नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा अहिले सवारीसाधन सञ्चालन सहज बनेको छ । सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढेपछि दाउन्ने पहाड पार गर्न अहिले २० देखि २५ मिनेट मात्रै लाग्ने गरेको छ । सडक निर्माणाधीन अवस्थामा रहँदा दाउन्ने पहाड पार गर्न यात्रुले दुईदेखि तीन घण्टासम्म सास्ती खेप्नुपर्ने अवस्था थियो । घण्टौँसम्म जाममा बस्नुपर्ने बाध्यता हट्दै गएपछि अहिले यस मार्ग भएर यात्रा गर्ने यात्रुले ठूलो राहत महसुस गरेका छन् । पहिले जोखिमपूर्ण र झन्झटिलो मानिने दाउन्ने सडकमा अहिले सहज रूपमा सवारीसाधन आवतजावत गर्न थालेका छन् । यसले नारायणगढ–बुटवल सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा मालवाहक सवारीसाधनलाई समेत सहज भएको छ ।
दाउन्नेमा सरर : २० देखि २५ मिनेटमै पहाड पार गर्न सकिने

Read Complete Original Article
Published originally on पर्दाफास






