Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

डिजिटल बैंक पतनपछि पाराग्वेका राष्ट्रपति पेनाद्वारा राजीनामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिजिटल बैंक पतनपछि पाराग्वेका राष्ट्रपति पेनाद्वारा राजीनामा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका राष्ट्रपति सान्तियागो पेनाले राजीनामा दिएका छन् । यस घटनाले देशको वित्तीय प्रणाली र लगानीकर्ताको विश्वासमा समेत असर पारेको छ । आफ्नो रुढिवादी कोलोराडो पार्टीको समर्थन गुमाएपछि र संसद्ले महाभियोग प्रक्रिया अघि बढाउन लागेको केही घण्टाअघि पेनाले बिहीबार पद छाडेका हुन् । सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा उनले आफूमाथिका आरोपको प्रतिरक्षा गर्न सिनेटमा उपस्थित हुने बताएका छन् । ग्राहकको खातासम्बन्धी समस्या तत्काल समाधान गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । पेनाको राजीनामापछि पाराग्वेको सार्वभौम बन्डको मूल्य घटेको छ । मुद्रा गुआरानी अमेरिकी डलरको तुलनामा कमजोर हुँदै प्रतिडलर ६ हजार ४९० मा झरेको छ । सो दिन यसको मूल्य करिब पाँच प्रतिशतले घटेको थियो । यसै साता केन्द्रीय बैंकले न्यूनतम शोधन क्षमता सम्बन्धी मापदण्ड उल्लंघन गरेको भन्दै यूएनोमाथि हस्तक्षेप गरेपछि संकट चुलिएको थियो । घटनापछि केन्द्रीय बैंकका प्रमुखले पद छाडेका छन् भने यूएनोका आठ कार्यकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनीहरूले पछि आत्मसमर्पण गरेका थिए । ६५ लाख जनसंख्या भएको पाराग्वेमा यूएनो सामान्य फिनटेक कम्पनीबाट विस्तार हुँदै मध्यम आकारको बैंक बनेको थियो । यसले करिब ३० लाख ग्राहकलाई सेवा दिनुका साथै सरकारी निकाय र पेन्सनसँग सम्बन्धित रकमसहित करिब ८५ करोड अमेरिकी डलर बराबरको सार्वजनिक कोष व्यवस्थापन गर्दै आएको थियो । बैंकको पतनपछि बचत, भुक्तानी र भत्ताका लागि यूएनोमा निर्भर लाखौँ ग्राहक प्रभावित भएका छन् । विपक्षी सांसदहरूले पेनामाथि स्वार्थको द्वन्द्व, पेन्सन कोषको दुरुपयोग र बैंकलाई छानबिनबाट जोगाउन सहयोग गरेको आरोप लगाएका छन् । पेनाले भने कुनै पनि गैरकानुनी काममा संलग्नता अस्वीकार गर्दै यसलाई नियामकीय विषयका रूपमा प्रस्तुत गरेका छन् । रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सडक सञ्जाल नहुँदा चुमनुब्रीमा नुनको मूल्य किलोकै २ सय
Latest NewsJust now

सडक सञ्जाल नहुँदा चुमनुब्रीमा नुनको मूल्य किलोकै २ सय

गोरखा । बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु २०० सम्म पर्छ। सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ। नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो रु २६, न्यू शक्ति नुनको रु ...

केन्द्रबिन्दु
कोशीको तटबन्ध अनुगमनपछि नेपाल–भारतको संयुक्त बैठक बस्दै
Latest NewsJust now

कोशीको तटबन्ध अनुगमनपछि नेपाल–भारतको संयुक्त बैठक बस्दै

बाबुराम कार्कीसुनसरी, कात्तिक २० गते । सप्तकोशी नदीको पूर्वी र पश्चिमी तटबन्धमा बर्खायाममा आएको बाढीले पु-याएको क्षति तथा सम्भावित जोखिमको अवस्था पहिचान गर्न नेपाल र भारतका प्राविध... ...

गोरखापत्र
लयमा फर्किंदै तल्लो मुस्ताङको पर्यटन
Latest NewsJust now

लयमा फर्किंदै तल्लो मुस्ताङको पर्यटन

हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), कात्तिक १९ गते । प्राकृतिक विपत्तिका बेला सुस्ताएको मुस्ताङको पर्यटन बिस्तारै लयमा फर्किएको छ । रसुवा भोटेकोशी र कालीगण्डकीमा आएको बाढी र पछिल्ल... ...

गोरखापत्र
विराटनगरदेखि उदयपुरसम्म : प्रकृतिको सौन्दर्य, सभ्यताको स्पन्दन र आत्मयात्रा(नियात्रा)
Latest NewsJust now

विराटनगरदेखि उदयपुरसम्म : प्रकृतिको सौन्दर्य, सभ्यताको स्पन्दन र आत्मयात्रा(नियात्रा)

बिहानको आकाश बिस्तारै उज्यालिँदै थियो। पूर्वी क्षितिजमा सूर्यका प्रथम किरणहरूले रातको अँध्यारोलाई विस्तारै पन्छाउँदै गर्दा विराटनगरको सडकमा दिनचर्या सुरु... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play