Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

Share:WhatsAppFacebookX (Twitter)Telegram
ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी
Photo / Coverage: केन्द्रबिन्दु

बागलुङ । प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्खला र फराकिला पाटनले परिचित ढोरपाटनमा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । ढोरपाटन सिकार आरक्षको उच्च पहाडी क्षेत्रमा विदेशी सिकारी सिकारमा व्यस्त छन् भने उपत्यका र आसपासका पाटनमा आन्तरिक पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा रमाइरहेका पाइएको छ । नेपालमा वैधानिक रूपमा सिकार खेल्न पाइने एक मात्र क्षेत्र ढोरपाटनमा अहिले चालु आर्थिक वर्षको पहिलो सिकार याम चलिरहेको छ । असोजदेखि मङ्सिरसम्म रहने पहिलो याममा विदेशी सिकारी नाउर र झारलको सिकारका लागि आरक्षका विभिन्न ब्लकमा पुगेका छन् । ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार पहिलो सिकार याममा हालसम्म १० नाउर र सात झारलको सिकार चलिरहेको छ । यस याममा ११ जना विदेशी सिकारी ढोरपाटन आइसकेका छन् भने थप छ जना आउने तयारीमा छन् । विश्वका धनाढ्य सिकारी ढोरपाटनमा सिकार खेल्न आउने गरेका छन् । रसिया, अमेरिका, स्पेन, डेनमार्क, अफ्रिकी मुलुक र फ्रान्सलगायत देशबाट सिकारी आउने गरेको सुवेदीले बताए। विदेशी सिकारीको चहलपहल उच्च पहाडी सिकार क्षेत्रमा केन्द्रित रहँदा ढोरपाटन उपत्यका, निसेलढोर, बुकीपाटन र जलजलामा भने आन्तरिक पर्यटकको आकर्षण बढेको छ । विशेषगरी चाडपर्वको समय र अनुकूल मौसममा प्रकृतिसँग रमाउन तथा पदयात्रा गर्न पर्यटक ढोरपाटन पुग्ने गरेका छन् । कुनै समय विदेशी पर्यटक र सिकारीमाझ मात्रै परिचित ढोरपाटन पछिल्लो समय पदयात्राका लागि नेपाली पर्यटकको रोजाइमा पनि पर्न थालेको छ । काठमाडौँ, चितवनलगायत देशका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गरेका छन् । स्थानीय पाखाथर सामुदायिक घरबासका सञ्चालक पुनम बुढामगरका अनुसार विदेशी सिकारी हेलिकप्टरमार्फत सिधै सिकार ब्लकमा पुग्ने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्ग हुँदै ढोरपाटन आउने र त्यहाँबाट पदयात्रा गरी बुकीपाटनसम्म पुग्ने गरेका छन् । विदेशी सिकारी सिकारमा रमाउने र स्वदेशी पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा आकर्षित हुने गरेको उनले बताए । ढोरपाटन सिकार आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सातवटा सिकार ब्लक छन् । सिकारका क्रममा विदेशी सिकारीसँग नेपाली सहयोगी र आरक्षका कर्मचारी पनि खटाइने गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्दै आएको छ । ढोरपाटन क्षेत्रमा प्रत्येक वर्ष दुई ‘सिजन’मा सिकार खेलाउने गरिएको छ । पहिलो सिकार याम असोजदेखि मङ्सिरसम्म र दोस्रो याम फागुनदेखि वैशाखसम्म सञ्चालन हुन्छ । विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको सिकार ब्लकमा सिकार सम्पन्न गर्नुपर्ने व्यवस्था छ । गत आर्थिक वर्षको दुई सिकार याममा २१ नाउर र ११ झारलको सिकार भएको थियो । त्यसबाट रु चार करोड १७ लाख राजस्व संकलन भयो । सोही अवधिमा ३७ हजार आन्तरिक तथा बाह्य पर्यटकले ढोरपाटन भ्रमण गरेका थिए । चालु आर्थिक वर्षमा पनि गत वर्षको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको पाइएको छ । पछिल्लो समय पर्यटकको आगमन बढेसँगै ढोरपाटनमा होटल तथा घरबास सञ्चालन पनि विस्तार हुँदै गएको छ । सिकार पर्यटनसँगै पदयात्रा, प्राकृतिक दृश्यावलोकन र स्थानीय संस्कृति ढोरपाटनको पर्यटनका थप आकर्षण हुन् । विसं २०४४ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना
Latest NewsJust now

अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४७ आरम्भ भएको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष ओलीले मौलिक परम्परा, प्रकृतिप्रेम... ...

रातोपाटी
नेपाल संवतकाे राष्ट्रिय पहिचान
Latest NewsJust now

नेपाल संवतकाे राष्ट्रिय पहिचान

नेपाल संवत् ११४७ सुरु भएको छ। काठमाडौंको वसन्तपुरदेखि ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल र देशका विभिन्न स्थानमा नयाँ वर्षको स्वागत गरिएको छ। नेवार समुदायले परम्परागत बाजागाजा, सांस्कृतिक झाँकी, र्‍याली र शुभकामना आदानप्रदानमार्फत न्हूदँ भिन्तुना मनाइरहेको छ। घरघरमा म्हः पूजा हुँदैछ। पुरानो वर्षलाई बिदा गरेर नयाँ वर्षमा प्रवेश गर्ने यो दिन नेवार समुदायका लागि केवल पात्रो फेरिने अवसर होइन, आफ्नो इतिहास, संस्कृति, ...

नेपालन्युज
महाभियोगको दबाब सामना गरिरहेका हेग्सेथको ट्रम्पद्वारा बचाउ
Latest NewsJust now

महाभियोगको दबाब सामना गरिरहेका हेग्सेथको ट्रम्पद्वारा बचाउ

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई लिएर महाभियोगको दबाब सामना गरिरहेका युद्धमन्त्री पीट हेग्सेथको बचाउ गरेका छन्। उनले हेग्सेथले दुई युद्ध जितेको दाबी गर्दै महाभियोगको पहल गर्ने रिपब्लिकन... ...

रातोपाटी
११४७ वर्षदेखि निरन्तर प्रचलनमा रहेको राष्ट्रिय संवत्ले पाठ्यक्रमदेखि नोटसम्म स्थान पाउनुपर्ने माग
Latest NewsJust now

११४७ वर्षदेखि निरन्तर प्रचलनमा रहेको राष्ट्रिय संवत्ले पाठ्यक्रमदेखि नोटसम्म स्थान पाउनुपर्ने माग

• नेपाल संवतको संरक्षण र विकासमा राज्यले पर्याप्त ध्यान नदिएको भन्दै शंखधर साख्वाः प्रतिष्ठानले विशेष नीति बनाउनुपर्ने माग गरेको छ। • नेपाल संवतलाई सम्पूर्ण नेपालीको साझा सम्पत्ति मान्दै यसको ऐतिहासिक र सामाजिक महत्वको बारेमा नयाँ पुस्तालाई जानकारी गराउन विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। • नेपाल संवतको प्रयोग विस्तार गर्न र यसको महत्वलाई पुनः स्थापित गर्न विभिन्न ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play