Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

दुर्घटना बढेपछि बल्खु–हेटौँडा रुटमा सवारी सञ्चालनको समय तोकियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुर्घटना बढेपछि बल्खु–हेटौँडा रुटमा सवारी सञ्चालनको समय तोकियो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौंको बल्खु हुँदै दक्षिणकाली मार्ग भएर हेटौँडा जाने यात्रुवाहक सवारीसाधनका लागि जिल्ला प्रशासन कार्यालयले नयाँ समयसीमा तोकेको छ । अब यस रुटमा चल्ने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ भने बिहान ५ बजेपछि मात्रै बल्खुबाट छुट्न पाउनेछन् । जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयअनुसार यात्रु, चालक र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो । शुक्रबार जारी सूचनामार्फत प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले निर्धारित समयतालिका र सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् । प्रशासनका अनुसार पछिल्लो समय काठमाडौं–बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढ्दै गएको र मानवीय क्षतिसमेत हुने क्रम चिन्ताजनक छ । साँघुरो सडक, भिरालो तथा घुम्ती मार्ग, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही, तीव्र गति र रातिको समयमा यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको प्रशासनले जनाएको छ । त्यस्तै, चालकको अत्यधिक कार्यबोझ, अनिद्रा तथा मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने गरेको गुनासोलाई पनि दुर्घटनाका सम्भावित कारणका रूपमा औँल्याइएको छ । प्रशासनले उक्त रुटमा सञ्चालन हुने सबै यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनको यान्त्रिक अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । साथै, काठमाडौं जिल्लाभित्र पर्ने प्रहरी युनिट र ट्राफिक प्रहरीलाई प्रत्येक यात्रुवाहक सवारीसाधन अनिवार्य जाँच गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न भनिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेस प्रदेशसभा शनिबार दिउँसो १ बजे आह्वान
Latest NewsJust now

मधेस प्रदेशसभा शनिबार दिउँसो १ बजे आह्वान

जनकपुर। मधेस प्रदेशसभाको बैठक शनिबार दिउँसो १ बजेदेखि बस्नेगरी आह्वान गरिएको छ । मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्)को शुक्रबार बसेको बैठकको निर्णयअनुसार प्रदेशसभा आह्वान गर्न सिफारिस भएपछि प्रदेश प्रमुखले नेपालको संविधानको धारा... ...

रातोपाटी
नवनियुक्त चार न्यायाधीशले गरे पदवहाली
Latest NewsJust now

नवनियुक्त चार न्यायाधीशले गरे पदवहाली

काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूले पदवहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नवनियुक्त न्यायाधीशहरू डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर... ...

रातोपाटी
भीमफेदी दुर्घटनाका मृतकको शव आफन्तले बुझे [तस्बिरहरू]
Latest NewsJust now

भीमफेदी दुर्घटनाका मृतकको शव आफन्तले बुझे [तस्बिरहरू]

मृतकका आफन्त र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच राहत तथा क्षतिपूर्तिको विषय प्रतिवेदनमा समेट्ने सहमति भएपछि ...

हाम्राकुरा
घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग
Latest NewsJust now

घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play