Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

जोखिममा रहेका बालबालिकाको संरक्षण र पारिवारिक पुनर्मिलनका लागि रामेछापमा ‘इन्स्पायर’ परियोजना सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
जोखिममा रहेका बालबालिकाको संरक्षण र पारिवारिक पुनर्मिलनका लागि रामेछापमा ‘इन्स्पायर’ परियोजना सुरु
Photo / Coverage: जनताटाइम्स

रामेछाप, मंसिर ८ । परिवारबाट छुट्टिएका, हिंसा, शोषण, उपेक्षा तथा विभिन्न जोखिममा रहेका बालबालिकाको सुरक्षित संरक्षण र पारिवारिक पुनर्मिलनलाई प्रभावकारी बनाउन रामेछापमा ‘इन्स्पायर’ परियोजना सुरु गरिएको छ । मन्थली नगरपालिकाको सभाहलमा मंगलबार परियोजनाको परिचयात्मक कार्यक्रम आयोजना गरी तीन वर्षे परियोजनाबारे जानकारी गराइएको हो । ‘उत्तरदायी बाल संरक्षण प्रणाली : अस्थायी संरक्षणदेखि पारिवारिक पुनर्एकीकरणसम्म’ भन्ने अवधारणासहित सञ्चालन हुन लागेको परियोजनाले रामेछाप जिल्लामा जोखिममा रहेका बालबालिकालाई सुरक्षित, गुणस्तरीय तथा बालकेन्द्रित संरक्षण सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । परियोजना २०८३ भदौ १६ गतेदेखि २०८६ साउन १६ गतेसम्म ३५ महिनाका लागि सञ्चालन हुनेछ । यसको कार्यान्वयन क्षेत्र मन्थली नगरपालिका रहे पनि बाल संरक्षण प्रणाली सुदृढीकरण, समन्वय तथा पारिवारिक पुनर्मिलनका विषयमा रामेछाप जिल्लाका आठवटै स्थानीय तहसँग सहकार्य गर्ने लक्ष्य राखिएको छ । परियोजनाले परिवारबाट छुट्टिएका बालबालिकाका लागि जिल्लाभित्रै सुरक्षित अस्थायी संरक्षण, उचित हेरचाह तथा मनोसामाजिक सहयोग उपलब्ध गराउनेछ । विशेषगरी इँटा उद्योगमा हुने मौसमी बसाइँसराइ, बालविवाह, अनलाइन दुर्व्यवहार, हिंसा, उपेक्षा, शोषण तथा बेचबिखनको जोखिममा रहेका बालबालिकाको संरक्षणमा जोड दिइनेछ । त्यसै गरी स्थानीय तहमा बाल संरक्षणका लागि आवश्यक प्रशिक्षित जनशक्ति, स्पष्ट कार्यविधि, घटना व्यवस्थापन तथा तथ्याङ्क प्रणालीलाई सुदृढ बनाउने परियोजनाको उद्देश्य रहेको छ । स्थानीय सरकार, विद्यालय, समुदाय, सुरक्षा निकाय तथा बाल संरक्षणसम्बन्धी सरोकारवालाबीच समन्वय र प्रभावकारी रेफरल प्रणाली विकास गर्ने पनि लक्ष्य राखिएको छ । परियोजनाको महत्त्वपूर्ण पक्ष बालबालिकालाई संस्थागत बालगृहमा राख्नुभन्दा परिवार तथा समुदायमा आधारित वैकल्पिक हेरचाहलाई प्राथमिकता दिनु रहेको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ४९ (२) ले व्यवस्था गरेअनुसार वैकल्पिक हेरचाहको प्राथमिकता क्रम निर्धारण गरिएको छ । जसअनुसार पहिलो प्राथमिकतामा बाबु वा आमातर्फका नातेदार, दोस्रोमा हेरचाह गर्न इच्छुक परिवार वा व्यक्ति, तेस्रोमा परिवारमा आधारित हेरचाह गर्ने संस्था र अन्तिम विकल्पका रूपमा मात्रै बालगृहलाई राखिएको छ । परियोजनाको अवधारणाले पनि बालगृहलाई पहिलो विकल्प बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै बालबालिकालाई सम्भव भएसम्म आफ्नै परिवार वा सुरक्षित पारिवारिक वातावरणमा पुनर्स्थापित गर्ने लक्ष्य लिएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६९ ले तत्काल उद्धार तथा संरक्षण आवश्यक भएका बालबालिकाका लागि सुरक्षित आवासको व्यवस्था गर्न अस्थायी संरक्षण सेवाको परिकल्पना गरेको छ । सोही कानुनी व्यवस्थाअनुसार मन्थली नगरपालिका-३ मा अस्थायी संरक्षण सेवा स्थापना गरिएको छ । परियोजनाका पाँच प्रमुख कार्यक्षेत्रमा अस्थायी संरक्षण सेवा सञ्चालन तथा व्यवस्थापन, बालबालिकाको पारिवारिक पुनर्एकीकरण, स्थानीय बाल संरक्षण प्रणाली सुदृढीकरण, पैरवी तथा वकालत र समुदाय सचेतना रहेका छन् । परियोजनाअन्तर्गत अस्थायी संरक्षण सेवा केन्द्रबाट एकपटकमा ३० जना बालबालिकालाई सेवा दिन सकिने व्यवस्था गरिएको छ । त्यस्तै ८० जना बालबालिकाको पारिवारिक पुनर्मिलनका लागि सहयोग गर्ने, १०५ जना बालबालिकाको प्रत्यावर्तन गर्ने तथा परिवार र समुदायका सहायता समूहलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ । परियोजनाले स्थानीय तहका बाल कल्याण अधिकारीहरूको क्षमता विकास, बाल संरक्षणसम्बन्धी सचेतनामूलक अभियान, नीतिगत सुधारका लागि परामर्श तथा विभिन्न सरोकारवालाबीच समन्वय र सहकार्यका