Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

जलवायु अनुकूलनमा स्थानीय समुदायलाई केन्द्रमा राख्न नेपाल प्रतिबद्ध : मन्त्री चौधरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु अनुकूलनमा स्थानीय समुदायलाई केन्द्रमा राख्न नेपाल प्रतिबद्ध : मन्त्री चौधरी
Photo / Coverage: पर्दाफास

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित स्थानीय समुदायको आवश्यकता र प्राथमिकताअनुसार अनुकूलनका कार्यक्रम सञ्चालन गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छन् । टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) अन्तर्गत आयोजित ‘प्रभावकारी अनुकूलन तथा लचिलोपनका लागि पहल’ (LIFE–AR) सुविधाको औपचारिक घोषणा कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन् । जलवायुसम्बन्धी योजना निर्माण, निर्णय प्रक्रिया र कार्यान्वयनमा स्थानीय समुदायलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो । उनले LIFE–AR लाई अतिकम विकसित मुलुकहरूमा स्थानीय नेतृत्वमा जलवायु कार्य अघि बढाउने महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखिन् । नेपालले LIFE–AR सँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जानकारी दिँदै मन्त्री चौधरीले यस पहलको प्रभावकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य आवश्यक रहेको बताइन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नक्कली भुटानी शरणार्थी प्रकरण : रिहा भए टोपबहादुर रायमाझी
OthersJust now

नक्कली भुटानी शरणार्थी प्रकरण : रिहा भए टोपबहादुर रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेको उनी आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । ६५ वर्षीय रायमाझी ज्येष्ठ नागरिकको सुविधा पाएर रिहा भएका हुन् । रायमाझीले काठमाडौँ जिल्ला अदालतमा दिएको निवेदनका आधारमा अदालतले रायमाझीलाई ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त गर्नु भन्दै कारागारलाई पत्राचार गरेको थियो । रायमाझी ...

पर्दाफास
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
OthersJust now

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

पर्दाफास
गोरखा र गुल्मीका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
OthersJust now

गोरखा र गुल्मीका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल बाढीले बगाएको छ । गत असोज २५ गते बिहान चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीचको सिरिङ्गे हिमालमा हिमपहिरो गएपछि स्थानीय उइनगुलुङ खोला थुनिएको थियो । खोला थुनिएर बुढीगण्डकी नदीमा बाढी आएपछि पुल बगाएको प्रहरीले जनाएको छ । पुल बगाएसँगै ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play