Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
Photo / Coverage: पर्दाफास

मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका-१, स्थित चौथामा क १ ज ००५४ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो । दुर्घटनामा परी रुकुम पूर्वको उत्तरगङ्गा गाउँपालिका-१ स्थायी घर भई हाल जिल्लाको कनकासुन्दरी गाउँपालिकामा बस्दै आएका अन्दाजी ४२ वर्षीय सुरज पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । दुर्घटनामा घाइते भएका छ जनालाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर उपचार सुरु गरिएको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । उक्त जीपमा १६ जना यात्रु सवार रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिजो ढुङ्गा–बालुवा बोक्थे, आज अमेरिकासम्म दुना–टपरी पठाउँछन्
OthersJust now

हिजो ढुङ्गा–बालुवा बोक्थे, आज अमेरिकासम्म दुना–टपरी पठाउँछन्

ज्यालादारीमा गुजारा चलाउने सर्लाहीका जितेन्द्र महतोले जङ्गलमा खेर जाने पातबाट दुना–टपरी बनाउन ५० हजार रुपैयाँको बिउ पुँजीबाट उद्यम सुरु गरे। आज उनका उत्पादन नेपालका विभिन्न सहर हुँदै अमेरिकासम्म पुगेका छन्। उनी समुदायका महिला र अभिभावकविहीन किशोरलाई स्वरोजगार बनाएर काम गरिरहेका छन् । ...

अनलाइन खबर
दैलेखमा घरमै पुगेर एक व्यक्तिले गरे हतियार प्रहार, एकै परिवारका चार महिला घाइते
OthersJust now

दैलेखमा घरमै पुगेर एक व्यक्तिले गरे हतियार प्रहार, एकै परिवारका चार महिला घाइते

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार करिब ३७ वर्षीय बमबहादुर रावतले धारिलो हतियार प्रहार गर्दा एकै परिवारका चार जना महिला घाइते भएका हुन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play