Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

जुगल–२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुगल–२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
Photo / Coverage: नेपालन्युज

काठमाडौ। सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले शनिबार जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली शिखरमा पुगेर आधारशिविर फर्किएको छ। पहिलो आरोहणले जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहण सम्भावना पनि बढाएको तामाङले बताए। यसले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने उनको विश्वास छ। गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले चुनौतीपूर्ण मानिएको हिमालको पहिलो आरोहण गर्न सफल स्पेनी टोलीलाई बधाई दिँदै यसले जुगल हिमशृङ्खलाको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्ने बताए। जुगल गाउँपालिकाले हिमाल आरोहण, पदमार्ग प्रवर्द्धन र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको छ। ‘गन्तव्य जुगल’ अभियानमार्फत हिमाल, पदमार्ग तथा धार्मिक र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने गाउँपालिकाको लक्ष्य छ । यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ६ हजार १२६ मिटर अग्लो ग्याल्चेन पिक र २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात सदस्यीय टोलीले ६ हजार १८४ मिटर अग्लो जुगल–३ हिमाल आरोहण गरेका थिए । विदेशी पर्वतारोहीले २०८१ वैशाखमा पहिलोपटक जुगल–१ हिमालको सफल आरोहण गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौं उपत्यकामा २४ घण्टामा ३८७ सवारीसाधनमाथि कारबाही
Latest NewsJust now

काठमाडौं उपत्यकामा २४ घण्टामा ३८७ सवारीसाधनमाथि कारबाही

• काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३८७ सवारीसाधनमाथि कारबाही गरिएको छ। • कारबाहीमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६५, सीसीटीभीबाट पहिचान भएका ४१, र ट्राफिक बत्ती उल्लङ्घन गर्ने १७ चालक समावेश छन्। • अन्य विभिन्न कारणले २४५ सवारीसाधनलाई पनि कारबाही गरिएको छ। ...

नेपालबहस
त्रिपक्षीय संयन्त्र : विस्तृत प्रस्तावसहित कूटनीतिक पहल गर
Latest NewsJust now

त्रिपक्षीय संयन्त्र : विस्तृत प्रस्तावसहित कूटनीतिक पहल गर

चीन र भारतले असहमति नजनाए पनि नेपालले ढिलाइ गरे हिमालय निगरानी र विपद् न्यूनीकरणको महत्वपूर्ण अवसर गुम्न सक्छ। ...

कान्तिपुर
क्यानडामा ११ व्यक्तित्वलाई प्रोफेसनल अचिभमेन्ट अवार्ड प्रदान
Latest NewsJust now

क्यानडामा ११ व्यक्तित्वलाई प्रोफेसनल अचिभमेन्ट अवार्ड प्रदान

मिसिसागा । क्यानडामा विभिन्न पेसा, व्यवसाय तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानडा २०२६’ प्रदान गरिएको छ। सिजन मिडिया प्रालि नेपालको आयोजनामा आइतबार... ...

रातोपाटी
चार महिनामा यारी भन्सारद्वारा रु सोह्र लाख बढी राजश्ज संकलन
Latest NewsJust now

चार महिनामा यारी भन्सारद्वारा रु सोह्र लाख बढी राजश्ज संकलन

• हुम्लाको यारी भन्सार कार्यालयले चार महिनामा रु १६ लाख ६५ हजार राजश्व संकलन गरेको छ। • चीनबाट आयातित जुत्ताबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ, तर हालको हिमपातले राजस्व असुली कार्यमा असर पारेको छ। • हिमपातका कारण स्थानीय व्यापारी र सामान ल्याउने मानिसहरु फिर्ता आउन नसक्दा भन्सार कार्यालयको काम रोकिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play