व्यावसायिक क्षेत्रको हकमा गुणस्तरमा धेरै विवाद पाइँदैन तर साधारण, संस्कृतलगायतमा शिक्षामा या त बजारले मागेको सीप र क्षमताको अभाव आवश्यकतासँग म्याच नभएको भन्ने विषय सदासर्वदा देखिएको छ । शिक्षित बेरोजगारीको हालको अवस्था नेपालको मात्र नभएर विश्वमै जल्दोबल्दो समस्या बनेको छ । सरकारले नयाँ परियोजनामा वार्षिक रूपमा १५० अर्बको हाराहारीमात्र पुँजीगत खर्च गर्नसक्ने सम्भावना अघिल्लो आर्थिक वर्षको तथ्यांकले देखाउँछ । यदि निजी क्षेत्रलाई लगानीको मूलधारमा ल्याउन नसक्ने हो भने नेपालको आर्थिक विकासको साथमा रोजगारी समृृद्धिको कथा यथार्थमा जान सक्दैन । विकल्प भनेको वैदेशिक लगानी हो । बेरोजगारीको भित्री कारण नेपालले अंगिकार गरेको आर्थिक लगानीको हकमा देखिएको द्विविधाले पनि काम गरेको छ । अर्थतन्त्रका मुख्य चारवटा क्षेत्रहरूमा सरकार वा सार्वजनिक क्षेत्र, निजी क्षेत्र, वित्तीय क्षेत्र पर्दछन् । सरकारले सबै विकास निर्माणका काम गर्न नसक्ने विषयमा विश्वको सबै समाज चिरपरिचत भएको छ । सरकार नीतिगत पक्ष, पूर्वाधार एवं लगानी सुरक्षाका विषयमा संवेदनशील हुनुपर्छ । निजी क्षेत्रले मात्र समेट्न नसेकेका कतिपय क्षेत्रहरूमा निजी सार्वजनिक मोडलमा जान सकिन्छ । सरकारले नयाँ परियोजनामा वार्षिक रूपमा १५० अर्बको हाराहारीमात्र पुँजीगत खर्च गर्नसक्ने सम्भावना अघिल्लो आर्थिक वर्षको तथ्यांकले देखाउँछ । यदि निजी क्षेत्रलाई लगानीको मूलधारमा ल्याउन नसक्ने हो भने नेपालको आर्थिक विकासको साथमा रोजगारी समृृद्धिको कथा यथार्थमा जान सक्दैन । विकल्प भनेको वैदेशिक लगानी हो । विभिन्न कारण देखाएर चार-पाँच घण्टाभित्र राज्यविहीन जस्तो हुने खर्बौंको निजी, सार्वजनिक औधोगिक प्रतिष्ठान खरानी हुनसक्ने मुलुकमा विदेशी लगानी ठूलो रकममा भित्रिन्छ भनेर कल्पना गर्न सकिँदैन । भौतिकपूर्वाधारको हकमा नेपालले आजका दिनसम्म २०० किमीसम्मको हाइस्पिड सडक बनाउन सकेको छैन । रणनीतिक हिसाबमा अति महत्त्वपूर्ण मानिएको पूर्वपश्चिम राजमार्गसमेत समयमा बनाउन सकिएको छैन । बाँकी उत्तर-दक्षिण जोड्ने सहायक राजमार्ग, अन्य सडकहरूको अवस्था धेरै हदसम्म हिउँदेजस्ता मात्र देखिएकाले व्यावसायिक लगानीका लागि उपयुक्त देखिएका छैनन् । गुणस्तरीय सडकविनाको उत्पादनमूलक लगानी प्रतिफल नहुने भएका कारण आधारभूत रूपमा नेपाल लगानीको क्षेत्रमा पछि परेको देखिन्छ । एकातिर नेपालको ८० प्रतिशत जति भू-भाग पहाडी क्षेत्रमा छ, जसमा सडक निर्माण यसै महँगो पर्छ । साथमा सरकार लगानी गर्नसक्ने आर्थिक हैसियतमा छैन । निजी क्षेत्र सडकजस्तो दीर्घकालीन परियोजनाहरूमा हत्तपत्त लगानी गर्न रुचाउँदैन । अर्थशास्त्री, राष्ट्रबैंकको उपल्लो नीतिगत निर्णय गर्ने अंग, बैंकर्स, राजनीतिकर्मी, आन्तरिक जगतका व्यवसायीहरूले नेपाल हाल सबै हिसाबमा लगानीका लागि अति नै उपयुक्तस्थान भएको जिकिर गरिरहँदा वित्तीय क्षेत्रमा १८ खर्बभन्दा माथिको लगानीयोग्य रकमका लागि लगानीको माग नआउनु चिन्ताको विषय हो । व्यावसायिक लगानीका लागि बैंक तथा वित्तीय संस्थाले लिने ब्याज नेपालको आर्थिक इतिहासमै शायद सबैभन्दा तल रहेको, राजनीतिक रूपमा दुईतिहाइ नजिकको सबैभन्दा शक्तिशाली सरकार रहेको, विदेशी मुद्रा सञ्चय यथेष्ठ रहेको तथा स्थिर सरकारको साथमा खुलाबजार तथा निजी क्षेत्रको बफादार नीतिगत व्यवस्था कायम रहँदारहँदै उद्योगपतिहरू धेरै उत्साहित नहुनु अर्थतन्त्रको विस्तारको हकमा राम्रो संकेत होइन । नेपालजस्तो मुलुकको हकमा यथेष्ठ लगानीयोग्य रकम भएको समयमा व्यावसायिक लगानीको मागमा संकुचन आउनुभनेको आर्थिकभन्दा गैरआर्थिक तत्व लगानीका लागि निर्धारक पक्ष हुन् भन्नेमा सरकारमा बसेकाहरूले हेक्का राख्न आवश्यक छ । कुनै पनि मुलुक आर्थिक रूपमा माथि जान लगानीको वातावरण एवं व्यवसायीबीचमा लगानी तथा प्रतिफलको सुरक्षाको विषयमा विश्वासको वातावरण बन्नु नितान्त जरुरी छ । अन्यथा जुनसुकै वाद तथा दलको सत्तारोहणले नेपालको आर्थिक, सामाजिक परिवेशमा तात्विक र सकारात्मक परिवर्तन ल्याउने विषयमा विश्वस्त बन्न सकिँदैन ।
नेपाली अर्थतन्त्रका कमजोर आधारस्तम्भ-२

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






