Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

नेपाल एसिया कप राइजिङ स्टार्सको समूह चरणबाटै बाहिरियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल एसिया कप राइजिङ स्टार्सको समूह चरणबाटै बाहिरियो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पाकिस्तान एसँग ९६ रनले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा आज भएको खेलमा पाकिस्तान एले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै समेटियो । नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए । उनले ५० बलमा चार चौका र दुई छक्का प्रहार गरे । बसिर अहमदले ११ र देव खनालले आठ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पाकिस्तानका मोहम्मद हसनैन र सुफियान मुकिमले तीन–तीन विकेट लिए भने मोहम्मद इमरानले दुई तथा माज सदाकतले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान एले ४२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । उसका लागि रोहेल नाजिरले अविजित ६४ रन बनाए । हसन नवाजले २८, हैदर अलीले १५ र अहमद दानियालले १६ रन जोडे । नेपालका राशिद खानले आठ ओभरमा ३९ रन खर्चेर पाँच विकेट लिए । अभिषेक गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए । नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भने संयुक्त अरब इमिरेट्स (यूएई) लाई छ विकेटले पराजित गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
क्षति पुगेको २५ वर्षपछि बन्यो वडा प्रहरी कार्यालय वालिङको नयाँ भवन
Latest NewsJust now

क्षति पुगेको २५ वर्षपछि बन्यो वडा प्रहरी कार्यालय वालिङको नयाँ भवन

अर्जुन काफ्ले स्याङ्जा, मङ्सिर ९ गते । सशस्त्र द्वन्द्वका क्रममा क्षति पुगेको २५ वर्षपछि वडा प्रहरी कार्यालय वालिङको नयाँ भवन निर्माण भएको छ ।२०५८ मङ्सिर ८ गते तत्कालीन विद्रोही ने... ...

गोरखापत्र
दसौँ राष्ट्रिय खेलकुदः पौडीमा तीन राष्ट्रिय कीर्तिमान
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदः पौडीमा तीन राष्ट्रिय कीर्तिमान

बाँके । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीमा मंगलबार तीन राष्ट्रिय कीर्तिमान कायम भएका छन् । नेपालगञ्ज रङ्गशालास्थित ५० मिटर पौडी पोखरीमा भएको प्रतिस्पर्धामा लिली बोहरा, दुवाना लामा र विकास कुमालले राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन् । महिलातर्फ ४०० मिटर व्यक्तिगत मिड्ले शैलीको प्रतिस्पर्धामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) की लिली बोहराले दुई पटक राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण पदक जितिन् । उनले ...

केन्द्रबिन्दु
आइजिपी विवादमा आज सुनुवाइ
Latest NewsJust now

आइजिपी विवादमा आज सुनुवाइ

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर ९ गते । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले मङ्सिर ९ गते सुनुवाइ गर्ने भएको छ । सोमबारका लागि पेसी तोकिए पनि... ...

गोरखापत्र
रियलको शतप्रतिशत सुरुआत कायम
Latest NewsJust now

रियलको शतप्रतिशत सुरुआत कायम

लगातार पाँचौं जितसँगै रियल अंक तालिकाको शीर्षमा उक्लियो भने सबै प्रतियोगितामा उसको लगातार जित संख्या दस पुगेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement