काठमाडौं । नेपाल प्रहरीकाे महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । उनले आफूलाई पुनः प्रहरी महानिरीक्षककै पदमा बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट पठाएका हुन् । कार्कीले वारेसमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् । तर, सर्वोच्चले रिटको अध्ययन गरिरहेकाले हालसम्म दर्ता भने भइसकेको छैन । सरकारले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।
दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध पुगे सर्वोच्च, पुनर्बहालीको माग

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