कार्यक्रमसमेत सञ्चालन गर्नेछ । परियोजनाको कुल बजेट दुई करोड ८९ लाख रुपैयाँ रहेको छ । यसमध्ये ८१ प्रतिशत अर्थात् दुई करोड ३४ लाख रुपैयाँ कार्यक्रमगत गतिविधिमा र १९ प्रतिशत अर्थात् ५५ लाख रुपैयाँ प्रशासनिक प्रयोजनमा खर्च हुने विवरण प्रस्तुत गरिएको छ । परियोजनामा स्रोत साझेदारीको व्यवस्था पनि गरिएको छ । पहिलो वर्ष परियोजनाले ५० प्रतिशत र स्थानीय तहले ५० प्रतिशत स्रोत परिचालन गर्ने, दोस्रो वर्ष परियोजनाले २५ प्रतिशत र स्थानीय तहले ७५ प्रतिशत तथा तेस्रो वर्ष परियोजनाले स्रोत उपलब्ध नगराउने र स्थानीय तहले शतप्रतिशत जिम्मेवारी लिने अवधारणा अघि सारिएको छ । यसबाट अस्थायी संरक्षण सेवालाई क्रमशः स्थानीय सरकारको स्वामित्व र जिम्मेवारीमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । परियोजना कार्यान्वयनका लागि कार्यक्रमतर्फ चार जना र प्रशासनिकतर्फ दुई जना कर्मचारी परिचालन हुनेछन् । अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनका लागि मन्थली नगरपालिकामार्फत ११ जना जनशक्ति परिचालन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसअघि रामेछापमा अस्थायी संरक्षण सेवा स्थापना गर्ने प्रक्रिया २०८२ कात्तिकदेखि सुरु गरिएको थियो । अवधारणागत कार्यशाला, भवनको प्राविधिक लेखाजोखा, कार्यविधि निर्माणका लागि परामर्श तथा मस्यौदा समिति गठनलगायतका काम अघि बढाइएको थियो । २०८३ वैशाखमा कार्यविधिको मस्यौदा तयार गर्ने र स्थानीय तहसँग सुझाव लिने प्रक्रिया अघि बढाइएको थियो । त्यसपछि मन्थली नगर कार्यपालिकाबाट कार्यविधि अनुमोदन गरी अस्थायी संरक्षण सेवा केन्द्रको सेटअप सम्पन्न गरिएको विवरण कार्यक्रममा प्रस्तुत गरिएको थियो । परियोजनाले स्थानीय तहका अतिरिक्त राष्ट्रिय बाल अधिकार परिषद्, सामाजिक विकास मन्त्रालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, बालबालिका खोजतलास समन्वय केन्द्र (१०४), बाल हेल्पलाइन (१०९८), विद्यालय, बाल क्लब, नागरिक समाज तथा विभिन्न संघसंस्थासँग समन्वय गरेर काम गर्नेछ । परियोजनाको दिगोपनाका लागि स्थानीय सरकारलाई नेतृत्वदायी भूमिका प्रदान गरिएको छ । जोखिममा रहेका बालबालिकाको पहिचान, उद्धार, संरक्षण, परिवार खोजी, पारिवारिक मूल्याङ्कन, वैकल्पिक हेरचाह, स्वास्थ्य तथा शिक्षा सेवामा पहुँच र पुनर्मिलनपछिको अनुगमन स्थानीय तहको जिम्मेवारीभित्र राखिएको छ । अस्थायी संरक्षण सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि स्थानीय राजपत्रमा प्रकाशन गर्ने, व्यवस्थापन समिति पूर्णता दिई नियमित बैठक सञ्चालन गर्ने, आवश्यक कोष तथा कर्मचारी व्यवस्थापन गर्ने र जिल्लाका आठवटै स्थानीय तहले सामूहिक रूपमा स्रोत परिचालन गर्ने विषयलाई तत्काल चाल्नुपर्ने कदमका रूपमा प्रस्तुत गरिएको छ । परियोजनाको अपेक्षित प्रभाव रामेछापमा जोखिममा रहेका बालबालिकाले समयमै सुरक्षित, गुणस्तरीय र बालकेन्द्रित संरक्षण सेवा प्राप्त गर्नुका साथै उपयुक्त परिवार तथा समुदायमा आधारित हेरचाहमा स्थानान्तरण हुन सक्ने उत्तरदायी र दिगो बाल संरक्षण प्रणालीको विकास गर्नु रहेको छ । परियोजनाले बालबालिकाको अधिकार संरक्षणलाई सरकारी निकायको मात्रै जिम्मेवारी नभई परिवार, समुदाय, नागरिक समाज, सञ्चारमाध्यम तथा विकास साझेदार सबैको साझा दायित्वका रूपमा अघि बढाउन खोजेको छ । परिचयात्मक कार्यक्रम मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठकाे अध्यक्षतामा भएको थियो । कार्यक्रममा रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने, जिल्ला समन्वय समिति उपप्रमुख प्रेमसागर थापा लगायत जिल्लाका ८ वटा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू, सराेकारवाला, सञ्चारकर्मी लगायतका सहभागिता थियो । सहभागी स्थानीय तहका जनप्रतिनिधिले यो काम गर्न आवश्यक रहेको भन्दै यसको लागि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । परियोजना चाइल्ड नेटवर्कको स्रोत साझेदारी, हिमाली नवीन समाजको प्राविधिक साझेदारी र सृजनशील युवा समाज रामेछापकाे कार्यान्वयनमा सुरु भएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कार्यक्रम एकीकृत गर्न छलफल
HealthJust now

