Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर भूकम्पकाे धक्का

Share:WhatsAppFacebookX (Twitter)Telegram
ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर भूकम्पकाे धक्का
Photo / Coverage: नेपालन्युज

काठमाडौं। ताप्लेजुङको तिब्बत सीमा क्षेत्र नजिक केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पको कम्पन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ओलाङचुङगोला आसपास, ताप्लेजुङको तिब्बत सीमा नजिक ५.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको झट्का काठमाडौं उपत्यका, पूर्वी तथा मध्य तराईका विभिन्न जिल्लामा समेत महसुस भएको थियो। बिहानको समयमा भूकम्पको कम्पन महसुस भएपछि सर्वसाधारणमा त्रास फैलिएको थियो। नेपाल भौगोलिक अवस्थाका कारण भूकम्पीय जोखिममा रहेको देश हो। हिमालय क्षेत्रमा भूगर्भीय गतिविधि निरन्तर भइरहने भएकाले साना तथा मध्यम भूकम्प आउने क्रम जारी रहने भूकम्पविद्हरू बताउँछन्। विशेषगरी पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले त्यस क्षेत्रमा भूकम्पीय जोखिमलाई लिएर विज्ञहरूले सतर्कता अपनाउनुपर्ने बताउँदै आएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाललाई अहिलेसम्मकै ठूलो आर्थिक सहयोग घोषणा, पहिलोपटक दीर्घकालीन ‘भिजन डकुमेन्ट’ तयार
Latest NewsJust now

नेपाललाई अहिलेसम्मकै ठूलो आर्थिक सहयोग घोषणा, पहिलोपटक दीर्घकालीन ‘भिजन डकुमेन्ट’ तयार

काठमाण्डु– भारतले नेपाललाई अहिलेसम्मकै ठूलो आर्थिक सहयोग गरेको बताएको छ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भारत भ्रमण सम्पन्न गरी काठमाण्डु फर्किएपछि पत्रकार सम्मेलन गर्दै भारतीय विदेश मन्त्रालयले यस्तो बताएको हो । भारतीय विदेश सचिव विक्रम मिस्रीले भ्रमणका क्रममा नेपाललाई भारतले अहिलेसम्मकै ठूलो वित्तीय सहयोग उपलब्ध गराउने घोषणा गरेको र दुवै देशबीच पहिलोपटक दीर्घकालीन ‘भिजन डकुमेन्ट’ […] ...

काठमाण्डुपाटी
तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन
Latest NewsJust now

तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

म्याग्दी । तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले फेरिएको छ । मजदुरी गरेर गुजारा चलाउनुपर्ने अवस्थाबाट व्यावसायिक र अगुवा किसान बनेका बानियाको तीन दशक लामो कृषि यात्राले स्थानीय स्तरमै श्रम र उद्यममार्फत आर्थिक आत्मनिर्भरता हासिल गर्न सकिने सन्देश दिएको छ । विसं २०५२ मा लुम्लेमा कृषि तालिम लिएपछि उनले व्यावसायिक तरकारी खेती सुरु ...

केन्द्रबिन्दु
४ महिनामा आए २ दर्जन फिल्म, ५ वटाले बाजी मार्दा अरू फ्लप
Latest NewsJust now

४ महिनामा आए २ दर्जन फिल्म, ५ वटाले बाजी मार्दा अरू फ्लप

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि साउनदेखि कात्तिकसम्मका ४ महिना फिल्म व्यवसायका हिसाबले उत्साहजनक रहन सकेनन् । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार यो चार महिने अवधिमा झन्डै दुई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement