काठमाडौं, कात्तिक १६ । टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्ति (टाटा गुरुहरू) को सीप तथा दक्षता अभिवृद्धिका लागि टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’ सुरु भएको छ। नेपालका लागि टाटा जेनुइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा उक्त ६ दिने तालिम सुरु भएको हो। कात्तिक २० गतेसम्म सञ्चालन हुने उक्त प्रशिक्षण देशका विभिन्न १४ स्थानहरू सञ्चालन हुनेछन । सिप्रदीका अनुसार हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सारटाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ–घोराही र वीरगञ्जमा सञ्चालन भइरहेको छ। तालिममा टाटा कमर्सियल गाडीका प्राविधिक तथा इलेक्ट्रिसियनहरूलाई आधुनिक भारत स्टेज-६ (BS-6) सवारी प्रविधिसम्बन्धी व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ। जसमा सवारीसाधनको विद्युतीय प्रणाली, ब्याट्री, मल्टिमिटरको प्रयोग, स्टार्टिङ र चार्जिङ सिस्टम, इन्जिन म्यानेजमेन्ट सिस्टम (ECU, सेन्सर र एक्टुएटर) का विषय समेटिएको कम्पनीले जनाएको छ । यसका साथै उत्सर्जन नियन्त्रण प्रणाली (SCR तथा LNT) र आधुनिक डायग्नोस्टिक टुल्स प्रयोग गरी समस्या पहिचान तथा निदान गर्ने सीप सिकाइनेछ। यस कार्यक्रमले टाटा गुरुहरूलाई नवीनतम प्रविधिसँग अभ्यस्त बनाउनुका साथै उनीहरूको प्राविधिक र व्यावसायिक क्षमता अभिवृद्धि गरी गुणस्तरीय सर्भिसिङ सेवा प्रवाहमा टेवा पुर्यार्उने आयोजकले विश्वास व्यक्त गरेको छ।
देशभरका १४ स्थानमा ‘टाटा BS-6 प्राविधिक तालिम’ सुरू

Read Complete Original Article
Published originally on जनताटाइम्स






