Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

छठपर्वमा आज खरना विधि गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठपर्वमा आज खरना विधि गरिँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठ ब्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका छन् । कार्तिक शुक्ल चौथीका दिन हिजो नहाय–खाय विधिबाट पर्व सुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । शुक्रबार (हिजो) ब्रतालुले पर्वको पहिलो दिन नहाय–खाय (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन् । पर्वको तेस्रो दिन सूर्य उपाशनाको निराहार ब्रत बसेर ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् । यसलाई तराई, मधेशमा तथा मिथिला क्षेत्रमा सझिया घाटे भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अर्घ दिएर पर्व समापन गर्ने चलन छ । यसलाई तराई, मधेश तथा मिथिलामा भिनहीया घाटे भनिन्छ । छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, कसारसहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्याउन जाने परम्परा छ । यो पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अर्घ दिने पूजा सामग्रीमा बनाइने ठकुवा, कसारसहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अर्घ दिने पवित्र जलासय किनारमा आकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ । The post छठपर्वमा आज खरना विधि गरिँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विश्व मधुमेह दिवस आज मनाइँदै, कस‍री सुरक्षित रहने ?
Latest NewsJust now

विश्व मधुमेह दिवस आज मनाइँदै, कस‍री सुरक्षित रहने ?

काठमाडौं । आज विश्व मधुमेह दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९१ देखि हरेक बर्ष नोभेम्वर १४ का दिन यो दिवस मनाउन थालिएको हो । यस बर्षको विश्व मधुमेह दिवसको नारा ‘मधुमेहविरुद्ध समयमै कदम’ रहेको छ । अन्तर्राष्ट्रिय मधुमेह महासंघ र विश्व स्वास्थ्य संगठनको नेतृत्वमा सन् २०२६ देखि २०२७ सम्म दुई वर्षे अभियान सञ्चालन गरिनेछ। ...

कर्पोरट खबर
एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा
Latest NewsJust now

एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

पहिलो र दोस्रो इनिङ्सको पावर प्ले औसत क्रमशः ४० र ४३ रनमा सीमित रहँदा तथा ४६ इनिङ्समध्ये चारमा मात्र ६० रनको आँकडा पार हुँदा टोलीहरूले सुरुआती ६ ओभरमा महत्त्वपूर्ण रन गुमाइरहेका छन्। ...

कान्तिपुर
बुद्ध, गान्धी र मन्डेलाको दर्शनलाई नयाँ पुस्तासम्म पुर्‍याइने
Latest NewsJust now

बुद्ध, गान्धी र मन्डेलाको दर्शनलाई नयाँ पुस्तासम्म पुर्‍याइने

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २८ गते । गौतम बुद्धको जन्मभूमि नेपालबाट शान्ति, अहिंसा र मानवताको सन्देशलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने उद्देश्यले गान्धी–मन्डेला फाउ... ...

गोरखापत्र
मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
Latest NewsJust now

मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनलाई व्यवस्थित र सुरक्षित बनाउन नयाँ मापदण्डको प्रारम्भिक मस्यौदा तयार पारेको छ । ‘मोरङ जिल्लाको विराटनगर क्षेत्रमा रात्रीकालीन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play