Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

डेमोक्रेट्सको विजयले विश्व राजनीतिक दिशा बदल्न सक्छ : ओबामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
डेमोक्रेट्सको विजयले विश्व राजनीतिक दिशा बदल्न सक्छ : ओबामा
Photo / Coverage: केन्द्रबिन्दु

वासिङ्टन । निर्वाचनको प्रारम्भिक नतिजाहरू सार्वजनिक भएपछि पूर्वराष्ट्रपति बराक ओबामाले हालै सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनको परिणामबारे आफ्नो आधिकारिक प्रतिक्रिया दिएका छन् । निर्वाचन प्रचारप्रसारको अन्तिम साता ओबामा डेमोक्रेटिक उम्मेदवारहरूको पक्षमा मत माग्न चुनावी मैदानमै उत्रिएका थिए । सो क्रममा उनले आफ्ना भाषणहरूमा राष्ट्रपति ट्रम्प र उनको प्रशासनको चर्को आलोचना गरेका थिए । डेमोक्रेट्सले सिनेट र प्रतिनिधिसभा (हाउस) दुवैको नियन्त्रण आफ्नो हातमा लिने प्रक्षेपणसहित परिणामहरू बाहिरिएपछि ओबामाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै आगामी दिनमा राजनीतिक दिशा बदलिनसक्ने बताएका छन् ।‘अब डेमोक्रेट्सको मुख्य जिम्मेवारी कडा परिश्रम गरेर जहाँ–जहाँ अधिकार छ त्यहाँ सुधारका काम गर्नु र थप क्षति रोक्नु रहेको छ,’ उनले लेखेका छन् । ओबामाले लेखेका छन्, ‘आज राती अमेरिकी जनताले एक स्पष्ट सन्देश दिएका छन् । उनीहरू समाजलाई विभाजन गर्नेभन्दा पनि जोड्ने राजनीति चाहन्छन् । आफूहरूले भोगिरहेका चुनौतीहरूको ठोस समाधान दिन सक्ने नेतृत्वको खोजीमा छन् ।’रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लयमा फर्किंदै तल्लो मुस्ताङको पर्यटन
Latest NewsJust now

लयमा फर्किंदै तल्लो मुस्ताङको पर्यटन

हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), कात्तिक १९ गते । प्राकृतिक विपत्तिका बेला सुस्ताएको मुस्ताङको पर्यटन बिस्तारै लयमा फर्किएको छ । रसुवा भोटेकोशी र कालीगण्डकीमा आएको बाढी र पछिल्ल... ...

गोरखापत्र
बिरुवा उत्पादनमा रमाएका दमन, नर्सरीबाटै किने जग्गा र बनाए घर
Latest NewsJust now

बिरुवा उत्पादनमा रमाएका दमन, नर्सरीबाटै किने जग्गा र बनाए घर

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेको छ । उनको नर्सरीमा फलफूलका बिरुवा पाइन्छ । यस्तै, घर सजावटका लागि ...

कृषि ज्ञान
प्रधानमन्त्रीको उपस्थितिमा राज्य व्यवस्था समितिको बैठक बोलाउन ज्ञानेन्द्र शाहीको माग
Latest NewsJust now

प्रधानमन्त्रीको उपस्थितिमा राज्य व्यवस्था समितिको बैठक बोलाउन ज्ञानेन्द्र शाहीको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता तथा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य ज्ञानेन्द्र शाहीले तुरुन्तै समितिको बैठक बोलाउन अपिल गरेका छन्।  उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाललाई सम्बोधन गर्दै पछिल्ला घटनाक्रमका विषयमा छलफल गर्ने प्रयोजनका लागि समितिको बैठक बोलाउन आग्रह गरेका हुन्।  ‘पछिल्लो समय नेपाल... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play