Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

डा. बाबुराम भट्टराईको टिप्पणी- दल र सरकारबीचको असमझदारी बढ्नु लोकतन्त्रका लागि शुभसंकेत होइन

Share:WhatsAppFacebookX (Twitter)Telegram
डा. बाबुराम भट्टराईको टिप्पणी- दल र सरकारबीचको असमझदारी बढ्नु लोकतन्त्रका लागि शुभसंकेत होइन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ दलभित्र सरकार र पार्टीबीच असमझदारी बढ्दै गएको विषय सार्वजनिक हुन थालेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले यस्तो अवस्था देश र लोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले नेपाली राजनीतिक इतिहासमा पार्टीभित्रका आन्तरिक संघर्ष र विभाजनले देश, लोकतन्त्र तथा जनतालाई ठूलो क्षति पुर्‍याएको स्मरण गराएका छन् । उनले भनेका छन्-‘ नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीवीचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रकोनिम्ति शुभसंकेत होइन ।’ उनले २००७ सालपछि नेपाली कांग्रेसमा बीपी कोइराला र मातृका कोइराला समूहबीचको संघर्ष, २०४७ पछि कांग्रेसमा ७४ र ३६ समूहको विवाद तथा २०५८ पछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा समूहबीचको विभाजनलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । त्यस्तै, २०५२ पछि नेकपा एमालेमा महाकाली सन्धिको पक्षधर र विरोधी समूहबीचको विवाद तथा २०६४ पछि माओवादीमा संविधान निर्माण र जनविद्रोहको पक्षमा रहेका समूहबीचको अन्तर्संघर्षले पनि देशलाई नोक्सान पुर्‍याएको उनको भनाइ छ । ‘इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्‍याउँछन्,’ भट्टराईले लेखेका छन् । उनले जेन्जी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले विगतका राजनीतिक गल्ती नदोहोर्‍याउन सुझाव दिएका छन् । इतिहासबाट पाठ सिकेर पुराना गल्ती दोहोर्‍याउनुको सट्टा नयाँ इतिहास निर्माण गर्न उनले सत्तारुढ दल र सरकारलाई आग्रह गरेका छन् । The post डा. बाबुराम भट्टराईको टिप्पणी- दल र सरकारबीचको असमझदारी बढ्नु लोकतन्त्रका लागि शुभसंकेत होइन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घट्यो सुन-चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Latest NewsJust now

घट्यो सुन-चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच हजार ९०० ले घटेको छ भने चाँदीको मूल्य भने रु ११० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज... ...

रातोपाटी
कांग्रेसको देउवा समूहले प्रधानलाई बनायो नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्ष
Latest NewsJust now

कांग्रेसको देउवा समूहले प्रधानलाई बनायो नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्ष

काठमाडौँ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा समूहले नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुवोध प्रधान मनोनीत गरेको छ । प्रधानलाई महिनाभित्र अधिवेशन सम्पन्न गर्ने निर्देशनसहित समूहका १५औँ महाधिवेशन आयोजक समितिका... ...

रातोपाटी
परिवर्तनशील विश्वमा विश्वास पुनर्निर्माण गर्न शेरधन राईको जोड
Latest NewsJust now

परिवर्तनशील विश्वमा विश्वास पुनर्निर्माण गर्न शेरधन राईको जोड

• नेकपा (एमाले) का सचिव शेरधन राईले अन्तर्राष्ट्रिय सहकार्य, संवाद र आपसी विश्वासको पुनर्निर्माणमा जोड दिएका छन्। • जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम र त्यसको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउँदै राईले सहानुभूति र व्यावहारिक सहयोगको आवश्यकता औँल्याए। • राईले द्वन्द्वको सट्टा संवाद र विभाजनको सट्टा सहकार्यलाई प्राथमिकता दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play