Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जना पक्राउ
Photo / Coverage: पर्दाफास

प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बूढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४५ वर्षीय राजेश नगरकोटीसहित १० जनालाई पक्राउ गरेको हो । प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ५६ हजार ५४० र छ बुक ताससहित पक्राउ गरेको हो । त्यसैगरी, चितवन रत्ननगर नगरपालिका–१६ हात्तीगाडेबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय माधव थापा मगरसहित छ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–७ बस्ने ३८ वर्षीय डिलाराम चालिसेको घरमा जुवातास खेलिरहेको अवस्थामा डिलारामसहित सात जना पक्राउ परेका छन् । चितवन प्रहरीले जुवातास खेलिरहेका व्यक्तिहरूको साथबाट रु तीन लाख ३७ हजार ४८० र एक बुक ताससहित पक्राउ गरेको हो । धनकुटा, पाख्रीबास नगरपालिका–९ बस्ने ५५ वर्षीय विष्णु घिसिङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा विष्णुसमेत सात जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । भक्तपुर, मध्यपुरथिमि नगरपालिका–३ एसएस चोक नजिकबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय सुजन तामाङसमेत नौ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका–७ बागेश्वरी पकरीटोलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय दिपेश लामिछानेसमेत १५ जनालाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको छ । झापा, कमल गाउँपालिका–५ टुक्रे बस्ने ४५ वर्षीया गीता भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा गीतासमेत १२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यसैगरी झापा, दमक नगरपालिका–१० बाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० बस्ने ५४ वर्षीय काजिम थापासमेत १० जनालाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको छ । धनुषा, जनकपुरधाम उपमहानगरपालिका–२ शिव चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–३ बस्ने ५२ वर्षीय सञ्जय पंजियारसमेत पाँच जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु, वाणगङ्गा नगरपालिका–७ चौरीगाउँ बस्ने ४१ वर्षीय विष्णु थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णुसमेत चार जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सर्लाही, बरहथवा नगरपालिका–९ मुर्तियाबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा बरहथवा नगरपालिका–९ बस्ने लालकृष्ण गुरुङसमेत दुई जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । यसैगरी सर्लाही, लालबन्दी नगरपालिका–४ हरिभवन टोल बस्ने ४० वर्षीय भुवनकुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा भुवनसमेत नौ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर, भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोक बस्ने ५३ वर्षीय रवीन्द्र केसीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रवीन्द्रसमेत छ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । कास्की, पोखरा महानगरपालिका–१८ अधेरीकुना डेरा गरी बस्ने म्याग्दी घर भएका ४८ वर्षीय केशर रानाको कोठामा जुवातास खेलिरहेको अवस्थामा केशरसमेत छ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतसँग खेल्ने यु–१९ नेपाली महिला टोली घोषणा
OthersJust now

भारतसँग खेल्ने यु–१९ नेपाली महिला टोली घोषणा

भारतसँगको यु–१९ महिला टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज आगामी नोभेम्बर १२ देखि २२ तारिखसम्म सञ्चालन हुने शृङ्खलाका लागि सोनि पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान सोनिसहित रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा रानामगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा, आस्ना चौधरी, प्रथा ...

पर्दाफास
इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?
OthersJust now

इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

यो सङ्क्रमणकालीन अवस्थाले इजरायलमा एक अनौठो राजनीतिक परिदृश्य सिर्जना गरेको छ, जहाँ बहालवाला प्रधानमन्त्रीसँग जनमत छैन, तर राज्यका सबैभन्दा शक्तिशाली संस्थाहरूको साँचो भने उनकै हातमा छ। ...

अनलाइन खबर
जासुसी विवादका बीच एनभिडियाका जेन्सेन ह्वाङ पदमुक्त होलान्?
OthersJust now

जासुसी विवादका बीच एनभिडियाका जेन्सेन ह्वाङ पदमुक्त होलान्?

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ शङ्कास्पद चिनियाँ जासुससँगको अनैतिक सम्बन्ध र जासुसी विवादमा तानिएपछि उनलाई छानबिन अवधिभर पदबाट हटाउनुपर्ने (एडमिनिस्ट्रेटिभ लिभ) माग उठ्न थालेको छ। ...

अनलाइन खबर
जलवायु अनुकूलन प्राविधिक विषय मात्रै होइन, न्यायको विषय पनि हो : परराष्ट्रमन्त्री खनाल
OthersJust now

जलवायु अनुकूलन प्राविधिक विषय मात्रै होइन, न्यायको विषय पनि हो : परराष्ट्रमन्त्री खनाल

नेपालमा हालै जलवायु परिवर्तनका कारण उत्पन्न विपद्हरूले पुर्‍याएको मानवीय तथा आर्थिक क्षतिको चर्चा गर्दै उनले जलवायु जोखिममा रहेका मुलुकहरूले अब जलवायु कार्यका लागि थप ढिलाइ पर्खन नसक्ने स्पष्ट पारे । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play