Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

दक्षिण कोरियामा उत्कृष्ट अंक ल्याएका व्यक्तिले एआईबाट चिट चोरेको स्वीकारे

Share:WhatsAppFacebookX (Twitter)Telegram
दक्षिण कोरियामा उत्कृष्ट अंक ल्याएका व्यक्तिले एआईबाट चिट चोरेको स्वीकारे
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । दक्षिण कोरियामा कर लेखापालको राष्ट्रिय परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएका व्यक्तिले जेनेरेटिभ एआईको प्रयोग गरेर चिट चारेको स्वीकारेका छन् । आइतबार उनको यो खुलासासँगै विगत केही महिनादेखि चलिरहेको आशंका सत्य सावित भएको छ । गएको अप्रिल र जुलाईमा लिइएका दुईवटा परीक्षामा सयौं प्रश्नहरूको उत्तर शतप्रतिशतजस्तै मिलाएपछि उनी चर्चामा थिए । त्यसबेलै कतिपयले उनले एआईको सहयोगले चिट चारेको हुनसक्ने आशंका गरेका थिए । ‘एटोर्नी ली डोन–हो’ नामक युट्युब च्यानलमा माफी माग्दै उनले भने, ‘मैले इलेक्ट्रोनिक यन्त्रहरू र जेनेरेटिभ एआईको प्रयोग गरेर चिट चोरेको हुँ। मेरो यो सफलता कुनै निष्पक्ष मेहनतको परिणाम होइन ।’ उनले आफ्नो थर ‘हान’ रहेको बताएका छन् । हानले सूक्ष्म क्यामेरा (माइक्रोक्यामेरा) को सहायताले परीक्षाका प्रश्नहरूको तस्बिर खिचेर एआई टूलमा पठाउने र स्मार्टफोनमार्फत उत्तरहरू हेर्ने गरेको खुलासा गरे । मुखमा मास्क लगाएर क्यामेराअघि बोलेका हानले प्रहरीसमक्ष लिखित रूपमा आफ्नो अपराध स्वीकार गरिसकेको पनि बताएका छन् । रोयटर्सले यस विषयमा सोल जुङ्बु प्रहरी स्टेशनमा सम्पर्क गर्न खोज्दा कुनै जवाफ पाउन सकेन । यस घटनाले दक्षिण कोरियामा ठूलै हलचल ल्याएको छ ।सरकारी सेवा गर्नुलाई यहाँँ प्रतिष्ठाका रुपमा लिइन्छ । दक्षिण कोरियामा आउँदो बिहीबार राष्ट्रिय कलेज प्रवेश परीक्षा हुन गइरहेको छ । यस घटनाले उक्त परीक्षाको व्यवस्थापन र कडाईका विषयमा पनि चिन्ता सुरु भएको छ । राष्ट्रपतिको कार्यालयका एक वरिष्ठ अधिकारीले आइतबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपतिको कार्यालयले यस विषयलाई निकै गम्भीर रूपमा लिएको छ । अर्को साता कलेज प्रवेश परीक्षा हुने भएकाले हामीले यसका लागि कडा सुरक्षात्मक उपायहरूको तयारी गरिरहेका छौं ।’रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राजनीतिक दलकै कारण नेपाल धर्मनिरपेक्ष बन्यो : राजेन्द्र लिङ्देन
Latest NewsJust now

राजनीतिक दलकै कारण नेपाल धर्मनिरपेक्ष बन्यो : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरूकै भूमिकाका कारण नेपाल हिन्दुराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनेको आरोप लगाएका छन्। उनले नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै धर्म र राजनीतिलाई अलग गरेर हेर्न नहुने बताएका छन्। आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले राजनीतिमा धर्मको महत्त्वपूर्ण भूमिका रहने बताए। धर्म र ...

केन्द्रबिन्दु
संसदीय समितिमा सोमबार ‘चलचित्र विधेयक’ माथि छलफल, सुझाव समेट्न माग
Latest NewsJust now

संसदीय समितिमा सोमबार ‘चलचित्र विधेयक’ माथि छलफल, सुझाव समेट्न माग

काठमाडौँ । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आइपुगेको ‘चलचित्र विधेयक, २०८१’ माथि सोमबारदेखि छलफल सुरु हुँदैछ । तर, राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकले चलचित्र... ...

रातोपाटी
स्थानीय वनस्पतिबाट साबुन बनाउदै हलेसीका महिलाहरु
Latest NewsJust now

स्थानीय वनस्पतिबाट साबुन बनाउदै हलेसीका महिलाहरु

राजकुमार भट्टराईखोटाङ, मङ्सिर ६ गते । खोटाङको हलेसीका महिलाहरुले साबुन लगायत सरसफाइका सामाग्री बनाउन सुरु गरेका छन् । स्थानीय वनस्पतिको प्रयोग गरेर हलेसीका महिलाहरुले लुगा धुने र म... ...

गोरखापत्र
कीर्तिपुरमा सिरक–डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति
Latest NewsJust now

कीर्तिपुरमा सिरक–डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति

• काठमाडौंको कीर्तिपुर नगरपालिका–९ ढल्पामा सिरक–डसना उद्योगमा आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको छ। • आगलागी विद्युत् सर्ट भएर भएको प्रारम्भिक जानकारी छ र उद्योगमा रहेका तीनवटा मेसिन र गोदाममा भण्डारण गरिएका सिरक–डसना प्रभावित भएका छन्। • उद्योग सञ्चालक विकास चौधरीका अनुसार आगलागीबाट करिब २० देखि २५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement