Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

जटिल प्रसूति समस्या आएपछि बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
जटिल प्रसूति समस्या आएपछि बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ। जटिल प्रसूति समस्या आएपछि बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार गरिएको छ । राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको उद्धार गरिएको हो । बाजुराको बुढीनन्दा नगरपालिका–१ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो। दुर्गम तथा स्वास्थ्य सेवाको सहज पहुँच नभएका क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँचमा पुर्‍याई जोखिमपूर्ण प्रसूति अवस्थाबाट जीवन रक्षा गर्ने र मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले मन्त्रालयले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
Latest NewsJust now

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

धनगढी समाचारदाता धनगढी, मङ्सिर १० गते । कैलालीमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते हुनुभएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका अन... ...

गोरखापत्र
स्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश
Latest NewsJust now

स्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश

अस्ट्रेलियाको विपक्षी राजनीतिमा नयाँ हलचल पैदा गर्दै दक्षिण अस्ट्रेलियाकी सिनेटर लिआ ब्लिथले लिबरल पार्टी छाडेर पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टी रोजेकी छन् । ...

नेपालबहस
सामाजिक व्यवहारमा परिवर्तन आवश्यक : मुख्यमन्त्री आचार्य
Latest NewsJust now

सामाजिक व्यवहारमा परिवर्तन आवश्यक : मुख्यमन्त्री आचार्य

दाङ समाचारदातादाङ, मङ्सिर १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा प्रभावितलाई दोष दिने नभई साथ दिने सामाजिक वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ... ...

गोरखापत्र
कोसीका मुख्यमन्त्री हिक्मत राजीनामा दिँदै छन् कि ओलीसँग ‘भिड्दै’ छन्
Latest NewsJust now

कोसीका मुख्यमन्त्री हिक्मत राजीनामा दिँदै छन् कि ओलीसँग ‘भिड्दै’ छन्

सत्तारूढ नेकपा एमालेको आन्तरिक किचलोले कोसी प्रदेश सरकार हेरफेरको विषय झन्‌झन् पेचिलो बन्दै गएको छ।  आफ्नै पार्टीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन एमालेको एउटा खेमा जोडतोडका साथ लागेपछि कोसी प्रदेशको राजनीतिमा तरंग सिर्जना भएको छ।  एमालेका कोसी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राईको चाहनाबमोजिम पार्टी अध्यक्ष केपी शर्म... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement