Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

देशका विभिन्न भागबाट लागुऔषधसहित २१ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
देशका विभिन्न भागबाट लागुऔषधसहित २१ जना पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २१ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बर्दिया, कञ्चनपुर, सुनसरी, दाङ, कैलाली, झापा, मकवानपुर, चितवन, ललितपुर र मोरङबाट उनीहरू पक्राउ परेका हुन् । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरबाट एक जना, कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउबाट दुई जना र सोही गाउँपालिकाको अर्को स्थानबाट दुई जना पक्राउ परेका हुन् । त्यसैगरी, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट दुई जना, धरान उपमहानगरपालिका–८ गैरीगाउँबाट एक जना र सोही उपमहानगरपालिकाको दुर्गापथबाट एक जना पक्राउ परेका हुन् । दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाबाट एक जना, कैलालीको भजनी नगरपालिका–३ सरदार चोकबाट एक जना, झापाको बिर्तामोड नगरपालिका–८ बाट एक जना र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्मारक रोडबाट एक जना पक्राउ परेका हुन् । यसैगरी, चितवनको भरतपुर महानगरपालिका–११ मनकामना टोलबाट चार जना, ललितपुरको गोदावरी नगरपालिका–८ बागमती पुलनजिकबाट एक जना तथा मोरङको रङ्गेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट तीन जना पक्राउ परेका हुन् । अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोललगायत औषधि पनि बरामद भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कुवेतमा ड्रोन आक्रमणको चेतावनी, हवाई रक्षा प्रणाली सक्रिय
Latest NewsJust now

कुवेतमा ड्रोन आक्रमणको चेतावनी, हवाई रक्षा प्रणाली सक्रिय

काठमाडौं । कुवेती सेनाले देशको हवाई रक्षा प्रणालीले शत्रुतापूर्ण ड्रोन आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ। कुवेतको सेनाले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै हवाई रक्षा प्रणालीले अहिले ड्रोन आक्रमणको सामना गरिरहेको बताएको हो। कुवेती सेनाको जनरल स्टाफका अनुसार सुनिएका विस्फोटका आवाज हवाई रक्षा प्रणालीले आक्रमण रोक्ने क्रममा भएका हुन्। बीबीसी फारसीका अनुसार इरानी सञ्चारमाध्यमले ‘अरब स्रोत’लाई उद्धृत गर्दै कुवेतमा विभिन्न स्थानमा ...

केन्द्रबिन्दु
याङ्गो ग्रुपले नियुक्त गर्‍यो मोबिलिटी सेवाका लागि ग्लोबल हेड अफ सेफ्टी
Latest NewsJust now

याङ्गो ग्रुपले नियुक्त गर्‍यो मोबिलिटी सेवाका लागि ग्लोबल हेड अफ सेफ्टी

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना मोबिलिटी सेवाहरूको सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी बनाउन रोमन जेम्ल्यान्स्कीलाई ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको छ । दुबई मुख्यालय रहेको कम्पनीले १२ नोभेम्बरमा नयाँ सुरक्षा प्रमुख नियुक्त गरेको घोषणा गरेको हो । जेम्ल्यान्स्कीले विभिन्न देशमा सुरक्षा प्रविधिको विस्तार, जोखिम न्यूनीकरण, सञ्चालन मापदण्डको विकास तथा प्रभावकारी सुरक्षा अभ्यासलाई थप सुदृढ बनाउने जिम्मेवारी सम्हाल्नेछन् ...

कर्पोरट खबर
स्वतन्त्र न्यायालयलाई बलियो बनाउने हो भने न्यायाधीश नियुक्तिमा समन्याय हुनुपर्छ
Latest NewsJust now

स्वतन्त्र न्यायालयलाई बलियो बनाउने हो भने न्यायाधीश नियुक्तिमा समन्याय हुनुपर्छ

नेपालको न्याय प्रशासनलाई प्रभावकारी, निष्पक्ष र जनविश्वासयुक्त बनाउन योग्य तथा सक्षम न्यायाधीशहरूको छनोट अपरिहार्य हुन्छ । यही उद्देश्यले नेपालको न्याय सेवाभित्र तीन वटा समूह— न्याय, कानुन र सरकारी वकिलको व्यवस्था... ...

रातोपाटी
नेपाललाई जलवायु न्याय दिलाउन विश्व समुदायबाट कोपस्थलमा दबाब
Latest NewsJust now

नेपाललाई जलवायु न्याय दिलाउन विश्व समुदायबाट कोपस्थलमा दबाब

अन्तल्या (टर्कीए), मङ्सिर २ गते । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको हिमाली मुलुक नेपालले बिना शर्त जलवायु न्याय पाउनुपर्ने कुरामा विश्व समुदायका जलवायु अभियन्ताहरूले माग रा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play