Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान
Photo / Coverage: नेपालन्युज

सान्टियागो । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन गरेका छन् । लामो समयदेखि सन्तान वियोगको पीडा भोगिरहेकी ६६ वर्षीया टेरेसिटा डे जेसस पादिलाले अन्ततः छोराहरूलाई अँगालो हाल्न पाएकी हुन् । ४१ वर्षीय टिम रोलनिक र ३७ वर्षीय ट्राभिस मर्डोक अमेरिकामा हुर्किएका थिए । आफूहरूलाई अर्को परिवारले हुर्काएको जानकारी भए पनि चिलीमा जन्म दिने आमाबाट कसरी छुट्याइएको थियो भन्ने उनीहरूलाई थाहा थिएन । रोलनिकले सन् २०२० मा डीएनए परीक्षणमार्फत आफ्नो वास्तविक परिवार चिलीमा रहेको पत्ता लगाए । त्यसपछि आफन्त र छुट्याइएका परिवारको पुनर्मिलनमा संलग्न संस्थाहरूको सहयोगमा उनले आफ्ना दुई भाइ पनि अमेरिकामै रहेको जानकारी पाए । उनका जुम्ल्याहा भाइ ट्राभिस र क्रिसलाई पनि चार वर्षपछि आमाबाट अलग गरी अमेरिकी दम्पतीको जिम्मा लगाइएको रहेछ । तीनै दाजुभाइबीच सम्पर्क भएपछि घनिष्ठ सम्बन्ध स्थापित भयो । पहिलो सम्पर्क भएको छ वर्षपछि रोलनिक र ट्राभिसले चिली पुगेर आमालाई भेटे । सन् २०१३ को सडक दुर्घटनामा गम्भीर घाइते भएका अर्का भाइ क्रिस भने स्वास्थ्य अवस्थाका कारण यात्रामा सहभागी हुन सकेनन् । चिलीको न्यायिक प्रतिवेदनअनुसार पिनोचेको १७ वर्षे शासनकालमा जबर्जस्ती वा आपराधिक रूपमा बालबालिकालाई अन्य परिवारको जिम्मा लगाइएका करिब २० हजार घटना भएका थिए । नागरिक संस्था ‘नोस बुस्कामोस’ का अनुसार यसबाट प्रभावित परिवारको संख्या ५० हजारभन्दा बढी हुन सक्छ । गरिब तथा विपन्न महिलाहरू यस्तो अवैध सञ्जालको मुख्य निशानामा पर्ने गरेका थिए । त्यसमा सामाजिक कार्यकर्ता, चिकित्सक, न्यायाधीश र वकिलसमेत संलग्न रहेको संस्थाकी निर्देशक कन्स्टान्जा डेल रियोले बताएकी छिन् । पिनोचेको शासनकालमा कम्तीमा तीन हजार ९५ जनाको हत्या वा जबर्जस्ती बेपत्ता पारिएको थियो भने दशौँ हजार मानिसलाई राजनीतिक कारणले यातना दिइएको वा जेलमा राखिएको थियो । पादिला बाल्यकालदेखि नै गरिबीसँग संघर्ष गर्दै आएकी थिइन् । गर्भवती भएपछि अस्पतालले आफ्ना सन्तानको राम्रो भविष्य बनाउन सहयोग गर्ने विश्वास उनले गरेकी थिइन् । तर अस्पतालमै उनका सन्तान खोसिएपछि जीवनभर वियोग सहनुपरेको थियो । ‘धम्की र त्रास देखाएर मेरा सन्तान मबाट खोसिए । त्यसको पीडा मैले जीवनभर भोग्नुप¥यो, ’ उनले भनिन् । पुनर्मिलनपछि पादिलाले आफूले सधैँका लागि गुमाएको ठानेका छोराहरू फिर्ता पाएको बताइन् । ट्राभिसले पनि विगतको पीडामा अल्झिनुभन्दा अब परिवारसँग नयाँ सम्झना बनाउँदै भविष्य अघि बढाउन चाहेको बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटना : ईभी चालकको पहिचान खुल्यो
Latest NewsJust now

भीमफेदी दुर्घटना : ईभी चालकको पहिचान खुल्यो

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक भएको दुर्घटनामा परी मृत्यु भएका चालकको पहिचान खुलेको छ । ईभीका चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी रविशंकर कुमार मण्डल रहेको खुलेको हो । टिकाथलीबाट... ...

रातोपाटी
एनपीएलमा चार खेल खेलेर फर्किए वार्नर, कस्तो रह्यो प्रदर्शन ?
Latest NewsJust now

एनपीएलमा चार खेल खेलेर फर्किए वार्नर, कस्तो रह्यो प्रदर्शन ?

• अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नरको प्रदर्शन नेपाल प्रिमियर लिगमा मिश्रित रह्यो, चार खेलमा उनले १२७ रन बनाएका छन्। • वार्नरले कर्णाली याक्सविरुद्ध १० बलमा १६ रन, विराटनगर किंग्सविरुद्ध २४ बलमा ४४ रन, र लुम्बिनी लायन्सविरुद्ध ५० बलमा ६६ रन बनाएका छन्। • चितवन राइनोजविरुद्ध भने उनले ६ बलमा मात्र १ रन बनाएर आउट भएका थिए। ...

नेपालबहस
दाजुभाइले एकापसमा लगाए भाइटीका
Latest NewsJust now

दाजुभाइले एकापसमा लगाए भाइटीका

रुपन्देही समाचारदातारुपन्देही, कात्तिक २६ गते । तिहारको टीका लगाउन दिदीबहिनी र दाजुभाइ नै आवश्यक पर्छ भन्ने मान्यतालाई तोड्दै दाजुभाइ बीच नै टीका लगाएर रुपन्देहीका दुई बालकहरुले नय... ...

गोरखापत्र
इरानसँगको युद्धमा ट्रम्पको जितको दाबी, भने – ‘अमेरिका ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छ’
Latest NewsJust now

इरानसँगको युद्धमा ट्रम्पको जितको दाबी, भने – ‘अमेरिका ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छ’

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा जित हासिल भएको दाबी गर्दै अमेरिका ‘९३ प्रतिशत नभई पूर्ण जित’ चाहने बताएका छन्। भेट्रान्स डेका अवसरमा अमेरिकी सैनिकहरूको प्रशंसा गर्दै ट्रम्पले अमेरिकी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play