Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

दैनिक हुल बाँधेर आउने हात्तीसँग मेचीनगरका स्थानीय त्रसित

Share:WhatsAppFacebookX (Twitter)Telegram
दैनिक हुल बाँधेर आउने हात्तीसँग मेचीनगरका स्थानीय त्रसित
Photo / Coverage: केन्द्रबिन्दु

झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीको सीमा क्षेत्रमा रहेको सौर्य विद्युतीय घेराबारा तोडेर दैनिक ठूलो सङ्ख्यामा नेपाल प्रवेश गर्ने जङ्गली हात्तीका कारण स्थानीयवासीमा त्रास फैलिएको छ । हात्तीको प्रवेश रोक्न निर्माण गरिएको विद्युतीय संरचना र खटिएका सुरक्षाकर्मीको घेरा तोडेर साँझ परेपछि हात्तीको बथान बाहुनडाँगीतर्फ आउने गरेको छ । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले सुरक्षाका लागि उच्च सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरेका छन् । किसानको धानबाली भित्राउन बाँकी नै रहेकाले हात्तीले थप क्षति पु¥याउन सक्ने चिन्ता बढेको उनले बताए । पाकेको धानबाली जोगाउन जिल्ला प्रशासन कार्यालय झापाको पहलमा केही दिनयता सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिँदै आएको थियो । “सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकको टोलीले छेक्न प्रयास गर्दागर्दै हात्तीको बथान नेपाल छिरेको हो,” वडाध्यक्ष कार्कीले भने, “किसानले भर्खरै काटेको धानको पाँजा र कुन्यु खेतमै छ । हात्तीले धानको कुन्युमा व्यापक क्षति पु¥याएको छ ।” हात्तीको बथान भित्रिन सक्ने जोखिम देखिएपछि केही दिन पहिल्यै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सुरक्षा निकायका प्रमुखसहित बाहुनडाँगीका मुख्य नाकाको अनुगमन गरी किसानलाई छिटो धान भित्र्याउन अपिल गरेका छन् । प्रजिअ पोखरेलको अनुगमनलगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली किसानलाई धान काट्न सघाउने अभियानमा जुटेको थियो । उक्त अभियानमा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता र स्वयम्सेवक युवाको समूह सक्रिय भएको थियो । भारतको दार्जिलिङ र जलपाइगुढी जिल्लास्थित महानन्दा वन्यजन्तु आरक्षबाट सयको सङ्ख्यासम्म जङ्गली हात्तीको बथान सीमावर्ती मेची नदी तरेर बाहुनडाँगी आउने गरेका छन् । विशेषगरी धान र मकै पाक्ने मौसममा भारतीय जगंलबाट दिनहुँ आउने हात्तीको बथानले यस क्षेत्रमा जनधनको क्षति पु¥याउँदै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
काठमाडौं–भैरहवा–लखनउ हवाई मार्ग : भारतको सहमति कहिले, नेपालको प्रतीक्षा कहिलेसम्म ?
Latest NewsJust now

काठमाडौं–भैरहवा–लखनउ हवाई मार्ग : भारतको सहमति कहिले, नेपालको प्रतीक्षा कहिलेसम्म ?

• नेपालले १७ वर्षदेखि उठाउँदै आएको भैरहवा हुँदै भारतीय आकाशबाट नेपाल प्रवेश गर्ने हवाई मार्गको लागि भारतसँग आंशिक सहमति जुटेको छ। • काठमाडौं–भैरहवा–लखनउ (बी ३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी बनाउने नीतिगत सहमति भएको भए पनि प्राविधिक प्रक्रियाहरू अझै टुंगिन बाँकी छन्। • यस मार्गको दुईतर्फी सञ्चालनले नेपाल र भारतबीचको हवाई आवतजावतमा सहजता ल्याउने र व्यावसायिक सम्भावनामा वृद्धि गर्ने अपेक्षा गरिएको ...

नेपालबहस
एसिया कप राइजिङ स्टार्सः नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै
Latest NewsJust now

एसिया कप राइजिङ स्टार्सः नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै

काठमाडौँ । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दैछ । नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल अपराह्न ३ः४५ देखि दोहास्थित युनिभर्सिटी अफ... ...

रातोपाटी
दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित
Latest NewsJust now

दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीको सीमा क्षेत्रमा रहेको सौर्य विद्युतीय घेराबारा तोडेर दैनिक ठूलो सङ्ख्यामा नेपाल प्रवेश गर्ने जङ्गली हात्तीका कारण स्थानीयवासीमा त्रास फैलिएको छ । हात्तीको प्रवेश रोक्न निर्माण गरिएको... ...

रातोपाटी
नेपालमा आईआईटी खोल्ने सहमति, सञ्चालन मोडालिटी टुंगिन बाँकी
Latest NewsJust now

नेपालमा आईआईटी खोल्ने सहमति, सञ्चालन मोडालिटी टुंगिन बाँकी

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा अफसोर क्याम्पस स्थापना गर्ने सम्झौता भए पनि कहाँ र कुन विषय पढाउने भन्नेबारे दुई देशबीच छलफल हुन बाँकी छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement