Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपाल–भारत सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ : प्रधानमन्त्री बालेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ : प्रधानमन्त्री बालेन
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको बताएका छन् । उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई समयअनुकूल थप सुदृढ बनाउँदै आपसी सहकार्य र साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री पद सम्हालेपछि आफ्नो पहिलो द्विपक्षीय भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । भगवान् पशुपतिनाथ, माता जानकी र करुणामय मच्छिन्द्रनाथको आशीर्वाद तथा नेपाली जनताको प्रेम, स्नेह र सद्भाव लिएर भारतको राजकीय भ्रमणमा आएको उल्लेख गर्दै उनले न्यानो आतिथ्य र निमन्त्रणाका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरे । उनले नेपाल–भारत सम्बन्धको केन्द्रमा दुवै देशका जनता रहेको उल्लेख गर्दै दुई देशबीचको आत्मीय सम्बन्धलाई शब्दमा सीमित गर्न नसकिने बताए । ‘नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ । यो यस्तो आत्मीय निकटता हो, जसलाई शब्दको सीमिततामा बाँध्न सकिँदैन,’ प्रधानमन्त्री शाहले भने । भारतलाई नेपालको विश्वसनीय छिमेकीका रूपमा चित्रण गर्दै उनले प्राकृतिक प्रकोप तथा विपद्का कठिन समयमा भारतले अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएको बताए । यसका लागि भारत सरकार र भारतीय जनताप्रति उनले कृतज्ञता व्यक्त गरे । प्रधानमन्त्री शाहले नेपाल र भारतबीच भर्खरै सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्ताले दुई देशको शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र समयसापेक्ष बनाउने दिशामा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनका अनुसार वार्तामा द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षमा सार्थक र दूरगामी छलफल भएको छ । साथै, नेपाल–भारत सहकार्यका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण साझेदारीका सहमति हुनुका साथै विभिन्न परियोजनाको उद्घाटन र शिलान्याससमेत गरिएको छ । प्रधानमन्त्री शाहले वार्ताका क्रममा भएका समझदारी र अघि बढाइएका परियोजनाको वास्तविक प्रतिफल दुवै देशको समृद्धिका रूपमा देखिनुपर्नेमा जोड दिए । ‘आज हामीले गरेका समझदारी र अघि बढाएका परियोजनाहरूको प्रतिफल समृद्धिका रूपमा देखिनुपर्छ,’ उनले भने । दुई देशबीच भएका ऐतिहासिक उपलब्धि र आगामी सहकार्यका योजनाबारे संयुक्त दृष्टिकोणपत्र (जोइन्ट भिजन डकुमेन्ट) तथा साझा उपलब्धिसम्बन्धी संयुक्त प्रेस विज्ञप्तिमार्फत विस्तृत जानकारी गराइने पनि उनले बताए । यस अवसरमा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । साथै, भारतका जनतालाई पनि हिमालयको काखमा अवस्थित नेपालको भ्रमण गर्न आग्रह गरेका छन् । उनले मुक्तिनाथ, पशुपतिनाथ, माता जानकी, जीवित देवी कुमारी तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायत धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका स्थलहरूको भ्रमण गर्न भारतीय जनतालाई निमन्त्रणा दिए । सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपाल–भारत मित्रता अझ प्रगाढ, विश्वासपूर्ण र समृद्धिमुखी हुनुपर्ने धारणा व्यक्त गरे । ‘नेपाल र भारतबीचको मित्रता यस्तो होस्, जहाँ विश्वास हिमालझैँ होस्, सहकार्य नदीझैँ अविरल बगोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाशमुनि फक्रियोस्,’ उनले भने । उनले दुवै देश र जनताको सुख, शान्ति तथा समृद्धिको कामनासहित आफ्नो सम्बोधन टुंग्याएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अयोध्या–जनकपुरधाम आउँदै सरयू–कमला एक्सप्रेस, यस्तो छ स्वागतको तयारी
OthersJust now

अयोध्या–जनकपुरधाम आउँदै सरयू–कमला एक्सप्रेस, यस्तो छ स्वागतको तयारी

भारतको अयोध्याबाट धनुषाको जनकपुरधामसम्म चल्ने सरयू–कमला एक्सप्रेस ट्रेन(रेल)को आज (सोमबार) औपचारिक रुपमा उद्घाटन भएको छ । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त रुपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग हरियो झण्डा हल्लाएर उक्त ट्रेन सञ्चालनको उद्घाटन गरेका छन् । ट्रेन ११०० यात्रुसहित अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गरेको छ । अयोध्यामा मुख्यमन्त्री आदित्यनाथ योगीले शुभकामना दिँदै ट्रेनलाई विदाई गरेका छन् । तोकिएको समयभन्दा केही ...

पर्दाफास
नेपालमा आईआईटी क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भारतको घोषणा
OthersJust now

नेपालमा आईआईटी क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भारतको घोषणा

भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको द्विपक्षीय वार्तापछि यस्तो घोषणा गरेका हुन् । हैदरावाद हाउसमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको युवा पुस्ताको क्षमता, सीप र नवप्रवर्तन विकासमा भारतले सहकार्य गर्ने बताए । उनले नेपालका ...

पर्दाफास
नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी
OthersJust now

नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भविष्य र नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र सोच प्रस्तुत गरेको बताएका छन् । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबीच भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले शाहको नेतृत्वमा नेपालको नयाँ पुस्ताका आशा र आकांक्षा प्रतिबिम्बित भएको उल्लेख गरे । उनले भने, ‘विश्वकै सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा बालेन्द्र ...

पर्दाफास
बालेन–मोदीबीच कसियो अंकमाल, फुकेनन् विवादका बुँदाहरू
OthersJust now

बालेन–मोदीबीच कसियो अंकमाल, फुकेनन् विवादका बुँदाहरू

समग्र हाउभाउ र संकेत हेर्दा मोदी सुरुमा निकै गम्भीर देखिन्थे, अनि बालेन चाहिँ स्वाभाविक देखिन प्रयत्न गरिरहेका थिए । राजनीतिक सम्बन्ध नयाँ उचाईमा उठाउन खोजेको देखिए पनि समग्र प्रतिफल लिन नेपाली पक्ष चुकेको देखियो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement