Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

जिफन्टले सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनसम्बन्धी एआई पुस्तकालय

Share:WhatsAppFacebookX (Twitter)Telegram
जिफन्टले सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनसम्बन्धी एआई पुस्तकालय
Photo / Coverage: पर्दाफास

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित १० हजारभन्दा बढी ऐतिहासिक दस्तावेजलाई कृत्रिम बुद्धिमत्ता ९एआई०मा आधारित डिजिटल पुस्तकालयमा रूपान्तरण गरेको छ । जिफन्टको अर्गनाइजिङ एकेडेमीअन्तर्गत सन् १९९४ मा स्थापना भएको राष्ट्रिय श्रम स्रोत केन्द्र (एनएलआरसी)ले आइतबार एक कार्यक्रमबीच ‘¥याकदेखि स्क्रिनसम्म’ अवधारणासहित डिजिटल पुस्तकालय सार्वजनिक गरेको हो । पुस्तकालयमा श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित पुस्तक, अनुसन्धान प्रतिवेदन, तस्बिर, भिडियो तथा अन्य ऐतिहासिक सामग्री समेटिएका छन् । एआईको सहायताले ट्रेड युनियन अभियन्ता, प्रशिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताले आवश्यक सूचना केही सेकेन्डमै खोज्न सक्ने जिफन्टले जनाएको छ । सोही अवसरमा श्रम इतिहासमा आधारित ‘द्वन्द्वदेखि सह–अस्तित्वसम्म’ नामक पुस्तकसमेत विमोचन गरिएको थियो । कार्यक्रमका आईटीयूसी–एपीका महासचिव शोया योशिदाले जिफन्टको पहलको प्रशंसा गर्दै यसले एसियासहित विश्वभरको मजदुर आन्दोलनलाई सहयोग पुग्ने बताए । जिफन्टका संरक्षक विष्णु रिमालले केन्द्रमा १० हजारभन्दा बढी पुस्तक तथा ऐतिहासिक सामग्री सङ्कलन रहेको जानकारी दिए । हाल परीक्षण चरणमा रहेको एआई पुस्तकालयको सेवा लिन प्रयोगकर्ताले अनामनगरस्थित राष्ट्रिय श्रम स्रोत केन्द्रमा पुग्न सक्नेछन् । आगामी दिनमा सेवा एपमार्फत विस्तार गर्ने जिफन्टको योजना छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पत्रकार धरपकडप्रति कांग्रेस संसदीय दलको आपत्ति, संसदीय विशेष समिति गठन गर्न माग
OthersJust now

पत्रकार धरपकडप्रति कांग्रेस संसदीय दलको आपत्ति, संसदीय विशेष समिति गठन गर्न माग

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पत्रकार धरपकड लगायतका विषयमा संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने, 'नेपाली कांग्रेस पत्रकार धरपकड लगायत यससँग जोडिएका सरकारी सबै विवादित गतिविधिको स्वतन्त्र निष्पक्ष… ...

अनलाइन खबर
हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्वाचित
OthersJust now

हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्वाचित

१६ कात्तिक, जनकपुरधाम । हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन जनकपुरधामा सम्पन्न भएको छ । महाधिवेशनले संजय रान यादवको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ। नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रिना झा, प्रथम उपाध्यक्षमा अमरेश कुमार यादव, दोस्रो उपाध्यक्षमा राम प्रकाश पासवान र तेस्रो उपाध्यक्षमा फूल कुमारी यादव चयन भएका छन् । त्यस्तै, केन्द्रीय… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play