Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

क्षतिपूर्तिको माग गर्दै भीमफेदी दुर्घटनाका पीडित परिवारद्वारा शव बुझ्न अस्वीकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्षतिपूर्तिको माग गर्दै भीमफेदी दुर्घटनाका पीडित परिवारद्वारा शव बुझ्न अस्वीकार
Photo / Coverage: पर्दाफास

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले उचित क्षतिपूर्ति र सरकारी सम्बोधनको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । पीडित परिवारले संघीय सरकारले विशेष निर्णय गरेर आफूहरूका माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन्। दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले यसअघि मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका थिए। तर, पछिल्लो समय उनीहरूले संघीय सरकारबाटै थप विशेष सम्बोधन हुनुपर्ने माग अघि सारेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक जनाको शव परिवारले बुझिसकेको छ भने बाँकी १३ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ। पीडित परिवार, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलगायतको उपस्थितिमा भएको छलफल निष्कर्षविहीन बनेको थियो। पीडित परिवारका माग र क्षतिपूर्तिका विषयमा आज पनि छलफल हुने प्रहरीले जनाएको छ। बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी हाइस दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। दुर्घटनामा आफन्त गुमाएका परिवार यतिबेला शोकसँगै न्याय र उचित राहतको प्रतीक्षामा छन्। उनीहरूले सरकारबाट ठोस निर्णय नआएसम्म शव नबुझ्ने अडान कायम राखेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ मनाउन सोमबार पनि सार्वजनिक बिदा
OthersJust now

छठ मनाउन सोमबार पनि सार्वजनिक बिदा

सरकारले छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि दिनसमेत सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार पनि सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो । यसअघि नेपाल सरकारले कात्तिक २९ गते आइतबार परेको छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिएको थियो । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play