Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित
Photo / Coverage: पर्दाफास

नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २०औँ वार्षिक साधारणसभाबाट नरेन्द्र बल्लभ पन्त नयाँ अध्यक्षका रुपमा निर्वाचित भएका छन्। साधारणसभाले नयाँ कार्यसमिति निर्वाचित गर्नुका साथै नेपाल–श्रीलंका व्यापार, पर्यटन तथा आर्थिक सम्बन्ध सुदृढीकरणमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो । सो अवसरमा राजेशकाजी श्रेष्ठलाई मानार्थ सदस्यको रूपमा सम्मान गरिएको छ भने विजयबहादुर श्रेष्ठलाई निवर्तमान अध्यक्ष (इमिडिएट पास्ट प्रेसिडेन्ट) को जिम्मेवारीमा राखिएको छ। प्रदीपलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्ष तथा चंकी छेत्री र सुदेश उपाध्याय उपाध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी, शिवांगी शाह महासचिव, अभिषेक अग्रवाल कोषाध्यक्ष तथा मनिष राजभण्डारी र सुनिता सिंह सचिवमा निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमिति सदस्यहरूमा राजेश शाक्य, धिरज कार्की, सुमन श्रेष्ठ, रञ्जन खड्का, रश्मि जोशी, सुधीर अग्रवाल, विवेक झा, सुमेध शाक्य, रिकेन महर्जन र नवराज बजगाई रहेका छन्। जय देवान र डा। हरिलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ। साधारणसभामा नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पिटियाले नेपाल र श्रीलंकाबीच व्यापारिक सम्बन्ध विस्तार गर्न व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदान, व्यापार मेला, प्रदर्शनी, बीटुबी भेटघाट तथा क्षेत्रगत सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। उनले दुई देशका व्यवसायीबीच नियमित संवाद, बजारसम्बन्धी सूचना आदानप्रदान, लगानीका अवसर पहिचान तथा व्यवसायीले सामना गरिरहेका समस्याको समाधानका लागि संस्थागत रूपमा व्यवस्थित संयन्त्र विकास गर्नुपर्ने बताइन्। श्रीलंका दूतावासले व्यापार, लगानी, पर्यटन तथा नवप्रवर्तन क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्न सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। राजदूत डेल्पिटियाले आगामी जनवरी १४ देखि १७ सम्म श्रीलंकामा आयोजना हुने एक्स्पो २०२७ मा नेपाली व्यवसायीहरूको सहभागिताका लागि आग्रह गर्दै उक्त प्रदर्शनीमा ३३ भन्दा बढी नेपाली खरिदकर्ता अनलाइनमार्फत दर्ता भइसकेको जानकारी दिइन्। श्रीलंकाका लागि नेपालका राजदूत नियुक्त डा.मञ्चला कुमारी झाले नेपाल र श्रीलंकाबीच लामो समयदेखि कायम कूटनीतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताइन्। सन् १९५७ मा स्थापित कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउँदै व्यापार, पर्यटन, लगानी, शिक्षा तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो। उनले आर्थिक कूटनीति, व्यावसायिक प्रतिनिधिमण्डल, प्रदर्शनी तथा बीटुबी बैठकमार्फत दुई देशबीचको सद्भावलाई ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्न सकिने उल्लेख गरिन्। चेम्बरका मानार्थ सदस्य डा.राजेश काजी श्रेष्ठले आफ्नो मन्तव्यमा नेपाल र श्रीलंकाबीच व्यापार, पर्यटन तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि व्यापार मेला, प्रदर्शनी र संस्थागत नेटवर्किङलाई प्रभावकारी बनाउनुपर्ने बताए। उनले नेपाली अर्गानिक चिया, हस्तकला, परम्परागत कला, मूर्ति, थाङ्का, खाद्य उत्पादन, पत्थर तथा गरगहनालगायत नेपाली उत्पादनलाई श्रीलंकासहित अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न सकिने सम्भावना औंल्याए। श्रेष्ठले नेपाल–श्रीलंका चेम्बर, नेपाल चेम्बर अफ कमर्स, जिल्ला तथा वस्तुगत चेम्बर, व्यवसायिक संघसंस्था र निजी क्षेत्रबीच समन्वय बढाएर व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदान तथा बजार सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए। पर्यटन, चिया तथा व्यापारका क्षेत्रमा क्षेत्रगत सहकार्यलाई अघि बढाउनुपर्ने उनको धारणा थियो। नेपाल–श्रीलंका चेम्बर अफ कमर्सका अध्यक्ष विजयबहादुर श्रेष्ठले सभापतिको आसनबाट बोल्दै नेपाल र श्रीलंकाबीचको पुरानो व्यापारिक, सांस्कृतिक तथा व्यावसायिक सम्बन्धलाई थप विस्तार गर्नुपर्ने बताए। सो अवसरमा नेपाल–श्रीलंका व्यापार, पर्यटन तथा व्यावसायिक सम्बन्धमा योगदान पु¥याएका व्यक्तित्वहरूलाई विभिन्न सम्मान प्रदान गरिएको थियो। राजेश काजी श्रेष्ठलाई आउटस्ट्यान्डिङ सपोर्ट अनर, जय देवानलाई टुरिजम एक्सिलेन्स अवार्ड तथा चंकी छेत्रीलाई बिजनेस एन्ड ट्रेड एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो। साधारणसभाले नेपाल र श्रीलंकाबीच जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा पूर्वाधार क्षेत्रमा लगानी सहकार्य विस्तार गर्ने सम्भावनाका साथै बौद्ध धार्मिक पर्यटन, संयुक्त पर्यटन प्याकेज तथा सम्पर्क सञ्जाल सुधारका विषयमा समेत जोड दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एमाले महासचिव भन्छन्- स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ
OthersJust now

एमाले महासचिव भन्छन्- स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ

स्थानीय तहको कार्यकाल आगामी वर्ष जेठ ५ गते समाप्त हुने भएकाले वैशाखभित्रै निर्वाचन गरिसक्नुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनले बताए । ...

अनलाइन खबर
एक्सट्रिम इनर्जी ड्रिंकका पाँच नयाँ स्वाद सार्वजनिक, ‘स्क्यानमा सुन’ अभियान घोषणा
OthersJust now

एक्सट्रिम इनर्जी ड्रिंकका पाँच नयाँ स्वाद सार्वजनिक, ‘स्क्यानमा सुन’ अभियान घोषणा

एक्सट्रिम इनर्जी ड्रिंकले पाँच नयाँ स्वादका पेय पदार्थ सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत नयाँ स्वाद सार्वजनिक गर्नुका साथै उपभोक्तालाई लक्षित गर्दै ‘स्क्यानमा सुन’ अभियान पनि घोषणा गरेको हो । कम्पनीकी बिजनेस हेड सोनिया राणालगायतले नयाँ पाँच स्वादको औपचारिक रूपमा सार्वजनिक गरेका हुन् । नयाँ स्वाद सार्वजनिकसँगै कम्पनीले आफ्नो उत्पादन विविधीकरण र बजार विस्तारलाई समेत प्राथमिकता दिएको जनाएको ...

पर्दाफास
एनपीएलको चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ फर्म्याटमा खेलाउन मन्त्री पोखरेलको चासो
OthersJust now

एनपीएलको चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ फर्म्याटमा खेलाउन मन्त्री पोखरेलको चासो

८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका आफ्नै घरेलु मैदान निर्माण गरी प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले क्लब सञ्चालक तथा प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु मैदान निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा… ...

अनलाइन खबर
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने
OthersJust now

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारीअनुसार पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेको जानकारी गराए । महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement