Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

तेइस वर्षसम्म फ्रिज गरेर सुरक्षित राखिएका डिम्बाशयका तन्तुबाट यसरी जन्मियो स्वस्थ शिशु

Share:WhatsAppFacebookX (Twitter)Telegram
तेइस वर्षसम्म फ्रिज गरेर सुरक्षित राखिएका डिम्बाशयका तन्तुबाट यसरी जन्मियो स्वस्थ शिशु
Photo / Coverage: बीबीसी नेपाली

Sara Matthews क्यासान्ड्रा बेकन (दायाँ) ले गत महिना छोरा जन्माइन्। त्यस क्रममा उनकी आमा (बायाँ) र परिवारले उनलाई साथ दिए क्यासान्ड्रा बेकन १७ वर्षकी हुँदा उनलाई हजकिन लिम्फोमा भएको पत्ता लाग्यो। यो एक दुर्लभ प्रकारको रक्त क्यान्सर हो।केमोथेरापीको पहिलो चरणपछि क्यान्सर नियन्त्रणमा त आयो तर एकै वर्षपछि फर्कियो। यसपटक अवस्था झन् गम्भीर भएकाले डाक्टरहरूले तत्काल यसअघि दिइएको भन्दा शक्तिशाली केमोथेरापी सुरु गर्नुपर्ने बताए।"जुन उमेरमा मान्छेले गाडी चलाउन सिकिराखेको हुन्छ, विद्यालयको अन्तिम परीक्षाको तयारी गरिराखेको हुन्छ, त्यतिबेला यस्तो परिस्थितिबाट गुज्रनु निकै कठिन हुन्छ। त्यो समय मेरा लागि अत्यन्तै कठिन थियो," बीबीसी वर्ल्ड सर्भिसको कार्यक्रम 'न्यूजआवर'सँग कुरा गर्दै उनले भनिन्।बेकन त्यतिबेला किशोरावस्थामै थिइन्। तर, क्यान्सरविरुद्धको उपचारले भविष्यमा आफ्नो शरीरमा पार्न सक्ने असर र आमा बन्ने सम्भावना कसरी सुरक्षित राख्ने भन्नेबारे पनि सँगसँगै सोचिरहेकी थिइन्। 'स्माइलिङ डिप्रेशन' के हो, यसलाई कसरी चिन्नेआत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापन निर्देशिका जारी भएपछि अब के फरक पर्छ डिम्ब निकालेर फ्रिज गरी सुरक्षित राख्न महिनावारीको प्रतीक्षा गर्नुपर्थ्यो। बेकनसँग त्यति समय थिएन। त्यसैले उनले अर्को एउटा विकल्प अपनाउन जोड दिइन्। त्यतिबेला उक्त विधि प्रयोगात्मक अवस्थामै थियो।उक्त प्रक्रियामा डिम्ब उत्पादन गर्ने तन्तुको केही भाग डिम्बाशयबाट निकालेर फ्रिज गरी सुरक्षित राखिन्छ। पछि आवश्यक परेको बेला उक्त तन्तुलाई पुनः शरीरमा प्रत्यारोपण गरिन्छ।बेकनका हकमा त्यही प्रक्रिया अपनाइयो। उनको डिम्बाशयबाट निकालिएका तन्तुका नमूना २३ वर्षसम्म फ्रिज गरेर सुरक्षित राखिए।अनि, उनी ४४ वर्षकी हुँदा ती तन्तुहरू पुनः उनको शरीरमा प्रत्यारोपण गरियो। गत महिना उनले आफ्नो पहिलो सन्तानलाई जन्म दिइन्।उनको छोरा ल्यान्डनलाई २० वर्षभन्दा बढी समयसम्म फ्रिज गरेर सुरक्षित राखिएका डिम्बाशयका तन्तुहरू पुनः शरीरमा प्रत्यारोपण गरेपछि जन्मिएको संसारकै पहिलो शिशु ठानिएको छ। Kassandra Bacon बेकनका आमाछोरा किशोरावस्थाका दिनहरू सम्झँदै बेकन आफूलाई आमा बन्ने चाहना पहिल्यैदेखि रहेको बताउँछिन्।भविष्यमा आफूले सन्तान जन्माउन नसक्ने सम्भावना रहेको थाहा पाएपछि आफ्नो आशा जीवित राख्न उनी हरसम्भव प्रयास गर्न तयार थिइन्।उनी भन्छिन्, "किन हो थाहा छैन तर म भविष्यमा मैले आशङ्का गरेजस्तै प्राकृतिक रूपमा गर्भधारण गर्न सकिनँ भने पनि आमा बन्ने आशा नै त्याग्नुपर्ने अवस्था स्वीकार्न तयार थिइनँ।"भविष्यमा गर्भधारण गर्न कठिनाइ हुन सक्ने महिलाहरूका लागि सामान्यत: डिम्ब निकालेर फ्रिज गरी सुरक्षित राख्ने विधि प्रयोग गरिन्छ।