काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा कात्तिक ३० गतेका लागि पेसी तोकिएको छ। आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक पदबाट हटाइएको दाबी गर्दै कार्कीले बिहीबार वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिटको सुनुवाइका लागि कात्तिक ३० गतेको मिति निर्धारण गरिएको हो। यसअघि अध्ययनका क्रममा रहेकाले बिहीबार रिट निवेदन दर्ता हुन नसकेको बताइएको थियो। पछि आवश्यक प्रक्रिया पूरा गरी निवेदन दर्ता गरिएको हो। सरकारले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ। तर, उनले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र भने बुझिसकेका छैनन्।
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेसी तोकियो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






