Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

दसौँ राष्ट्रिय खेलकुदः पौडीमा तीन राष्ट्रिय कीर्तिमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसौँ राष्ट्रिय खेलकुदः पौडीमा तीन राष्ट्रिय कीर्तिमान
Photo / Coverage: केन्द्रबिन्दु

बाँके । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीमा मंगलबार तीन राष्ट्रिय कीर्तिमान कायम भएका छन् । नेपालगञ्ज रङ्गशालास्थित ५० मिटर पौडी पोखरीमा भएको प्रतिस्पर्धामा लिली बोहरा, दुवाना लामा र विकास कुमालले राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन् । महिलातर्फ ४०० मिटर व्यक्तिगत मिड्ले शैलीको प्रतिस्पर्धामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) की लिली बोहराले दुई पटक राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण पदक जितिन् । उनले हिट चरणमा सोफिया शाहको नाममा रहेको पाँच मिनेट ४८.५४ सेकेन्डको कीर्तिमान तोड्दै पाँच मिनेट २१.५२ सेकेन्डको नयाँ कीर्तिमान कायम गरिन् । यसै स्पर्धामा नेपाली सेनाकी दुवाना लामाले पनि पाँच मिनेट २५.१७ सेकेन्डमा दूरी पूरा गर्दै सोफियाको कीर्तिमान तोडिन् । फाइनलमा लिलीले आफ्नै समय सुधार गर्दै पाँच मिनेट १७.०१ सेकेन्डमा दूरी पूरा गरिन् । दुवानाले रजत र नेपाल प्रहरीकी देवांशी जोशीले कास्य पदक जितिन् । यसअघि सोफियाले भारतको गुवाहाटीमा भएको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा उक्त कीर्तिमान कायम गरेकी थिइन् । पुरुषतर्फ ५० मिटर ब्रेस्ट स्ट्रोक पौडीमा कोशी प्रदेशका विकास कुमालले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे । उनले ११औँ एनएसए कपमा कायम गरेको ३०.६६ सेकेन्डको कीर्तिमानलाई सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाए । फाइनलमा भने उनले ३०.८४ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जिते । नेपाली सेनाका जाडेन श्रेष्ठले रजत र नेपाल प्रहरीका इरभिन श्रेष्ठले कास्य पदक प्राप्त गरे । दसौँ राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पौडीमा नेपाल प्रहरीका मायोन श्रेष्ठले जितेका थिए । उनले मंगलबार बिहान भएको पुरुष १५०० मिटर खुला पौडीमा १७ मिनेट ४८.६१ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितेका हुन् । सुदूरपश्चिमका अथर्व सिंहले रजत र नेपाल प्रहरीका रचित बुढाथोकीले कास्य पदक प्राप्त गरे । महिलातर्फ ५० मिटर ब्रेस्ट स्ट्रोक पौडीमा नेपाली सेनाकी दुवाना लामाले ३६.२५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । बागमती प्रदेशकी रोयल प्रजापतीले रजत र प्राज्ना ताम्राकारले कास्य पदक प्राप्त गरिन् । पुरुष १०० मिटर खुला पौडीमा बागमती प्रदेशका अभिभ प्रधानले ५३.०३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । नेपाल प्रहरीका इरभिन श्रेष्ठले रजत र नेपाली सेनाका अल्भिन महर्जनले कास्य पदक प्राप्त गरे । महिला १०० मिटर खुला पौडीमा गैरआवासीय नेपाली सङ्घकी मिखा काया थापाले एक मिनेट २.९३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । नेपाली सेनाकी दुवाना लामाले रजत र गैरआवासीय नेपाली सङ्घकी लिली बोहराले कास्य पदक प्राप्त गरिन् । पुरुष २०० मिटर ब्याकस्ट्रोकमा बागमती प्रदेशका अभिभ प्रधानले दुई मिनेट २०.६५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । सुदूरपश्चिमका अथर्व सिंहले रजत र बागमतीका रेवन्तबहादुर श्रेष्ठले कास्य पदक प्राप्त गरे । महिला २०० मिटर ब्याकस्ट्रोकमा गैरआवासीय नेपाली सङ्घकी मिखा काया थापाले दुई मिनेट ३९.६४ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । पुरुष चार गुणा १०० मिटर मिड्ले रिलेमा नेपाली सेनाको टोलीले स्वर्ण जित्यो । रायन सिंह देउजा, जाडेन श्रेष्ठ, सौरेनबहादुर सिंह र अल्भिन महर्जन सम्मिलित टोलीले चार मिनेट १३.०६ सेकेन्डमा दूरी पूरा गरेको थियो । बागमती प्रदेशले रजत र नेपाल प्रहरीले कास्य पदक प्राप्त गरे । महिला चार गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशले दुई मिनेट १.३० सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो । बागमतीकी रोयल प्रजापती, प्राज्ञा ताम्रकार र आर्या महर्जनसहितको टोलीले उक्त पदक जितेको हो । नेपाली सेनाले रजत र नेपाल प्रहरीले कास्य पदक प्राप्त गरे । चार गुणा ५० मिटर फ्रिस्टायल रिलेमा पनि बागमती प्रदेशले स्वर्ण जित्यो । रेवन्तबहादुर शाह, आर्या महर्जन (वरिष्ठ), रोयल प्रजापती र अभिभ प्रधान सम्मिलित टोलीले एक मिनेट ५०.२७ सेकेन्डमा दूरी पूरा गरेको थियो । मंगलबार ११ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा चार स्वर्ण, दुई रजत र तीन कास्यसहित बागमती प्रदेश शीर्ष स्थानमा रह्यो । गैरआवासीय नेपाली सङ्घले तीन स्वर्ण र एक कास्य, नेपाली सेनाले दुई स्वर्ण, पाँच रजत र एक कास्य, नेपाल प्रहरीले एक स्वर्ण, दुई रजत र छ कास्य तथा कोशी प्रदेशले एक स्वर्ण र सुदूरपश्चिम प्रदेशले दुई रजत पदक जिते । पौडीका प्राविधिक निर्देशक विष्णु खड्काका अनुसार प्रतियोगिताअन्तर्गत भोलि पनि ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । भोलि बिहान ९ बजेदेखि खेल सञ्चालन हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जेन्सेन हुवाङको पुनर्बहाली र कर्पोरेटभित्रको ‘मोरल हाजार्ड’
Latest NewsJust now

जेन्सेन हुवाङको पुनर्बहाली र कर्पोरेटभित्रको ‘मोरल हाजार्ड’

अमेरिकी चिप निर्माता एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुवाङको पुनर्बहालीले कर्पोरेट जवाफदेहिता, नैतिकता र ठूला कम्पनीलाई कारबाही गर्ने क्षमतामाथि बहस सुरु गरेको छ । कम्पनीको बोर्डले हुवाङलाई... ...

रातोपाटी
घोडचढी व्यवसायले थप्दै पर्यटकीय आकर्षण
Latest NewsJust now

घोडचढी व्यवसायले थप्दै पर्यटकीय आकर्षण

इलाम समाचारदाताइलाम, मङ्सिर ९ गते । पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य इलामको कन्याममा घोडचढी व्यवसायले पर्यटन प्रवर्धनमा थप टेवा पुर्‍याएको छ । चियाबारीको मनमोहक दृश्य, प्राकृ... ...

गोरखापत्र
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदै
Latest NewsJust now

आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदै

काठमाडौँ । आज २५ नोभेम्बर अर्थात् अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ । यस बर्ष को महिला हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको नारा ‘महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्न एकजुट बनौँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ ।’ भन्ने रहेको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement