छठ पर्वको अवसरमा आगामी सोमबार सार्वजनिक बिदा भए पनि राहदानी विभाग भने खुला रहने भएको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिए । महानिर्देशक विश्वकर्माका अनुसार विभागले अन्य नियमित कार्यदिनमा जस्तै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवाग्राहीलाई राहदानीसम्बन्धी सेवा प्रदान गर्नेछ। सेवाग्राहीलाई सार्वजनिक बिदाका कारण राहदानी सेवा लिन असुविधा नहोस् भन्ने उद्देश्यले पर्वका दिन पनि विभाग खुला राख्ने व्यवस्था गरिएको उनले बताए । छठ पर्व मनाउने आफ्ना कर्मचारीहरूलाई भने विभागले सोमबार बिदा दिएको छ ।
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

Read Complete Original Article
Published originally on पर्दाफास