त्यसो गर्नुअघि महिलाहरूले केही हप्तासम्म होर्मोनका इन्जेक्सन लिनुपर्छ। सामाजिक चिन्तालाई अझ बढाउने लुप्त बानी - त्यसलाई कसरी हटाउनेकफी पिएपछि किन कसैलाई स्फूर्ति आउँछ र कसैलाई केही असर महसुस हुँदैन? बेकनसँग भने त्यति लामो समय नभएको डाक्टरहरूले बताइसकेका थिए।त्यसैले उनले क्यान्सरको उपचार सुरु हुनुअघि नै आफ्नो डिम्बाशयका केही तन्तु निकाल्न डाक्टरहरूलाई आग्रह गरिन्।त्यसै क्रममा उनको भेट डा. सारा म्याथ्युजसँग भयो। उनी यूकेमा यस प्रकारको शल्यक्रिया गर्न सक्ने सीमित शल्यचिकित्सकमध्ये एक थिइन्।डा. म्याथ्युजले बेकनको डिम्बाशयबाट तन्तुका चारवटा साना नमूना निकालिन्।यद्यपि, त्यतिबेला ती तन्तुहरू भविष्यमा सन्तान जन्माउन उपयोगी हुनेछन् भन्ने कुनै ग्यारेन्टी थिएन।'एउटै आशा'बेकनको ज्यान बचाउन बोनम्यारो प्रत्यारोपण गरियो र उनलाई केमोथेरापी दिइयो। उपचार सफल भयो र उनी क्यान्सरमुक्त भइन्।तर डाक्टरहरूले आशङ्का गरेजस्तै कडा उपचारले उनको डिम्बाशयमा गम्भीर क्षति पुर्‍यायो। ३३ वर्षकै उमेरमा समयअगावै उनको महिनावारी रोकिन पुग्यो।तर बेकन रोकिइनन्। आमा बन्ने उत्कट चाहना बोकेर उनी फ्रिज गरेर सुरक्षित राखिएका डिम्बाशयका तन्तुहरू पुनः आफ्नो शरीरमा प्रत्यारोपण गर्न सक्ने डाक्टरको खोजीमा लागिन्। त्यसका निम्ति उनले दस वर्ष सङ्घर्ष गर्नुपर्‍यो।बेकनको डिम्बाशयबाट तन्तु निकाल्ने शल्यक्रिया हुँदा यूकेमा यस प्रक्रियासम्बन्धी कानुनी व्यवस्था थिएन। त्यसैले दुई दशकपछि ती तन्तु पुनः प्रत्यारोपण गर्न आवश्यक पर्ने कागजात उनीसँग थिएनन्। माटोमा काम गर्दा केही सातामै तपाईँको स्वास्थ्यमा सुधार आउन सक्छशोकको सामना कसरी गर्ने? यस कठिन यात्रामा डा. म्याथ्युजले उनलाई निरन्तर साथ दिइरहिन्। अन्ततः उनले इजरेलमा एउटा यस्तो क्लिनिक खोज्न बेकनलाई मद्दत गरिन्, जहाँ उक्त प्रक्रिया अपनाउन सम्भव थियो।त्यसपछि, फ्रिज गरेर सुरक्षित राखिएका तन्तुहरू इजरेलको रमत गान सहरस्थित शेबा मेडिकल सेन्टर पठाइयो। तर बेकनले लामो समयदेखि कुरिरहेकी उक्त प्रक्रिया सन् २०२३ अक्टोबर ७ मा हमासले इजरेलमाथि आक्रमण गरेपछि पछाडि धकेलियो। त्यसपछि इजरेलले पनि गाजामा व्यापक सैन्य कारबाही थाल्यो।बेकन भन्छिन्, "मलाई एउटै आशा पनि तुहिन लागे झैँ भयो।"अन्तत: सन् २०२४ को मेमा केही समयका लागि युद्धविराम भएपछि बेकनलाई इजरेल जान र सुरक्षित रूपमा आफ्ना तन्तुहरू पुनः शरीरमा प्रत्यारोपण गराउन सम्भव भयो।रोचक संयोग चाहिँ के भने यूके फर्किन विमान चढेको केही घण्टामै युद्धविराम समाप्त भयो।"यस्तो कथा त तपाईँले कल्पना गरेर पनि लेख्न सक्नुहुन्न," उनी भन्छिन्।कसरी प्रत्यारोपण गरिन्छन् डिम्बाशयका तन्तु?शल्यचिकित्सकहरूले डिम्बाशयबाट डिम्ब उत्पादन गर्ने तन्तुका केही भाग निकाल्छन्। महिलाले सन्तान जन्माउने योजना नबनाउन्जेल ती तन्तुहरू प्रयोगशालामा अत्यन्त कम तापक्रममा फ्रिज गरेर सुरक्षित राखिन्छन्।पछि ती तन्तुहरूलाई डिम्बाशय वा त्योसँगै पुनः प्रत्यारोपण गरिन्छ। यो प्रक्रिया शरीरको एउटा भागबाट छालाको तन्तु निकालेर अर्को ठाउँमा प्रत्यारोपण गरेजस्तै हो।प्रत्यारोपण गरिएका तन्तुहरू वरपरका रक्तनलीसँग पुनः जोडिन सक्छन्। त्यसपछि डिम्बाशयले फेरि काम गर्न थाल्न सक्छ र डिम्ब उत्पादन गर्ने प्रक्रिया पुनः सुरु हुन सक्छ। भारतीय महिलाको पेटबाट निकालियो १३ वटा पेन, ५ वटा चम्चा र एउटा मैनबत्तीअत्यधिक तातो पेयपदार्थ सेवन गर्दा क्यान्सर हुन सक्ने चेतावनी सन् २०२४ मा प्रकाशित एक अध्ययनअनुसार, यो प्रक्रिया गरिएका महिलामध्ये ९४ प्रतिशतसम्मको महिनावारी र डिम्ब उत्पादन गर्ने चक्र पुनः सुरु भएको थियो।त्यस्तै, सन् २०२२ मा प्रकाशित अर्को अध्ययनअनुसार, डिम्बाशयका तन्तु पुनः प्रत्यारोपण गरिएका करिब २८ प्रतिशत घटनामा जीवित शिशुको जन्म भएको थियो।सन् २०१६ मा दुबईकी २४ वर्षीया मोआजा अल मतरुशीलाई डिम्बाशयका तन्तु फ्रिज गरेर सुरक्षित राखेपछि ती तन्तु पुनः प्रत्यारोपण गराएर बच्चा जन्माउने विश्वकै पहिलो महिला ठानिएको थियो। उनको डिम्बाशयका तन्तु यौवनावस्था सुरु हुनुअघि नै सुरक्षित राखिएका थिए।विश्वभर डिम्बाशयका तन्तु पुनः प्रत्यारोपण गरेपछि २०० भन्दा बढी शिशुको जन्म भइसकेको आकलन गरिन्छ।'मैले स्वयंलाई धन्यवाद दिनुपर्छ' Kassandra Bacon बेकन सन् २०२४ मा डिम्बाशयका तन्तुहरू पुनः प्रत्यारोपण गरिएको केही महिनापछि नै बेकनको महिनावारी हुन थाल्यो।उनले प्राकृतिक रूपमा गर्भधारण गर्ने प्रयास गरिन् तर सफल भइनन्। त्यसपछि डाक्टरहरूले बेकन र उनका पार्टनरलाई आईभीएफमार्फत् गर्भधारण गराउने प्रविधि अपनाउन सल्लाह दिए।तेस्रो आईभीएफ प्रयत्नमा अन्ततः सन् २०२५ को क्रिसमसका दिन बेकनले आफू गर्भवती भएको पुष्टि गर्ने परीक्षणको नतिजा हात पारिन्।उनी भन्छिन्, "१९ वर्षको उमेरमा मेरो शरीरमा आमा बन्ने जुन क्षमता थियो, त्यसले नै मलाई ४३ वर्षको उमेरमा नयाँ जीवन दियो।"बेकनले अस्ति सेप्टेम्बरमा छोरा ल्यान्डनलाई जन्म दिइन् र यी उनी पछिल्ला २५ वर्षदेखि क्यान्सरमुक्त पनि छिन्। Sara Matthews शिशुसँग डा सारा आफ्नो भोगाइ सार्वजनिक गरेयता बेकनले धेरै महिलाबाट विभिन्न सन्देशहरू प्राप्त गरेकी छन्। तीमध्ये धेरैले उनको अनुभवबाट आफूहरूले प्रेरणा पाएको बताएका छन्।डा. म्याथ्युजका अनुसार, अहिले क्यान्सरसँग जुधिरहेका कम उमेरका बिरामीसँग भविष्यमा आमाबुवा बन्न सक्ने विकल्पहरूबारे छलफल गर्न पहिलेभन्दा बढी महत्त्व दिइन्छ।यसको एउटा कारण बालबालिकामा हुने क्यान्सर उपचारपछि निको हुने सम्भावना बढ्दै जानु हो।उनी भन्छिन्, "हामी यी बालबालिका हुर्किऊन् र सामान्य जीवन बिताऊन् भन्ने चाहन्छौँ। सन्तान जन्माउन सक्ने सम्भावना पनि सामान्य जीवनको एउटा महत्त्वपूर्ण पाटो हो।"बेकनको अनुभवबाट प्रभावित हुने अन्य मानिसहरूजस्तै डा. म्याथ्युज पनि उनी सानै उमेरमा कति साहसी र दृढ सङ्कल्पित थिइन् भन्ने कुराले अचम्मित छिन्।बेकन भन्छिन्, "म अहिले पनि आफूलाई १८ वर्षको उमेरमा राखेर सोच्ने प्रयास गर्छु, मैले त्यतिबेला त्यतिबिघ्न प्रयास कसरी गरिरहेँ हुँला? आफ्नो निर्णयमा यति दृढ कसरी रहन सकेँ हुँला?""मेरो विचारमा यो त्यस्ता कुराहरूमध्ये एउटा हो जसका लागि मैले विगतलाई फर्केर हेर्दै स्वयंलाई धन्यवाद दिनुपर्छ।" कम खर्चमा वा बिनाखर्च तत्काल अपनाउन सकिने स्वास्थ्यवर्द्धक बानीकतै हामी गलत समयमा त खाइरहेका छैनौँ? खाने उचित समयतालिका कस्तो? बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिनियाँ गुप्तचरसँग सम्बन्धको आरोपमा एनभिडियाका प्रमुख हुआङमाथि छानबिन
Latest NewsJust now

