Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास
Photo / Coverage: पर्दाफास

तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट हुन सक्ने आगलागीका घटना न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल नेपाल नं। २ गण झापाले आज भद्रपुरमा आगलागी नियन्त्रण तथा उद्धारसम्बन्धी पूर्वतयारी अभ्यास गरेको छ । भद्रपुर नगरपालिकासँगको सहकार्यमा गरिएको अभ्यासको उद्देश्य सम्भावित आगलागीका घटनामा तत्काल प्रतिकार्य गरी उद्धार तथा आगो नियन्त्रणमार्फत जनधनको क्षति न्यूनीकरण गर्नु रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले चाडपर्वका समयमा आगलागीको जोखिम बढ्ने भएकाले त्यसको सामना गर्न सुरक्षाकर्मीलाई तयारी अवस्थामा राख्न अभ्यास गरिएको बताए । अभ्यासका क्रममा सशस्त्र प्रहरी कर्मचारीले आगलागी नियन्त्रणका उपकरण प्रयोग, आगो निभाउने विधि तथा उद्धार कार्यको व्यावहारिक अभ्यास गरेका थिए । यस्ता अभ्यासले सुरक्षाकर्मीको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै विपद्का समयमा स्थानीय तह र अन्य सरोकारवाला निकायसँगको समन्वय प्रभावकारी बनाउन सहयोग पुग्ने उनले बताए । उनले तिहारमा पटका तथा अन्य प्रज्वलनशील सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन र घर तथा पसलमा आगो एवं विद्युतीय उपकरण सुरक्षित रूपमा प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अन्तिम बलमा विराटनगरलाई जिताएका रसेलको मनमा बस्यो नेपाली क्रिकेट
OthersJust now

अन्तिम बलमा विराटनगरलाई जिताएका रसेलको मनमा बस्यो नेपाली क्रिकेट

अन्तिम बलमा ३ रन जोगाउँदै विराटनगरलाई सनसनीपूर्ण जित दिलाएका आन्द्रे रसेलले म्याच विनिङ प्रदर्शन मात्र गरेनन्, नेपाली क्रिकेट र यहाँको अद्भुत माहोलको समेत उच्च प्रशंसा समेत गरे। ...

अनलाइन खबर
सरकारी अभिलेखमा किर्ते गरेको आरोपमा ३ जना कर्मचारी पक्राउ
OthersJust now

सरकारी अभिलेखमा किर्ते गरेको आरोपमा ३ जना कर्मचारी पक्राउ

जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा कार्यरत ३ जना राष्ट्रसेवक कर्मचारी लिखतसम्बन्धी कसूरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा पौडेल, लेखापाल रमेशकुमार विश्वकर्मा र कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईं रहेका छन्। उनीहरूलाई जिल्ला अदालतको आदेशले पक्राउ गरिएको हो। अभियुक्तहरूलाई फेदीखोला–४ निवासी प्रयासी गुरुङको सरकारी अभिलेखमा किर्ते गरी लिखतसम्बन्धी कसूर गरेको आरोप लागेको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको जाहेरीले वादी नेपाल सरकार ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play