काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले आसन्न चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा नेपाल प्रहरी ब्लू प्याभिलियनमा आयोजित निर्देशनात्मक कार्यक्रममा उनले उपत्यकामा हुन सक्ने सम्भावित सुरक्षा चुनौती पहिचान गरी प्रभावकारी सुरक्षा योजना बनाउन र त्यसको कार्यान्वयनमा जोड दिन निर्देशन दिएका हुन्। चाडपर्वका समयमा शान्ति सुरक्षा कायम राख्दै नागरिकले सुरक्षित वातावरणमा पर्व मनाउन पाउने अवस्था सुनिश्चित गर्न उनले प्रहरी अधिकारीहरूलाई आग्रह गरेका छन्। साथै, उच्च व्यावसायिकता, अनुशासन, जिम्मेवारीबोध र प्रतिबद्धताका साथ परिणाममुखी कार्यसम्पादन गर्न पनि निर्देशन दिएका छन्। कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुख, जिल्ला प्रहरी परिसरका प्रमुख, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, गण तथा गुल्मका प्रमुखलगायत मातहतका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति थियो।
चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी अधिकारीलाई आईजीपीको निर्देशन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






