Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

देउवा समूहको महाधिवेशन बारे कांग्रेसले निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवा समूहको महाधिवेशन बारे कांग्रेसले निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा समूहले महाधिवेशनका नाममा पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डाको दुरुपयोग गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आधिकारिक विवरण निर्वाचन आयोगबाट अद्यावधिक भइसकेको अवस्थामा पार्टीको झण्डा र चुनाव चिह्नको दुरुपयोग रोक्न आयोगलाई औपचारिक पत्र पठाउने निर्णय गरेको हो । कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पार्टीको झण्डा र चुनाव चिह्न दुरुपयोग भएको विषयमा पार्टी सचेत रहेको बताउदै निर्वाचन आयोगले पार्टीको आधिकारिक विवरण अद्यावधिक गरिसकेकाले अब यस्तो गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराइने जानकारी दिए । गत मंगलबारदेखि बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सकिएको छ भने बैठकका निर्णय शनिबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ । The post देउवा समूहको महाधिवेशन बारे कांग्रेसले निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुद: शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद: शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठन विधातर्फ त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण पदक हात पारेको छ । मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार पश्चिम रुकुमको चौरजहारीमा शुक्रबार सम्पन्न भएका विभिन्न... ...

रातोपाटी
तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
Latest NewsJust now

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर १३ गतेदेखि अर्को सूचना... ...

रातोपाटी
आजदेखि मंसिर १५ गतेसम्म काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने
Latest NewsJust now

आजदेखि मंसिर १५ गतेसम्म काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न क्षेत्रमा आज (शनिबार) देखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । काठमाडौँ उपत्यका मध्य तथा... ...

रातोपाटी
राइड २५ को १५औँ चरणको साइकल यात्रामा सहभागी टोली सौराहामा, विश्व यात्राको अनुभव र नेपालको पर्यटन सम्भावनाबारे चर्चा
Latest NewsJust now

राइड २५ को १५औँ चरणको साइकल यात्रामा सहभागी टोली सौराहामा, विश्व यात्राको अनुभव र नेपालको पर्यटन सम्भावनाबारे चर्चा

चितवन । लन्डनदेखि अस्ट्रेलियाको सिड्नीसम्मको अन्तर्राष्ट्रिय साइकल यात्रामा निस्किएको ‘राइड २५’ अभियानको टोली आफ्नो १५औँ चरणको यात्राका क्रममा चितवनको पर्यटकीय नगरी सौराहा आइपुगेको छ । भारत हुँदै नेपाल प्रवेश गरेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement