Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडीपी) ले आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ जारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत विवरण सङ्कलन गरेको छ । सन् २०१८ मा सुरु भएको परिजनले विभिन्न जात्रा, पर्व र अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी वृत्तचित्र तथा अभिलेख पनि तयार पारेको हो । सङ्कलित विवरण पुरातत्व विभागको राष्ट्रिय सम्पदा सूची र परियोजनाको ‘डिजिटल डेटाबेस’मा समावेश गरिएको छ । परियोजना जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गतको हाइडेलबर्ग सेन्टर फर ट्रान्सकल्चरल स्टडिज र हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एण्ड ह्युम्यानिटिज तथा नेपालका सराफ फाउन्डेसन फर हिमालयन ट्रेडिसन्स एन्ड कल्चर र पुरातत्व विभागको सहकार्यमा सञ्चालन भएको हो । परियोजनाका लागि बेलायतको आर्केडिया फण्डले मुख्य आर्थिक सहयोग उपलब्ध गराएको थियो । यसमा हाइडेलबर्ग विश्वविद्यालय पुस्तकालय, काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी), युनेस्को नेपाल, काठमाडौँ विश्वविद्यालयको सेन्टर फर आर्ट एन्ड डिजाइन तथा हाइडेलबर्ग विश्वविद्यालयको साउथ एसिया इन्स्टिच्युटको काठमाडौं कार्यालयले पनि सहकार्य गरेका थिए । प्रारम्भिक चरणमा जर्मनीको आइथ्री माइन्जसमेत संलग्न थियो । परियोजना सम्पन्न भएसँगै डिजिटल डेटाबेसको सञ्चालन, रेखदेख र व्यवस्थापन नेपाल आर्किटेक्चर आर्काइभमार्फत सराफ फाउन्डेसनले गर्नेछ । परियोजना प्रमुख प्राडा क्रिष्टियाने ब्रोसियसका अनुसार यो डिजिटल भण्डारले अनुसन्धानकर्ता, विद्यार्थी र सम्पदाप्रेमीलाई अध्ययन तथा संरक्षणका लागि आधार उपलब्ध गराउनेछ । परियोजनाको समापनलाई सम्पदा संरक्षणको नयाँ यात्राको सुरुआतका रूपमा लिनुपर्ने उनको भनाइ थियो । सराफ फाउन्डेसनका अध्यक्ष अरुण सराफले सङ्कलित ज्ञान र तथ्याङ्क नेपालमै सुरक्षित राख्न तथा सहज पहुँच सुनिश्चित गर्न फाउन्डेसन प्रतिबद्ध रहेको बताए । डेटाबेसको व्यवस्थापनलाई निरन्तरता दिँदै अध्ययनकर्ता र सम्पदा क्षेत्रमा कार्यरत विज्ञलाई जानकारी उपलब्ध गराइने उनले जानकारी दिए । परियोजनाअन्तर्गत नुवाकोटका ऐतिहासिक भवन र सांस्कृतिक सम्पदाको पनि विस्तृत अभिलेख तयार पारिएको ब्रोसियसले जानकारी दिए । बाढीबाट क्षति पुगेका वा बगेका संरचनाको पुरानै स्वरूपमा पुनर्निर्माण र संरक्षण गर्न ती अभिलेख उपयोगी हुने उनको भनाइ थियो । जोसेफ पिटर रिन्डफ्लेइस सङ्ग्रहका ८०० भन्दा बढी ऐतिहासिक नेपाली हस्तलिखित ग्रन्थ तथा कागजात पनि राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको छ । जर्मनीबाट नेपाल फिर्ता ल्याइएका सामग्रीमा १३औँदेखि २०औँ शताब्दीसम्मका ताडपत्र, लालमोहर, अदालती स्रेस्ता, संस्कृत ग्रन्थ, यात्रा संस्मरणलगायत छन् । सङ्ग्रहकर्ता स्वर्गीय रिन्डफ्लेइसको इच्छाअनुसार सन् २०१८ मा यी सामग्री हाइडेलबर्ग विश्वविद्यालयका प्राडा एक्सेल माइकेल्सलाई सुम्पिइएको थियो । जर्मनीमा संरक्षण, डिजिटलाइजेसन र सूचीकरणको काम पूरा भएपछि ती सामग्री नेपाल ल्याएर राष्ट्रिय अभिलेखालयलाई बुझाइएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
म्यानचेस्टर युनाइटेडको संकटमा आशाको किरण बने १९ वर्षीय सिया लेसी
Latest NewsJust now

म्यानचेस्टर युनाइटेडको संकटमा आशाको किरण बने १९ वर्षीय सिया लेसी

काठमाडौँ । म्यानचेस्टर युनाइटेड अहिले कठिन समयबाट गुज्रिरहेको छ । मैदानमा निरन्तर कमजोर प्रदर्शन, समर्थकको बढ्दो असन्तुष्टि र क्लबको व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला एउटा युवा खेलाडीले भने समर्थकहरूमा नयाँ आशा... ...

रातोपाटी
लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ
Latest NewsJust now

लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ

तिहार लक्षित फूलखेतीबाट लुम्बिनी प्रदेशका किसानले १० करोड रुपैयाँसम्म आम्दानी गरेको अनुमान गरिएको छ । ...

कान्तिपुर
रेडक्रसको अगुवाइमा पुनः सञ्चालनमा ल्याइयो स्याफ्रुबेँसीको पुल
Latest NewsJust now

रेडक्रसको अगुवाइमा पुनः सञ्चालनमा ल्याइयो स्याफ्रुबेँसीको पुल

रसुवा । भदौ १० को भ‍ीषण बाढीका कारण क्षतिग्रस्त रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुन:र्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि एवं कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त श्रमदानमा ३ दिनमै पुल पुनर्निर्माण गरिएको हो । नेपाल रेडक्रसले पुलका लागि आवश्यक सामग्री र मिस्त्रीको ज्याला उपलब्ध गराएको थियो । विपद्को कठिन घडीमा ...

कर्पोरट खबर
बसको ठक्करबाट एक जनाको मृत्यु
Latest NewsJust now

बसको ठक्करबाट एक जनाको मृत्यु

• कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ। • लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदलयात्रामा रहेका अहिरलाई ठक्कर दिएको हो। • दुर्घटनामा गम्भीर घाइते भएपछि उनलाई कपिलवस्तु अस्पतालमा लगिएको थियो, जहाँ मृत्यु भएको घोषणा गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play