काठमाडौं । नागरिक लगानी कोषले आफ्नो कोष परिचालनमा सामाजिक सुरक्षा कोषलाई मुख्य बाधकका रूपमा औंल्याएको छ। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले समान प्रकृतिको काम गर्ने अन्य संस्थाको उपस्थितिले प्रतिस्पर्धा बढाएको बताए। उनले कोष परिचालनका क्षेत्रमा सबैभन्दा ठूलो बाधक सामाजिक सुरक्षा कोष बनेको उल्लेख गरे। पछिल्लो समय सामाजिक सुरक्षा कोषले नागरिक लगानी कोषमा सहभागी भइसकेका संस्थाहरूलाई समेत पत्राचार गरी अनिवार्य रूपमा आफूमा आबद्ध हुन दबाब दिने प्रचलन बढेको कार्कीले बताए। त्यसैगरी रकम पठाउने वा व्यवस्थापन गर्ने विषयमा कानुनी कारबाहीको प्रावधानले थप जटिलता सिर्जना गरेको उनको भनाइ थियो। जनशक्तिको अभावका कारण नागरिक लगानी कोषले पुँजी बजारमा समेत निजी क्षेत्रका सेवा प्रदायक संस्थाहरूसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको उनले बताए। कार्कीले हकप्रद सेयरमार्फत तत्काल रकम जुटाउने उद्देश्य नरहेको स्पष्ट पारे। ऐनले तोकेको अधिकृत पुँजीको सीमाभित्र रहेर आम्दानीअनुसार बोनस सेयर जारी गर्दै क्रमिक रूपमा पुँजी वृद्धि गर्ने योजना रहेको उनले जानकारी दिए।
नागरिक लगानी कोषको कोष परिचालनमा सामाजिक सुरक्षा कोष मुख्य बाधक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






