Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

दैलेख एक महिनादेखि सिडिओविहीन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दैलेख एक महिनादेखि सिडिओविहीन
Photo / Coverage: केन्द्रबिन्दु

दैलेख । दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारविहीन भएको झन्डै एक महिना पुगेको छ ।दसैँ सकिएर तिहार नजिकिँदै गर्दासमेत जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) नहुँदा जनताका दैनिक काममा कठिनाइ भएको छ ।जिल्लाको शान्ति सुरक्षा, दैनिक प्रशासनिक काम, कर्मचारीको तलब तथा राहत र क्षतिपूर्तिको रकम वितरणलगायतका काममा कठिनाइ भएको छ ।तत्कालीन प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा भए पछि नयाँ प्रजिअ नआउँदा हाल दैलेख जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारीको भरमा चलिरहेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीले प्रमुख जिल्ला अधिकारी नहुँदा आर्थिक तथा ठूला मुद्दा हेर्ने र फैसला गर्ने अधिकार आफूलाई नभएको बताए । प्रजिअ नहुँदा प्रशासन भित्रका २२ कर्मचारीले तलब पाउन सकेका छैनन् । यसैगरी, जीवन निर्वाह भत्ता पाउने ३० जनाको काम रोकिएको छ । विभिन्न कानुनी प्रक्रियाका धरौटी फिर्ता, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति र दैवी प्रकोपका पीडितहरूले पाउने राहत रकम भुक्तानी पूर्ण रूपमा रोकिएको छ, लेखापाल रूपाखेतीले भन्नुभयो । भौगोलिक दृष्टिले दैलेख जिल्ला संवेदनशील मानिन्छ । कर्णाली राजमार्ग, दैलेख–सुर्खेत सडक र मध्यपहाडी राजमार्ग हुने आवागमन तथा सुरक्षा व्यवस्थापनका लागि जिल्लामा निरन्तर जिम्मेवारी नेतृत्वको र प्रशासनिक समन्वयको आवश्यक पर्छ । तर, नेतृत्व नै नहुँदा शान्ति सुरक्षाको अवस्था थप जोखिमपूर्ण बन्दै गएको छ । उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाले सरकारले तत्काल नयाँ प्रमुख जिल्ला अधिकारी पठाउनुपर्ने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन
Latest NewsJust now

लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन

प्रदेशका १०९ पालिकाले वडास्तरसम्म कार्यक्रम पुर्‍याउँदै वृत्तचित्र, सडक नाटक, सञ्चारप्रचार र विशेष परामर्शमार्फत बालविवाहविरुद्ध जनमत निर्माण गर्नेछन्। ...

कान्तिपुर
नेपालमा लुकेको क्षयरोग महामारी रोक्न अत्याधुनिक प्रविधि आवश्यक
Latest NewsJust now

नेपालमा लुकेको क्षयरोग महामारी रोक्न अत्याधुनिक प्रविधि आवश्यक

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा.ओजस्वी शेरचनले नेपालमा क्षयरोग (टीबी) को लुकेको महामारी नियन्त्रण गर्न आधुनिक प्रविधि र तत्काल स्क्रिनिङको आवश्यकता रहेको औँल्याएकी छन्... ...

रातोपाटी
पोखरामा बीएआईसी र आर्कफक्सको नयाँ शोरुम उद्घाटन
Latest NewsJust now

पोखरामा बीएआईसी र आर्कफक्सको नयाँ शोरुम उद्घाटन

काठमाडौं । चिनियाँ अटोमोबाइल ब्रान्ड बीएआईसी र आर्कफक्सले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएका छन्। नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने उद्देश्यसहित दुवै ब्रान्डले पोखरामा शोरुम स्थापना गरेका हुन्। शोरुमको औपचारिक उद्घाटन लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कार्यकारी निर्देशक सुनील श्रेष्ठले गरेका हुन्। नेपालका लागि लक्ष्मी मोटरहबमार्फत प्रतिनिधित्व गरिएका यी दुई ब्रान्डले नयाँ शोरुमबाट पोखरा तथा आसपासका क्षेत्रका ग्राहकलाई ...

केन्द्रबिन्दु
कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
Latest NewsJust now

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वडाका २६१ परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । कृष्णनगर नगरपालिका वडा नं. १, ७ र ९ का परिवारले नापजाँच सम्पन्न भएको करिब १३ वर्षपछि लालपुर्जा पाएका हुन्। उक्त क्षेत्रमा जग्गाको नापजाँच कार्य २०७० सालमै सम्पन्न भएको थियो । तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play