Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

देशभरको मौसम: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
देशभरको मौसम: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
Photo / Coverage: नेपालन्युज

काठमाडौं।हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो पहाडी र हिमाली भूभागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, आज राति पनि पहाडी र हिमाली भेगमा आंशिक बदली कायमै रहनेछ भने तराईमा मौसम सामान्यतया सफा रहनेछ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका साथै उच्च हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते
Latest NewsJust now

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

वासिङ्टन डिसी । अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने आक्रमणकारीसमेत मृत फेला... ...

रातोपाटी
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाले आज (शुक्रबार) पनि देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ । तराईका अधिकांश स्थानमा भने मौसम ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play