चिनियाँ गुप्तचरसँग सम्बन्धको आरोपमा एनभिडियाका प्रमुख हुआङमाथि छानबिन

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंकासम्बन्धी समाचार सार्वजनिक भएपछि स्वतन्त्र अनुसन्धान सुरु गरेको छ । चिनियाँ व्यवसायी महिला एलिस हुआङसँग जेन्सेनको निकट सम्बन्ध रहेको र उनी चीनका लागि गुप्तचरी गतिविधिमा संलग्न रहेको अमेरिकी गुप्तचर अधिकारीहरूको आशंका रहेको द न्युयोर्क टाइम्सले जनाएको छ । कम्पनीको सञ्चालक समितिले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य ...

कर्पोरट खबर
यसो भन्छ पाँचदिने मौसम प्रक्षेपण
Latest NewsJust now

यसो भन्छ पाँचदिने मौसम प्रक्षेपण

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार यतिबेला देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल छ भने तराई, उपत्यका तथा खोच थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। यस्तो छ पाँच दिनसम्मको मौसम प्रक्षेपण : २०८३ कार्तिक २३ गते (सोमब... ...

नेपालखबर
सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन, बहुसांस्कृतिक पक्षधरको काउन्टर र्‍याली
Latest NewsJust now

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन, बहुसांस्कृतिक पक्षधरको काउन्टर र्‍याली

सिड्नी । अस्ट्रेलियामा आप्रवासन नीति र आप्रवासीको बढ्दो आगमनलाई लिएर देशव्यापी बहस चलिरहेका बेला आइतबार सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन भएको छ। ‘अस्ट्रेलिया मार्चेस’ अभियानअन्तर्गत आयोजना गरिएको उक्त प्रदर्शनमा सहभागीहरूले आप्रवासनमा कडाइ गर्न र नयाँ आप्रवासीको आगमन नियन्त्रण गर्न माग गरेका थिए। वर्षाका बाबजुद भएको प्रदर्शनमा रोयल बोटानिक गार्डेन आसपासबाट म्याक्वेरी स्ट्रिट हुँदै हाइड पार्क र न्यु साउथ वेल्स संसद् भवनसम्म जुलुस निकालिएको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play