Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

चलचित्र विधेयकले यस क्षेत्रका आवश्यकता सम्बोधन गरेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

Share:WhatsAppFacebookX (Twitter)Telegram
चलचित्र विधेयकले यस क्षेत्रका आवश्यकता सम्बोधन गरेको छः सञ्चारमन्त्री डा तिमिल्सिना
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र उद्योगका रूपमा विकास भइरहेको अवस्थालाई सम्बोधन गर्नेगरी चलचित्र विधेयक ल्याइएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा उनले चलचित्र क्षेत्रका वर्तमान आवश्यकता, नयाँ प्रविधि र बदलिँदो अभ्यासअनुसार कानुनी व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्दै विद्यमान आवश्यकतालाई विधेयकले समेट्ने प्रयास गरेको बताए । सञ्चारमन्त्री डा. तिमिल्सिनाले चलचित्रलाई परम्परागत रूपमा मनोरञ्जनको साधनका रूपमा मात्र बुझ्ने गरिएको भए पनि पछिल्लो समय यो उद्योगका रूपमा विकास भइसकेको उल्लेख गरे । चलचित्रको माध्यम, स्वरूप, प्रविधि र योगदानको दायरा विस्तार हुँदै गएको अवस्थामा पुरानो कानुनले अहिलेका आवश्यकता सम्बोधन गर्न नसक्ने उनको भनाइ छ । ‘चलचित्रमा नयाँ प्रविधि आएका छन् । चलचित्र के हो भन्ने बुझाइ नै परिवर्तन भएको छ । चलचित्र मनोरञ्जनको साधन मात्र नभई उद्योगका रूपमा विकास हुन थालेको छ । यसले योगदान गर्ने क्षेत्रको दायरा पनि बढेको छ’, उनले भने । चलचित्र क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै उनले यस क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा समेत पुनर्विचार गर्न आवश्यक रहेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
युवा प्रधानमन्त्री बालेनमा मैले नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी
Latest NewsJust now

युवा प्रधानमन्त्री बालेनमा मैले नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको बताएका छन् । प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आयोजित हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले छोटो समयको कुराकानीबाटै शाहको दृष्टिकोण र प्रतिबद्धता महसूस गरेको बताए । ‘केही महिनाअघि विश्वकै युवा प्रधानमन्त्रीका रूपमा उहाँले विश्व मञ्चलाई […] ...

काठमाण्डुपाटी
ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा
Latest NewsJust now

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

सियोल, मङ्सिर ७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता हुन नसकेको केही दिनपछि उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता र सुरक्षालाई प्राथमिकता दिँदै वै... ...

गोरखापत्र
समकक्षी मोदीसँगको वार्तापछि प्रधानमन्त्री शाहले गरेको सम्बोधन [पूर्णपाठ]
Latest NewsJust now

समकक्षी मोदीसँगको वार्तापछि प्रधानमन्त्री शाहले गरेको सम्बोधन [पूर्णपाठ]

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनको पूर्णपाठ यस्तो छ : ...

कान्तिपुर
बालेनले भने- भारतसँगकाे समझदारीहरूले किसानदेखि युवासम्मलाई लाभ मिल्नुपर्छ
Latest NewsJust now

बालेनले भने- भारतसँगकाे समझदारीहरूले किसानदेखि युवासम्मलाई लाभ मिल्नुपर्छ

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारतबीच भएका समझदारी र अघि बढाइएका विकास परियोजनाको प्रतिफल किसान, युवा, विद्यार्थी र उद्यमीसम्म पुग्नुपर्ने बताएका छन् । भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले दुई देशबीचको सहकार्यलाई जनताको जीवनस्तर सुधारसँग जोड्नुपर्ने बताएका हुन् । उनले भएका समझदारीबाट किसानको खेतमा समृद्धि, युवाका हातमा रोजगारी, विद्यार्थीका लागि नयाँ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement