Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

चर्को आवाज निकाल्ने र ‘मोडिफाई’ गरिएका ४०१ बुलेट प्रहरीको कब्जामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
चर्को आवाज निकाल्ने र ‘मोडिफाई’ गरिएका ४०१ बुलेट प्रहरीको कब्जामा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै सडकमा गुडाउने बुलेट मोटरसाइकलमाथि ट्राफिक प्रहरीले कारबाही तीव्र पारेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो एक सातामा ४०१ वटा बुलेट मोटरसाइकल नियन्त्रणमा लिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार स्वरूप परिवर्तन गरेर चर्को आवाज निकाल्ने तथा सडकमा स्टन्ट गर्ने मोटरसाइकल नियन्त्रणमा लिइएको हो । अनुगमनका क्रममा कतिपय मोटरसाइकलको साइलेन्सर पाइपबाट आगोको झिल्कासमेत निस्कने गरेको पाइएको उनले बताए । यस्ता मोटरसाइकलका कारण अन्य सवारी चालक तथा यात्रुलाई असहज हुनुका साथै सडक दुर्घटनाको जोखिमसमेत बढ्ने प्रहरीको भनाइ छ । विशेषगरी चर्को आवाजले बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा असर पार्नुका साथै सार्वजनिक शान्तिसमेत खलबलिने एसपी सुवेदीले बताए । नियन्त्रणमा लिइएका मोटरसाइकललाई कम्पनीले उत्पादन गर्दाको मूल स्वरूपमा फर्काएर आवश्यक जरिवाना तिराएपछि मात्रै सम्बन्धित चालकलाई हस्तान्तरण गरिने उनले जानकारी दिए । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार अधिकारप्राप्त अधिकारीको स्वीकृतिबिना सवारीसाधनको स्वरूप परिवर्तन गर्न पाइँदैन । तर, कतिपय बुलेट चालकले साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकाल्ने र सडकमा स्टन्ट गर्ने गरेको गुनासो आउने गरेको छ । यस्ता गतिविधि नियन्त्रण गर्न ट्राफिक प्रहरीले नियमित अनुगमन गर्दै आएको छ । नियमविपरीत स्वरूप परिवर्तन गरिएका तथा सार्वजनिक सडकमा जोखिमपूर्ण गतिविधि गर्ने मोटरसाइकलमाथि कारबाहीलाई निरन्तरता दिने प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोखराको लेकसाइडमा देउसीभैलो हेर्दा झैझगडा गर्ने ९ जना पक्राउ
Latest NewsJust now

पोखराको लेकसाइडमा देउसीभैलो हेर्दा झैझगडा गर्ने ९ जना पक्राउ

कास्की । पोखराको लेकसाइडमा देउसीभैलो हेर्ने क्रममा एकआपसमा झैझगडा तथा कुटपिटमा संलग्न ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरूलाई... ...

रातोपाटी
स्वरूप परिवर्तन गरेका ४०१ मोटरसाइकल चालक कारबाहीमा
Latest NewsJust now

स्वरूप परिवर्तन गरेका ४०१ मोटरसाइकल चालक कारबाहीमा

नियम विपरित स्वरूप परिवर्तन (मोडिफाई) गरेर चलाइएका ४०१ दुईपांग्रे सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदूषण नियन्त्रण गर्न मोडिफाई गरेर चलाएका दुईपांग्रेस सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो। ट्राफिक प्रहरीले ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, चार वटा स्कुटर, दुई–दु... ...

नेपालखबर
सन् २०२३ यता व्यक्तिगत मध्यमाबाट युरोप जाने नेपालीको संख्या २२ गुणाले बढ्यो
Latest NewsJust now

सन् २०२३ यता व्यक्तिगत मध्यमाबाट युरोप जाने नेपालीको संख्या २२ गुणाले बढ्यो

युरोपस्थित नेपाली कूटनीतिक नियोगले रोजगारदाताको मागपत्र प्रमाणीकरण रोक्दा व्यक्तिगत माध्यमबाट जाने श्रमिकको संख्या बढेको अध्ययनको निष्कर्ष छ । बिचौलियामार्फत जाने क्रम वृद्धि भएसँगै लाखौं रुपैयाँ ठगी, अनियमित आप्रवासन र श्रम शोषणको जोखिम पनि बढेको छ । ...

कान्तिपुर
दार्चुलाको हुनैनाथ मन्दिर र आसपासको प्राकृतिक दृश्य [तस्बिरहरू]
Latest NewsJust now

दार्चुलाको हुनैनाथ मन्दिर र आसपासको प्राकृतिक दृश्य [तस्बिरहरू]

दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल हुनैनाथ मन्दिर र आसपासको मनमोहक प्राकृतिक दृश्य । शान्त र हरियाली वातावरणको बीचमा अवस्थित हुनैनाथ मन्दिरले स्थानीय धार्मिक आस्था, संस्कृति र ऐतिहासिक पहिचान बोकेको छ ।   ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play