Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

नेपाल संवत् ११४७ आजदेखि शुरु, नेवार समुदायमा म्हः पूजा मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल संवत् ११४७ आजदेखि शुरु, नेवार समुदायमा म्हः पूजा मनाइँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल संवत् ११४७ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् “न्हूदँया भिन्तुना” (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरी आजको दिन मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ । अहिले सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने कामको शुरुवात छ । आज आत्म (म्हः) पूजा आज दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । देशभरका नेवार समुदायले आज नेपाल संवत नयाँ वर्ष र म्हः (आत्म) पूजा गर्दै छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवतको नयाँ वर्ष र आत्म (म्हः) पूजा आज गर्नुपर्ने जनाएको छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय मान्यता रहेको बताइएको छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ । The post नेपाल संवत् ११४७ आजदेखि शुरु, नेवार समुदायमा म्हः पूजा मनाइँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनभिडिया प्रमुख हुआङलाई ट्रम्पको साथ : ‘म उनलाई विश्वास गर्छु’
Latest NewsJust now

एनभिडिया प्रमुख हुआङलाई ट्रम्पको साथ : ‘म उनलाई विश्वास गर्छु’

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङप्रति विश्वास व्यक्त गर्दै कथित चिनियाँ जासुससँगको सम्बन्धबारे भइरहेको अनुसन्धानले उनलाई समस्या नपार्ने बताएका छन् । हुआङको चिनियाँ जासुसी... ...

रातोपाटी
जलवायु उत्थानशीलताका लागि पर्वतीय क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न नेपालको जोड
Latest NewsJust now

जलवायु उत्थानशीलताका लागि पर्वतीय क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न नेपालको जोड

अन्ताल्या (टर्किए), कात्तिक २४ गते । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरबाट पर्वतीय क्षेत्रलाई जोगाउन अनुकूलन वित्तको परिचालन र पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभ... ...

गोरखापत्र
एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै
Latest NewsJust now

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। ...

कान्तिपुर
मकै र भटमासको मूल्य वृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
Latest NewsJust now

मकै र भटमासको मूल्य वृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो

चितवन। विदेशबाट आयात हुने मकै र भटमासको मूल्य आकासिएपछि दानाको लागत मूल्य बढेको छ। यससँगै पशुपन्छीजन्य उत्पादनको खर्च बढ्ने भएको छ। यसबाट प्रत्यक्ष रूपमा उपभोक्ता प्रभावित हुने भएका छन्। नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष उमेश सापकोटाका अनुसार १५ दिनअघिसम्म भारतबाट आउने मकै प्रतिकिलो रु ३९ र नेपाली मकै रु ३६ मा खरिद हुने गरेको थियो। अहिले भारतीय मकैको मूल्य प्रतिकिलो ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play