Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

दशौं राष्ट्रिय खेलकुदको ट्रफी र टर्च जुम्लासम्म पुग्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौं राष्ट्रिय खेलकुदको ट्रफी र टर्च जुम्लासम्म पुग्ने
Photo / Coverage: मकालु खबर

काठमाडौं । कर्णाली प्रदेशमा खेल प्रतिष्पर्धा चलिरहँदा दशौं राष्ट्रिय खेलकुदको ट्रफी र टर्च र्‍याली शुरु भएको छ ।

नेपालका चर्चित खेलाडी सम्मिलित टोलीले कर्णाली प्रदेशका विभिन्न जिल्लामा दशौं खेलकुदको ट्रफीसँगै टर्च र्‍याली गर्नेछन् ।

उक्त टोलीमा कर्णालीकै स्थानीयसमेत रहेका धावक हरिबहादुर रोकाया, १३ औं दक्षिण एशियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता कराते खेलाडी मन्डेकाजी श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, जुडोकी ओलम्पियन देबु थापा र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ छन् ।

सुर्खेतमा शुक्रवार एक कार्यक्रमका बीच कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र राखेपका सदस्यसचिव रामचरित्र मेहतालगायतले उक्त टोलीलाई बिदाइ गरे ।

र्‍याली दैलेखको शिरस्थानबाट औपचारिक सुरुवात हुनेछ । त्यसपछि टोली कालीकोट हुँदै जुम्ला पुग्ने कार्यक्रम छ । जुम्लामा नेपाली चर्चित अल्ट्रा धाविक सुनमाया बुढा पनि टोलीसँगै सामेल हुने कार्यक्रम रहेको टोलीका सदस्य मन्डेकाजी श्रेष्ठले जानकारी दिए ।

कालीकोट र जुम्लामा पनि ट्रफी र टर्चलाई नगर परिक्रमा गराइने भएको छ । दशौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भने मंसिर १६ गते सुर्खेतस्थित कर्णाली रंगशालामा हुनेछ । त्यसअघि नै टोली सुर्खेत आइपुग्नेछ ।

जुम्लाबाट मंसिर १५ गते सुर्खेत आइपुग्ने टोलीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले स्वागत गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिए । शुक्रबार नै सुर्खेतको वीरेन्द्रनगरमा टर्च र्‍यालीसमेत आयोजना भएको थियो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मंसिर ८ गतेदेखि खेल सञ्चालन भइरहेका छन् । खेलकुद मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दसौँ राष्ट्रिय खेलकुदः पुरुष फुटबलमा आर्मी क्लब विजयी
SportsJust now

दसौँ राष्ट्रिय खेलकुदः पुरुष फुटबलमा आर्मी क्लब विजयी

काठमाण्डु– दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।कर्णाली प्रदेश रङ्गशाला सुर्खेत वीरेन्द्रनगरमा आज भएको खेलमा आर्मीले बागमतीलाई २–० गोलको अन्तरमा पराजित गरेको हो । पहिलो हाफ बराबरी भएको उक्त खेलको ६४औँ मिनेटमा आर्मीका लाकेन लिम्बूले पहिलो गोल गरेका थिए भने दोस्रो गोल अतिरिक्त खेलाडीका रुपमा मैदानमा […] ...

काठमाण्डुपाटी
एनएफएलका सबै १० टोलीको टुङ्गो, धरान, वीरगञ्ज र सुर्खेत छनोट
SportsJust now

एनएफएलका सबै १० टोलीको टुङ्गो, धरान, वीरगञ्ज र सुर्खेत छनोट

काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा सहभागी हुने सबै १० टोलीको टुङ्गो लागेको छ । प्रतियोगिताका लागि थप तीन टोली छनोट भएसँगै सहभागी टोलीको सङ्ख्या १० पुगेको हो । एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार तीन टोलीका लागि आह्वान गरिएको बोलपत्रमा २० टोलीले प्रस्ताव पेस गरेकामा धरान, वीरगञ्ज र सुर्खेतका टोली छनोट भएका […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement