Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

छठको छिट्टा : डोमले बनाउँछन्, मुस्लिमले ओसार्छन्, हिन्दूले अर्घ दिन्छन्

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठको छिट्टा : डोमले बनाउँछन्, मुस्लिमले ओसार्छन्, हिन्दूले अर्घ दिन्छन्
Photo / Coverage: पर्दाफास

छठ पर्व सुरु भएसँगै बजारमा बाँसबाट बनेका छिट्टा बिक्रीका लागि ओसार्ने चटारो बढेको छ । काठमाडौंको बल्खुमा एक मुस्लिम व्यापारी छठमा प्रयोग हुने छिट्टा बिक्रीका लागि ओसार्दै गरेको देखिन्छन् । छठ पर्वमा पूजाका सामग्री तथा अघ्र्यका सामान ओसार्न प्रयोग गरिने बाँसबाट बनेको ‘छिट्टा’ले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सहअस्तित्वको सन्देश पनि बोकेको छ । विशेषगरी मधेसमा डोम समुदायले बाँसबाट छिट्टा, ढकिया, नाङ्लोलगायत पूजाका सामग्री बनाउँदै आएका छन् । मुस्लिम समुदायका व्यापारीले यस्ता सामग्री बजारसम्म पु¥याएर बिक्री गर्ने गरेका छन् भने हिन्दू समुदायका व्रतालुले छठ पूजामा तिनै सामग्री प्रयोग गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने गर्छन् । छठ पर्वमा बाँसबाट बनेका सामग्रीको विशेष महत्व हुन्छ । छिट्टामा फलफूल, प्रसाद तथा पूजाका सामग्री राखेर घाटसम्म पु¥याउने गरिन्छ । पुस्तौँदेखि डोम समुदायले यस्ता सामग्री निर्माण गर्दै आए पनि बजारमा पु¥याउने र उपभोक्तासम्म पु¥याउने काममा अन्य समुदायको समेत सहभागिता रहने गरेको छ । छठ पर्वलाई धार्मिक आस्थासँगै सामाजिक सद्भाव, सहिष्णुता र समावेशिताको पर्वका रूपमा पनि लिइन्छ । एउटै घाटमा विभिन्न जातजाति र समुदायका मानिस एकै ठाउँमा भेला भएर सूर्यको उपासना गर्ने परम्पराले जातीय तथा धार्मिक विभेदभन्दा माथि उठेर सहअस्तित्वको सन्देश दिन्छ । यसरी छठको एउटा छिट्टाले डोम समुदायको सीप, मुस्लिम समुदायको व्यापार र हिन्दू समुदायको आस्थालाई एउटै सांस्कृतिक परम्परामा जोडेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
क्षतिपूर्तिको माग गर्दै भीमफेदी दुर्घटनाका पीडित परिवारद्वारा शव बुझ्न अस्वीकार
OthersJust now

क्षतिपूर्तिको माग गर्दै भीमफेदी दुर्घटनाका पीडित परिवारद्वारा शव बुझ्न अस्वीकार

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले उचित क्षतिपूर्ति र सरकारी सम्बोधनको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । पीडित परिवारले संघीय सरकारले विशेष निर्णय गरेर आफूहरूका माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन्। दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले यसअघि मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको ...

पर्दाफास
माचा के हो ? किन युवापुस्तामा बढ्दैछ मोह ?
OthersJust now

माचा के हो ? किन युवापुस्तामा बढ्दैछ मोह ?

कफीको चुस्की लिने बानी परेकाहरूको हातमा आजभोलि हरियो पेय देखिन थालेको छ । क्याफेमा अर्डर गर्दा पनि कफी होइन, माचा खोज्नेहरू बढेका छन् । कपमा हेर्दा हरियो, स्वादमा अलि फरक । नाम हो, माचा । सामाजिक सञ्जालमा यसकै चर्चा छ । युवापुस्तामाझ त माचा पिउनु एउटा नयाँ ट्रेन्ड नै बनेको छ । माचा लाते, आइस्ड… ...

अनलाइन खबर
बाटुलो जूनले किन र कसलाई हाल्यो साइबर ब्यूरोमा उजुरी ?
OthersJust now

बाटुलो जूनले किन र कसलाई हाल्यो साइबर ब्यूरोमा उजुरी ?

हिजो बिहीबारदेखि फिल्म बाटुलो जून प्रदर्शनमा आएको छ । फिल्मको सुरुवाती व्यापार राम्रो चल्दै थियो । प्रदर्शनको पहिलो दिन नै करोडको हाराहारीमा कमाई गर्ने अनुमान थियो । दोस्रो दिन फिल्म निर्माण पक्षले एउटा सूचना जारी गरेको छ । सूचना साइबर ब्यूरोमा उजुरी हालिएको सम्बन्धमा छ । निर्माण टिकको पक्षमा जिया केसीको हस्तक्षर रहेको निबेदन सार्वजनिक… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play