Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

देशले युवा गुमायो, राष्ट्रिय सम्पत्ति खरानी भयो, सत्ता बदलियो तर पनि चेतना फेरिएन : चन्द्र भण्डारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
देशले युवा गुमायो, राष्ट्रिय सम्पत्ति खरानी भयो, सत्ता बदलियो तर पनि चेतना फेरिएन : चन्द्र भण्डारी
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको चीन भ्रमणका क्रममा भएको संवादको अडियो सार्वजनिक भएपछि असन्तुष्टि व्यक्त गर्नुभएको छ । चीन भ्रमणमा गएका सांसदहरूले मुलुकका लागि नयाँ ज्ञान, अनुभव र सोच लिएर फर्कने अपेक्षा गरिए पनि सार्वजनिक अडियोमा सुनिएका कुराले पुरानै स्वार्थकेन्द्रित चिन्तन झल्काएको उहाँको टिप्पणी छ । उपसभापति भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै सार्वजनिक अडियोप्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, “दुःख लागेको छ !!! चीन भ्रमणमा जानुभएका माननीयहरूले मुलुकका लागि केही नयाँ सिकेर फर्कनुहुनेछ भन्ने अपेक्षा थियो। तर सार्वजनिक अडियोका कुरा सुन्दा सोच र चिन्तन अझै पुरानै स्वार्थमा केन्द्रित देखिन्छ।” देशमा ठूलो राजनीतिक तथा सामाजिक परिवर्तन भइसक्दा पनि नेतृत्व तहको सोच र चिन्तनमा अपेक्षित परिवर्तन आउन नसकेको उहाँको टिप्पणी छ । भण्डारीले देशले युवा गुमाएको, राष्ट्रिय सम्पत्ति खरानी भएको र सत्ता परिवर्तनसमेत भइसकेको अवस्थालाई स्मरण गराउँदै राजनीतिक नेतृत्वको चेतना र कार्यशैलीमा परिवर्तन आउन नसकेकोप्रति प्रश्न उठाउनुभएको छ । उहाँले थप लेख्नुभएको छ, “देशले युवा गुमायो, राष्ट्रिय सम्पत्ति खरानी भयो, सत्ता बदलियो तर पनि चेतना फेरिएन !!!” रास्वपाका सांसदहरूको चीन भ्रमणका क्रममा भएको भनिएको संवादको अडियो सार्वजनिक भएपछि त्यसले राजनीतिक वृत्तमा चर्चा र प्रतिक्रिया निम्त्याइरहेको छ । सोही विषयलाई लिएर कांग्रेस उपसभापति भण्डारीले सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘एकैसाथ सम्भव छ स्थानीय तह र प्रदेश सभा निर्वाचन’
PoliticsJust now

‘एकैसाथ सम्भव छ स्थानीय तह र प्रदेश सभा निर्वाचन’

काठमाडौँ, मङ्सिर ६ गते । २०८४ सालमा स्थानीय तह र प्रदेश सभा निर्वाचन गर्नुपर्ने भएपछि दुवै निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै गर्ने विषयमा बहस सुरु भएको छ । करिब छ महिनाको अन्त... ...

गोरखापत्र
स्थानीय तहमा हुन सकेन ‘ओएनएम’
PoliticsJust now

स्थानीय तहमा हुन सकेन ‘ओएनएम’

काठमाडौँ, मङ्सिर ६ गते । स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा कर्मचारीको दरन्बदी सिर्जना गर्नुपर्ने गरी सरकारले सङ्गठन तथा संरचनाको राष्ट्रिय मापदण्ड बनाए पनि अधिकांश स्थानीय तह... ...

गोरखापत्र
प्रधानमन्त्रीको भारत भ्रमण आजदेखि
PoliticsJust now

प्रधानमन्त्रीको भारत भ्रमण आजदेखि

काठमाडौँ, मङ्सिर ६ गते । प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि आइतबार दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको औपचारिक निमन्त्... ...

गोरखापत्र
अबको जीवन जनता र लोकतन्त्रका लागि समर्पित गर्छु : पूर्वप्रधानमन्त्री देउवा
Politics3h ago

अबको जीवन जनता र लोकतन्त्रका लागि समर्पित गर्छु : पूर्वप्रधानमन्त्री देउवा

पोखरा – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफ्नो बाँकी जीवन जनता र लोकतन्त्रको सुदृढीकरणका लागि समर्पित गर्ने बताएका छन् । पोखरामा शनिबार आयोजित नेपाली कांग्रेस देउवा समूह गण्डकी प्रदेशको दोस्रो नियमित प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले सिंगापुर र हङकङमा उपचार गराएर पूर्ण रूपमा स्वस्थ भई फर्किएको बताए । आफूलाई साथीभाइ तथा नेपाली दाजुभाइ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play