Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग: घरमै सजिलै बनाउनुहोस् चाडपर्वका विशेष परिकारहरू

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग: घरमै सजिलै बनाउनुहोस् चाडपर्वका विशेष परिकारहरू
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । तिहारमा घरमै विभिन्न परिकार बनाउन र पाहुनालाई स्वादिष्ट खानेकुरा खुवाउन सिजी माइक्रोवेभ ओभन उपयोगी हुने कम्पनीले जनाएको छ। खाना तताउन मात्र नभई मिठाई बनाउन, मसला रोस्ट गर्न तथा विभिन्न परिकार बेक र ग्रिल गर्नसमेत माइक्रोवेभ ओभन प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ। नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले तिहारलाई लक्षित गर्दै माइक्रोवेभ ओभनबाट घरमै सजिलै तयार गर्न सकिने विभिन्न परिकारबारे जानकारी गराएको छ। कम्पनीका अनुसार तिहारमा भाइटीकाका लागि आवश्यक काजु, बदाम, पिस्ता र ओखरजस्ता भाइ मसलालाई माइक्रोवेभ ओभनमा केही मिनेटमै रोस्ट गर्न सकिन्छ। त्यस्तै, बेसनको लड्डु, पेडा, बर्फी, सुजीको हलुवा र चकलेटजस्ता मिठाई पनि ओभनको प्रयोगबाट घरमै बनाउन सकिनेछ। भाइटीकामा दाजुभाइलाई उपहार दिन केक तथा कुकिज बनाउन र पारिवारिक जमघलका लागि पनिर तथा मासुका परिकार ग्रिल गर्न पनि ओभनमा उपलब्ध कन्भेक्सन र ग्रिल फिचर उपयोगी हुने कम्पनीले जनाएको छ। अघिल्लो दिन तयार गरिएका सेलरोटी, फिनी र अनरसा जस्ता परिकारलाई पाहुना आउँदा तताएर खान पनि यसको प्रयोग गर्न सकिनेछ। ग्राहकको आवश्यकता र परिवारको आकारलाई ध्यानमा राख्दै कम्पनीले बजारमा २० देखि ३५ लिटरसम्म क्षमताका ६ मोडलका माइक्रोवेभ ओभन उपलब्ध गराएको छ। यसमा सोलो, ग्रिल र कन्भेक्सन प्रकारका ओभन छन्। तीमध्ये दुई मोडल प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाका र बाँकी चार मोडल सिजी ब्रान्डअन्तर्गत उपलब्ध छन्। ओभनमा रहेको अटो कुक मेनुले परिकारअनुसार समय र तापक्रम मिलाउन सहयोग गर्ने कम्पनीको दाबी छ। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजीका यी उत्पादन देशभरका २२ वटा सिजी डिजिटल सोरुम, कम्पनीका आधिकारिक वेबसाइट तथा बिक्री केन्द्रबाट खरिद गर्न सकिनेछ। त्यस्तै, बिक्रीपछिको सेवालाई सहज बनाउन कम्पनीले ‘सीजी केयर्स’ एप सञ्चालनमा ल्याएको छ। एप तथा देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ। थप जानकारी तथा सेवाका लागि सिजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिनेछ। एप प्लेस्टोर र एपस्टोरबाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पत्रकार क्षेत्रीलाई पितृशोक
Latest NewsJust now

पत्रकार क्षेत्रीलाई पितृशोक

गोरखापत्र अनलाइनभक्तपुर, कात्तिक १९ गते । गोरखापत्र संस्थानको अंग्रेजी अनलाइन प्रकाशन राइजिङनेपाल डेली डट कममा कार्यरत रहनुभएका समाचारदाता अजय क्षेत्रीलाई पितृशोक परेको छ । समाचारद... ...

गोरखापत्र
दशौं राष्ट्रिय खेलकुदको तयारी: कोशीका १ सय ४४ प्रशिक्षकलाई प्रशिक्षण
Latest NewsJust now

दशौं राष्ट्रिय खेलकुदको तयारी: कोशीका १ सय ४४ प्रशिक्षकलाई प्रशिक्षण

सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुदमा पदक जित्ने लक्ष्यसहित इटहरीमा कोशी प्रदेशका १४ जिल्लाका १४४ प्रशिक्षक सहभागी दुईदिने कार्यक्रम भइरहेको हो। ...

कान्तिपुर
अमेरिकामा नेपाली नर्स ममता बेपत्ता प्रकरण : पति नरेशले अदालतमा के दिए बयान
Latest NewsJust now

अमेरिकामा नेपाली नर्स ममता बेपत्ता प्रकरण : पति नरेशले अदालतमा के दिए बयान

अमेरिकामा बेपत्ता नेपाली नर्स ममता काफ्ले भट्टको हत्या मुद्दा लागेका उनकै श्रीमान् नरेश भट्टले अदालतमा बयान दिँदै पत्नीलाई कहिल्यै शारीरिक हिँसा नगरेको दाबी गरेका छन्।  यही नोभेम्बर ४ बुधबार अदालतमा भएको सुनुवाइका क्रममा नरेशले श्रीमतीलाई आफूले मानसिक (भावनात्मक) तनाव भने दिएको स्वीकार गरेका छन्।  अमेरिकी सञ्चारमाध्यम फक्स ५ डीसीक... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play