स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कार्यक्रम एकीकृत गर्न छलफल

सरोज ढुंगेलकाठमाडौँ, मङ्सिर ८ गते । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई आर्थिक रुपमा दिगो र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन कर्मचारी... ...

गोरखापत्र
आठबुँदे सहमतिपछि डेन्टल हाइजेनिस्टको आन्दोलन स्थगित
HealthJust now

आठबुँदे सहमतिपछि डेन्टल हाइजेनिस्टको आन्दोलन स्थगित

काठमाडौँ, मङ्सिर ८ गते । नेपाल स्वास्थ्य व्यवसायी परिषदमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका डेन्टल साइन्स हाइजेनिस्ट र स्वास्थ्य तथा खाद्य स्वच्छता... ...

गोरखापत्र
मेडिकल शिक्षा सुधारका लागि प्रधानमन्त्री कार्यालयमा सरोकारवालाबिच छलफल
HealthJust now

मेडिकल शिक्षा सुधारका लागि प्रधानमन्त्री कार्यालयमा सरोकारवालाबिच छलफल

काठमाडौं । मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा चिकित्सा शिक्षा सुधारका विभिन्न मुद्दा र कार्यान्वयन हुन बाँकी सम्झौताका विषयमा समीक्षा गरिएको हो । बैठकमा... ...

हेल्थवाणी
गर्भपतन गराउने किशोरी आमा ५५ प्रतिशत
HealthJust now

गर्भपतन गराउने किशोरी आमा ५५ प्रतिशत

राजन रावत हुम्ला मङ्सिर ८ गते । हुम्लामा गर्भपतन गराउने १८ वर्षमुनिका किशोरी आमाको सङ्ख्या बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्षमा कुल गर्भपतन गराउने किशोरीमध्ये यो सङ्ख्या ५५ प्रतिशत... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement