काठमाडौँ। नेपाल र बंगलादेशबीच व्यापार, ऊर्जा, हवाई सम्पर्क तथा पर्यटन क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्न दुवै देशका निजी क्षेत्रबीच साझेदारी आवश्यक रहेकोमा जोड दिइएको छ। बंगलादेशको प्रमुख बन्दरगाह सहर चट्टोग्राममा बिहीबार साँझ आयोजित ‘नेपाल-बंगलादेश आर्थिक सहकार्य: व्यापार तथा पर्यटन सम्बन्ध सुदृढीकरण’ विषयक कार्यक्रममा ढाकास्थित नेपाली राजदूतावासका उपप्रमुख प्रतीक कार्कीले दुई देशबीच आर्थिक साझेदारीका क्षेत्रमा निरन्तर प्रगति भइरहेको बताए। उनले व्यापार, ऊर्जा, हवाई सम्पर्क, पर्यटन तथा जनस्तरको सम्बन्धलाई आर्थिक साझेदारीका प्रमुख क्षेत्रका रूपमा उल्लेख गर्दै चट्टोग्रामका व्यवसायीलाई नेपालको निजी क्षेत्रसँग साझेदारी गर्न आग्रह गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। त्यस अवसरमा नेपाली दूतावासका प्रथम सचिव योजना बम्जनले नेपाल र बंगलादेशबीच आर्थिक सहकार्यका प्रमुख क्षेत्र तथा दुवै देशका व्यवसायीबीच साझेदारी विस्तारका सम्भावनाबारे जानकारी दिएका थिए।
चट्टोग्राममा नेपाल-बंगलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास

Read Complete Original Article
Published originally on नेपालन्युज






