Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

टिकटकमार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
टिकटकमार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिने
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेपालका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय सामाजिक सञ्जाललगायत विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलादेश र श्रीलङ्काका उनीहरूलाई नेपाल आमन्त्रण गरिएको बोर्डले जनाएको छ। नेपाल आएका उनीहरूले यहाँका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि र पर्यटनका विविध पक्ष समेटिएका भिडियो तथा डिजिटल सामग्री तयार गर्नेछन्। ती सामग्री टिकटकसहितका सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शक माझ प्रस्तुत गरिने छ। युएई र ट्युनिसियाका तीन जना पोखरा र अन्य काठमाडौंमा सामग्री उत्पादन गरिरहेका छन्। उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालका सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय महत्वका स्थल र उत्पादनसम्बन्धी सामग्री तयार गर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले राससलाई जानकारी दिए । नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवन शैलीलाई छोटा भिडियोमार्फत विश्व समुदाय समक्ष प्रस्तुत गरिने छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली अधिकारीलाई चीनको प्रश्न: केरूङ-काठमाडौँ रेललाई अर्को रेल सञ्जालमा कसरी जोड्नुहुन्छ
Latest NewsJust now

नेपाली अधिकारीलाई चीनको प्रश्न: केरूङ-काठमाडौँ रेललाई अर्को रेल सञ्जालमा कसरी जोड्नुहुन्छ

केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन (फिजिबिलिटी स्टडी रिपोर्ट) तयार पारेको चीनले काठमाडौँको टोखामा आइपुगेपछि उक्त रेल कुन सञ्जालमा जोडिन्छ भनेर चासो राखेको छ।  चीनले तयार गरेको चीन–नेपाल जोड्ने रेलको सम्भाव्यता प्रतिवेदनमा छलफल गर्न चीनको सियान पुगेको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा उनीहरूले केरूङदेखि का... ...

नेपालखबर
९ जनाले जिते मोटरसाइकल र स्कुटर, बम्परमा कार कसले जित्ला ?
Latest NewsJust now

९ जनाले जिते मोटरसाइकल र स्कुटर, बम्परमा कार कसले जित्ला ?

काठमाडौँ। म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सले दशैंको अवसर पारेर सञ्चालनमा ल्याएको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म देशभरका ९ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जित्न सफल भएका छन्। सामान्य रूपमा इनर्जी... ...

रातोपाटी
नेपालमा लिपमोटर बी०३एक्सको डेलिभरी सुरु
Latest NewsJust now

नेपालमा लिपमोटर बी०३एक्सको डेलिभरी सुरु

काठमाडौँ । लिपमोटरको नयाँ विद्युतीय गाडी बी०३एक्सको नेपालमा ग्राहकलाई डेलिभरी दिन सुरु गरिएको छ । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले प्रारम्भिक बुकिङपछि गाडीको डेलिभरी सुरु गरेको हो ।... ...

रातोपाटी
खिम्ती जलविद्युत् आयोजना : ५ वर्षसम्म पनि आएन प्राधिकरणको आधा स्वामित्व
Latest NewsJust now

खिम्ती जलविद्युत् आयोजना : ५ वर्षसम्म पनि आएन प्राधिकरणको आधा स्वामित्व

काठमाडौँ । खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा आउनुपर्ने म्याद गुज्रिएको ५ वर्ष बितिसक्यो, तर अझै प्राधिकरणको स्वामित्वमा सरकारले ल्याउन सकेको छैन । वैदेशिक लगानीमा निर्माण भएको ६०... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play