Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

चीनमा पखेटा नभएकाे उड्ने कारको सफल परीक्षण

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनमा पखेटा नभएकाे उड्ने कारको सफल परीक्षण
Photo / Coverage: केन्द्रबिन्दु

चीन । चीनमा पखेटाविनै उड्न सक्ने कारको पहिलो परीक्षण उडान सफल भएको छ। मध्य चीनको हुनान प्रान्तस्थित चाङ्सा शहरमा उड्ने कारको प्रोटोटाइपले पहिलो पटक सफल उडान गरेको हो। सिन्ह्वा समाचार एजेन्सीका अनुसार विशेष प्रविधिमा आधारित उक्त उड्ने कारमा मल्टी–स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली प्रयोग गरिएको छ। यस प्रविधिमा उडानका लागि आवश्यक सबै प्रोपल्सन युनिटलाई बाहिरी आवरणभित्रै राखिएको छ। परम्परागत विमानमा जस्तो छुट्टै पखेटा आवश्यक नपर्ने यो कारलाई व्यक्तिगत हवाई यातायातको नयाँ अवधारणाका रूपमा अघि सारिएको छ। एक जना यात्रु बस्न मिल्ने उक्त प्रोटोटाइपको अधिकतम उडान भार क्षमता २८० किलोग्राम छ। यसले अधिकतम १२० किलोग्रामसम्म भार बोक्न सक्छ। पखेटाविना उड्न सक्ने प्रविधिको सफल परीक्षणले व्यक्तिगत हवाई यातायातको क्षेत्रमा नयाँ सम्भावना देखाएको छ। यससँगै भविष्यमा व्यक्तिगत प्रयोजनका लागि उड्ने कारको विकास र प्रयोगलाई थप विस्तार गर्न सकिने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अयोध्याबाट १ हजार १५८ यात्री लिएर जनकपुर आउँदैछ रेल
Latest NewsJust now

अयोध्याबाट १ हजार १५८ यात्री लिएर जनकपुर आउँदैछ रेल

काठमाडौँ । भारतको अयोध्याबाट नेपालको जनकपुरसम्म रेल सञ्चालन सुरु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले उक्त रेलसेवा संयुक्त रूपमा उदघाटन... ...

रातोपाटी
प्रधानमन्त्रीले भेट्न समय नदिएपछि भारतस्थित चार नेपाली सङ्गठनद्वारा ७ बुँदे ज्ञापनपत्र सार्वजनिक
Latest NewsJust now

प्रधानमन्त्रीले भेट्न समय नदिएपछि भारतस्थित चार नेपाली सङ्गठनद्वारा ७ बुँदे ज्ञापनपत्र सार्वजनिक

काठमाडौँ । भारत भ्रमणमा रहेका नेपाल सरकारका प्रधानमन्त्री बालेन शाहसमक्ष प्रवासी नेपालीहरूका साझा समस्या राख्न समय नपाएपछि भारतस्थित चार नेपाली सङ्गठनहरूले संयुक्त प्रेस वक्तव्यमार्फत ७ बुँदे ज्ञापनपत्र सार्वजनिक गरेका छन्... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement